समाजवाद

पुँजीवादी शिविरमा कोभिड-१९ को आक्रमण

क. राकेश बाब्ली 'रक्तिम' २०७६ चैत १७ गते सोमवार

पुँजीवादी शिविरमा कोभिड-१९ को आक्रमण

आज सिङ्गो भूमण्डल कोरोना भाइरसको महाव्याधीले आक्रान्त छ। लाखौँलाख मानिसहरू त्रासको च्याम्बरमा एकान्तवास छन् । श्रमिक र सेवक वर्ग भोकानाङ्गा हालतमा ठेलिँदै छ । नेपालका प्रवासित नागरिक हैरान र परेशान छन् । संक्रमण अंकगणितीय होइन, घातांकीय (exponential) दरमा बढ्दै छ । मान्छेहरु आफ्नो मृत सन्ततिलाई पनि एकखेप अङ्गालोमा...बाँकी

कोरोना महामारी र नवउदारवादको पराजय

क. प्रवेश दाहाल २०७६ चैत १५ गते शनिवार

कोरोना महामारी र नवउदारवादको पराजय

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड-१९ ले यो लेख लेख्दा सम्म एक्काइस हजार भन्दा धेरैको मृत्यु भइसकेको छ भने चार लाख साठी हजार भन्दा धेरै मान्छे संक्रमित भएका छन् । जनवादी गणतन्त्र चीनको हुपै प्रान्तीय राजधानी उहानमा गत डिसेम्बरबाट देखिएको उक्त भाइरस तीव्र गतिमा विश्वभर फैलिने...बाँकी

समाजवादी भूमण्डलीकरण बारे

क. फिडेल क्यास्ट्राे २०७६ चैत १२ गते बुधवार

समाजवादी भूमण्डलीकरण बारे

मेरा विचारमा भूमण्डलीकरण कसैको सनक होइन । यो कसैको आविष्कार पनि होइन । भूमण्डलीकरण इतिहासको नियम हो । यो उत्पादक शक्तिहरूको विकासको परिणाम हो । यो वैज्ञानिक र प्राविधिक विकासको परिणाम हो । यो कुनै नयाँ चीज होइन । यो पहिला पनि हुँदै आएको हो । अहिले यसमा...बाँकी

कोरिया युद्ध र त्यसको वास्तविकता बारे – राजदूत जो योङ मान

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस ६ गते आइतवार

कोरिया युद्ध र त्यसको वास्तविकता बारे – राजदूत जो योङ मान

कोरिया युद्ध र त्यसले कोरिया तथा कोरियाली जनताको जीवनमा पारेको प्रभाव बारेः सन् १९५० जुन २५ मा अमेरिकी साम्राज्यवादले प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विरुद्ध एउटा सशस्त्र युद्ध भड्कायो । कोरिया युद्ध विश्व इतिहासमा कहिल्यै नभएको गुण्डागर्दी युद्ध थियो । युद्धको क्रममा कब्जा गरिएका संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका...बाँकी

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति

जो योङ मान २०७६ मंसिर ६ गते शुक्रवार

किम इल सुङ र कोरियाली समाजवादी क्रान्ति

स्वतन्त्रता र समाजवादी क्रान्तिअघि कोरिया र कोरियाली जनताः जापानी साम्राज्यवादीहरुले सन् १९०५ को नोभेम्बर १७ मा इतिहासमा कहिल्यै नभएको डकैतीपूर्ण तरिकाले हस्तक्षेपकारी ‘५ बुँदे उल्सा सन्धि’को षडयन्त्र रचे । तिनीहरुले कोरियालाई उपनिवेश बनाए र सो 'सन्धि’को ‘कानुनी आधार’मा कोरियाली जनतामाथि कहिल्यै नसुनिएको दुःख र दूर्भाग्य थोपरे । सो...बाँकी

फासीवाद र इण्डाेनेसियामा कम्युनिस्ट नरसंहार

क. आनन्दस्वरूप वर्मा २०७६ कात्तिक ३० गते शनिवार

फासीवाद र इण्डाेनेसियामा कम्युनिस्ट नरसंहार

सन् १९२४ मा लेनिनको मृत्यु पश्चात सोभियत सङ्घमा स्टालिन युग प्रारम्भ भयो र उहाँको अगाडि सबैभन्दा ठूलो चुनौतीको रुपमा जर्मनीको नाजीवाद र इटालीको फासीवाद आयो । त्यो एउटा यस्तो काल थियो जतिबेला समग्र विश्व एउटा खतराजनक मोडमा पुगेको थियो । त्यो सङ्घर्षको इतिहासबारे विस्तृतमा नगइकन के भन्न सकिन्छ...बाँकी

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

क. आनन्दस्वरूप वर्मा २०७६ कात्तिक ११ गते सोमवार

अक्टोबर समाजवादी क्रान्ति र नेपालको कम्युनिस्ट आन्दोलन

रुसको महान् समाजवादी क्रान्ति केवल रुसी जनताका लागि मात्र नभएर पूरै विश्व समुदायका लागि एउटा यस्तो महत्त्वपूर्ण परिघटना थियो, जसले मार्क्सवाद-लेनिनवादको वैज्ञानिक समाजवादको सिद्धान्तलाई मूर्त रूप दियो र संसारभरका श्रमजीवी जनतालाई मुक्तिको बाटो देखायो । यसले विभिन्न देशहरूमा चलिरहेका जनआन्दोलनहरूलाई एउटा नयाँ उर्जा दियो र विशेष गरेर ल्याटिन...बाँकी

नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ३ गते शुक्रवार

नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस–२०७६ को उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, ‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ हामीलाई मार्गप्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र...बाँकी

दर्शनशास्त्रको क्षेत्रमा मार्क्सको योगदान

क. हस्तबहादुर केसी २०७६ भदौ ७ गते शनिवार

दर्शनशास्त्रको क्षेत्रमा मार्क्सको योगदान

कार्ल मार्क्स (सन् १८१८ – १८८३) मार्क्सवादका प्रवर्तक र सर्वहारावर्गका महान् सिद्धान्तकार हुनुहुन्छ । आफ्ना अनन्य मित्र एवम् सहयोगी फ्रेडरिक एंगेल्स (सन् १८२०–१८९५) को सहयोगमा मार्क्सले जुन मार्क्सवादको प्रतिपादन गर्नु भयो, त्यो विश्व इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । मार्क्सवादले विश्व कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनका निम्ति, साम्यवाद प्राप्तिको...बाँकी

समाजवादी क्युबा कम्युनिस्टहरुको आदर्शभूमि होः अध्यक्ष प्रचण्ड (तस्वीरहरू सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन १० गते शुक्रवार

समाजवादी क्युबा कम्युनिस्टहरुको आदर्शभूमि होः अध्यक्ष प्रचण्ड (तस्वीरहरू सहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवादी क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहरूका लागि आर्दश भएको र बनिरहने दावी गर्नुभयो । यही २०७६ साउन १० गते काठमाडौंमा आयोजित 'क्युबाको पक्षमा एसिया प्रशान्त क्षेत्रीय ऐक्यबद्धता सम्मेलन (एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा)’ को...बाँकी