भेनेजुएला

भेनेजुएला माथिको अमेरिकी हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक – क. चित्रबहादुर केसी

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २६ गते शनिवार

भेनेजुएला माथिको अमेरिकी हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक – क. चित्रबहादुर केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले भेनेजुएला माथि गरेको हस्तक्षेप नाजायज, गलत र अप्रजातान्त्रिक भएको बताउनुभएको छ । प्रगतिशील पत्रकार संघ नेपालले रुपन्देहीको बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले संसारका कुनै पनि न्यायप्रेमी जनतालाई अमेरिकी हस्तक्षेप स्विकार्य नहुने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो...बाँकी

भेनेजुएलामा अमेरिका असफल हुनेछ

क. लोकनारायण सुवेदी २०७५ माघ २५ गते शुक्रवार

भेनेजुएलामा अमेरिका असफल हुनेछ

मलाई सम्झना छ जतिबेला अमेरिकाले भियतनाममाथि बमवर्षा गरिरहेको थियो, त्यसबेला सारा दुनियाँमा 'भियतनाम भियतनाम, तिम्रो नाम मेरो नाम, भियतनाम भियतनाम' भन्ने जागरण चलेको थियो । त्यसबेला अमेरिकाका तत्कालिन उप-राष्ट्रपति स्पाइरल जे.एफ.एम. नेपाल आएको बेला हामीले पनि कालो झण्डा देखाएर विरोध गरेका थियौँ । यो नेपालको परम्परागत चलन हो...बाँकी

भेनेजुएलाको सङ्कट र समाजवादतर्फको नेपाली गन्तव्य

क. रामराज रेग्मी २०७५ माघ २३ गते बुधवार

भेनेजुएलाको सङ्कट र समाजवादतर्फको नेपाली गन्तव्य

यतिखेर भेनेजुएलामा राष्ट्रिय सङ्कट उत्पन्न भएको छ जसको प्रमुख कारण साम्राज्यवादी हस्तक्षेप हो । भेनेजुएलाको सङ्कट हालसालै सृजना भएको सङ्कट भने होइन । यसका पछाडि लामो इतिहास जोडिएको छ । यसको सम्बन्ध साम्राज्यवादी प्रभुत्त्व र स्वतन्त्रताको लँडाईसँग गाँसिएको छ । यसको सम्बन्ध पूँजीवादी बाटो र समाजवादी बाटोबीचको सङ्घर्षसँग...बाँकी

हामी युद्धको पक्षमा उभिने कि शान्तिको पक्षमा ?

क. नरेन्द्रजंग पिटर २०७५ माघ २२ गते मंगलवार

हामी युद्धको पक्षमा उभिने कि शान्तिको पक्षमा ?

यो सन् २००२ तिरको कुरा हो, भेनेजुयलामा शिक्षा र स्वास्थ्य, घरबार लगायतमा निशुल्क हुनुपर्ने आवाज जब बोलिभारियन क्रान्तिले उठायो । ह्युगो चाभेजले यस्तो आवाज अगाडि बढाए, त्यसबेलादेखि नै अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि आँखा लगाउन थालेको थियो । ह्युगो चाभेज आफैमा एक रेडियो पत्रकार थिए । उनले आफ्ना विचारहरु घन्टौं...बाँकी

नेकपा बैठकको निर्णय, भेनेजुएलाबारे अध्यक्ष प्रचण्डको विज्ञप्ति नै आधिकारिक

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ २१ गते सोमवार

नेकपा बैठकको निर्णय, भेनेजुएलाबारे अध्यक्ष प्रचण्डको विज्ञप्ति नै आधिकारिक

बोलिभारियन गणतन्त्र भेनेजुयलाको राजनीतिक परिस्थिति र अमेरिकी हस्तक्षेपबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो धारणा सार्वजनिक गर्दै सोबारे अध्यक्ष प्रचण्डको विज्ञप्ति नै पार्टीको आधिकारिक धारणा भएको स्पष्ट गरेको छ । सोमवार राजधानीमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक...बाँकी

भेनेजुएलामा विशाल जनप्रदर्शन, झन् लोकप्रिय हुँदै मादुरो, असफल हुँदै अमेरिका

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १९ गते शनिवार

भेनेजुएलामा विशाल जनप्रदर्शन, झन् लोकप्रिय हुँदै मादुरो, असफल हुँदै अमेरिका

काठमाडौँ । भेनेजुएलामा गएको जनवरी १० गते आफ्नो दोस्रो कार्यकालका लागि सपथ ग्रहण गरेका बोलिभारियन गणतन्त्र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो मोरोसको पक्षमा देशभर विशाल प्रदर्शनहरु भएका छन् । विगत केही दिनदखि राष्ट्रपति मादुरोको समर्थनमा दैनिक विशाल प्रदर्शनहरु भइरहेकोमा हिजो फेब्रुअरी १ मा पनि भेनेजुएलाभर विशाल प्रदर्शनहरु भए ।...बाँकी

भेनेजुएलाको लँडाई पुँजीवाद र समाजवाद बिचको लँडाई हो

क. आनन्दस्वरूप वर्मा २०७५ माघ १९ गते शनिवार

भेनेजुएलाको लँडाई पुँजीवाद र समाजवाद बिचको लँडाई हो

भेनेजुएलाको संकट गहिरिँदै गइरहेको छ । राष्ट्रपति निकोलस मादुरो (युनाइटेड सोशलिस्ट पार्टी) को सत्ता परिवर्तनको सम्पूर्ण पटकथा अमेरिकाको वासिंटनमा लेखिइसकेको छ र त्यो पटकथा अनुसार, फरक–फरक पात्र आ–आफ्नो अभिनयमा निभाइरहेका छन् । गत २१ जनवरीमा विपक्षी गठबन्धन ‘युनिटी कोलिशन’का नेता खुआन गोइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे र...बाँकी

भेनेजुएलालाई किन समर्थन गर्ने ?

क. नारायणकाजी श्रेष्ठ 'प्रकाश' २०७५ माघ १८ गते शुक्रवार

भेनेजुएलालाई किन समर्थन गर्ने ?

साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी

नेकपा (मसाल)को समर्थन भनेजुएलाका राष्ट्रपति मादुरोलाई (वक्तव्य सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ माघ १२ गते शनिवार

नेकपा (मसाल)को समर्थन भनेजुएलाका राष्ट्रपति मादुरोलाई (वक्तव्य सहित)

काठमाडौँ । नेकपा (मसाल) ले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको विरुद्ध अमेरिकाले अपनाएको हस्तक्षेपको नीतिको ने.क.पा. (मसाल)ले तीव्र शब्दमा भ्रत्सना गर्दै राष्ट्रपति मादुरोको समर्थन गरेको छ । माघ ११ गते नेकपा (मसाल)को केन्द्रीय कार्यालयले एक वक्तव्य जारी गर्दै सो कुरा अमेरिकी हस्तक्षेपको विरोध र राष्ट्रपति निकोलस मादुरो मोरोसको समर्थन गरिएको...बाँकी

ह्युगो चाभेजलाई सम्झँदा

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७५ असोज २९ गते सोमवार

ह्युगो चाभेजलाई सम्झँदा

भेनेजुयलाका महानायक ह्युगोे चाभेजको जन्म २८ जुलाई १९५४ मा भेनेजुयलाको ग्रामिण भेगमा पर्ने सवानेटा भन्ने शहरमा भएको थियो । उनी ह्युगो डेर्लस रेज चाभेज र एलेना फियर्स डे चाभेजका दोस्रा सन्तान थिए । उनको जन्मस्थान सवानेटा भेनेजुयलाको एन्डीएन मैदानमा रहेको छ । उनका बुबाआमा दुवैजना स्थानीय विद्यालयका शिक्षक...बाँकी