विचार

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

क. रामराज रेग्मी २०८० असोज २६ गते शुक्रवार

दशैँकाे सम्बन्धमा एक ऐतिहासिक तथा भाैतिकवादी दृष्टिकोण

वर्षा ऋतुको अन्त्यपछि न जाडो न गर्मीको शरद ऋतुमा नेपाल र भारतमा दशैँ मनाइन्छ । यस पर्वका अवसरमा विशेषगरी देवी दुर्गाको पूजा र आराधना गरिन्छ । अतएव यसलाई दुर्गा पूजा पनि भनिन्छ । हाम्रो समाजमा कतिपय चाड–पर्वलाई धार्मिक रङ दिइएको छ । देवी दुर्गाले राक्षस गणका नायक महिषासुर...बाँकी

सबै बालबालिका विशिष्ट हुन्छन्

अमिर खान २०८० असोज १३ गते शनिवार

सबै बालबालिका विशिष्ट हुन्छन्

म शिक्षा क्षेत्रबाट होइन । म एउटा कलाकार हुँ । एक सिर्जनशील मान्छे हुँ । तपाईँहरूले शिक्षाको बारेमा राम्रो गरी बुझ्नुभएको छ किनभने तपाईँहरू यतिका वर्षदेखि शिक्षा क्षेत्र चलाइरहनुभएको छ । पछिल्ला केही वर्षहरूमा मैले पनि केही अनुभव बटुल्न पाएँ । मैले केही चलचित्रहरू बनाएँ । एउटा चलचित्र...बाँकी

सर्वहारावादी पार्टीको निर्माण गर

क. श्यामप्रसाद शर्मा २०८० असोज १ गते सोमवार

सर्वहारावादी पार्टीको निर्माण गर

१. हरेक कमिटीले आफ्नो मातहतमा पर्ने क्षेत्र, संस्था र विषयहरूसित सम्बन्धित साथीहरूको गहिरिएर वर्ग विश्लेषण गरी कसीको आधारमा मूल्याङ्कन गर्दै दर्ता र नवीकरण गर्ने, कसीअनुसारको गुण पुगेकाहरूलाई सदस्य बनाउने र पदोन्नति गर्ने। २. कसीअनुसारको गुण भएको नभएको समय-समयमा जाँच गर्ने, सदस्यहरूका गुणलाई कायम राख्ने र विकास गर्ने। खास...बाँकी

जी २० : शिखर सम्मेलन बारे

भरत पोखरेल २०८० भदौ २३ गते शनिवार

जी २० : शिखर सम्मेलन बारे

जी २० को सत्रौँ समिट (शिखर सम्मेलन) इन्डोनेसियाको बालीमा नोभेम्बर १५-१६, २०२२ मा भएको थियो । त्यसपछि जी २० को अध्यक्षता गर्ने पालो भारतले पायो र आज सेप्टेम्बर ९-१० भारतको राजधानी दिल्लीमा पहिलो पटक जी २० को अठारौँ समिट सुरु हुँदैछ । आजबाट सुरु हुने जी २० समिटको...बाँकी

सबै तहका समितिहरू राम्ररी चलाऊ

क. श्यामप्रसाद शर्मा २०८० भदौ १७ गते आइतवार

सबै तहका समितिहरू राम्ररी चलाऊ

१. जनवादी केन्द्रीयताको दह्रोसँग रक्षा गर्न समयमा नै रिपोर्ट दिने र निर्देशन लिने कामलाई सबै तहमा नियमित र दृढ पार्ने। २. माथि आफ्नो तह र तल गरी तीनै तहसँग (खास गरी हाम्रो काम बढेका ठाउँहरूमा) नियमित सम्पर्कका लागि दोहोरो र विकल्प समेतका माध्यमहरू बनाउने। ३. निर्देशन र निर्णयहरू...बाँकी

जनवादी गणतन्त्र चीन भ्रमण, प्राप्त शिक्षा र अनुभूति

क. सेसुराम भण्डारी २०८० भदौ ११ गते सोमवार

जनवादी गणतन्त्र चीन भ्रमण, प्राप्त शिक्षा र अनुभूति

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पार्टी उपाध्यक्ष क. अग्नीप्रसाद सापकोटाको नेतृत्वमा - प्रदेश नं. १ बाट क. हर्क नेम्वाङ, मधेसबाट क. गणेश साह, वागमतीबाट क. हितमान शाक्य, गण्डकीबाट क. आसमान रोका 'पवन', लुम्बिनीबाट क. सुदर्शन बराल, कर्णालीबाट क. लक्ष्मीकन्या बुढा शाही, सुदुरपश्चिमबाट...बाँकी

सर्वहारावर्ग कहिल्यै ढल्ने छैन

क. निर्मल लामा २०८० भदौ ५ गते मंगलवार

सर्वहारावर्ग कहिल्यै ढल्ने छैन

अक्टोबर कान्तिको विषयमा धेरैले धेरै धेरै कुरा लेखिसकेका छन् । तथापि मेरो आफ्नो सोच के हो भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछु । हुन त एउटा अमेरिकन वक्ता (लेखक) ले अक्टोबर क्रान्ति ले दश दिनमै विश्वलाई थर्काइदियो भनेर लेख्नु भएको छ । मेरी सामान्य प्रश्न के छ भने...बाँकी

दर्शन र समाजवादी अपरिहार्यता

क. भक्तबहादुर श्रेष्ठ 'शेर सिंह' २०८० भदौ ४ गते सोमवार

दर्शन र समाजवादी अपरिहार्यता

वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी

साम्यवाद: एक संक्षिप्त परिचय

क. रामराज रेग्मी २०८० भदौ २ गते शनिवार

साम्यवाद: एक संक्षिप्त परिचय

१. काम योग्यताअनुसार, वस्तु आवश्यकता अनुसार समाजवाद र साम्यवाद दुवै सामाजिक व्यवस्थाको आर्थिक आधार एउटै हो - उत्पादनका साधनको सामाजिक स्वामित्व । यी दुवै व्यवस्था एउटै सामाजिक अवस्थाका दुई चरण हुन् । समाजवाद साम्यवादको प्रारम्भिक चरण हो । यो विकसित भएपछि स्वतः साम्यवादमा संक्रमण गर्दछ । सामाजिक उत्पादनको...बाँकी

व्यक्तिवाद, “समाजवाद” र समाजवाद

क. दण्डपाणि न्यौपाने २०८० भदौ १ गते शुक्रवार

व्यक्तिवाद, “समाजवाद” र समाजवाद

प्रस्तुत विषयलाई अन्तर्राष्ट्रिय सन्दर्भतिर वा शास्त्रीय मार्क्सवादतिर लग्ने हो भने लेख निकै लामो हुने सम्भावना छ । यसर्थ यसलाई नेपालको वर्तमान परिस्थितिमा नेपालभित्रै चलिरहेका राजनैतिक बहस छलफल वा अन्तक्रियाको सीमाभित्र रहेर विश्लेषण गर्नु सान्दर्भिक हुनेछ। यो सर्वविदित कुरा हो कि नेपालको वर्तमान राजनीतिक स्थिति नेकपा (एमाले) को राष्ट्रिय...बाँकी