समाजवाद

अक्टोबर क्रान्तिको वैचारिक र सांस्कृतिक प्रभाव

क. रामराज रेग्मी २०७७ असोज २४ गते शनिवार

अक्टोबर क्रान्तिको वैचारिक र सांस्कृतिक प्रभाव

पृष्ठभूमि: सन् १९१४ मा सुरु भएको साम्राज्यवादी शक्तिहरू बिचको प्रथम विश्वयुद्धमा रुसले पनि भाग लिएको थियो । युद्धको सवाललाई लिएर डाकिएको दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको बैठकमा लेनिनले साम्राज्यवादी युद्धलाई साथ दिनु हुँदैन भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । युद्धले देशको अर्थतन्त्र जर्जर बनाएपछि साम्राज्यवादी सरकारहरूले त्यसलाई सभाल्न सक्दैनन्, जनता...बाँकी

नेपालको सन्दर्भमा सरकार, समृद्धि र समाजवाद

क. परशुराम तामाङ २०७७ असोज २४ गते शनिवार

नेपालको सन्दर्भमा सरकार, समृद्धि र समाजवाद

१. गन्तव्य–समाजवाद/साम्यवादः विश्व कम्युनिस्ट आन्दोलनको गन्तव्य स्पष्ट छ – वर्गविहीन, राज्यविहीन, स्वतन्त्र मानव समाजको स्थापना । सबैभन्दा उच्च स्तरको बन्धनमुक्त मानव समाज, समाजवाद-साम्यवादको निर्माण । आवश्यकताको दुनियाँबाट स्वतन्त्रताको दुनियाँ बसाउनेतर्फ । नेपाली कम्युनिस्ट आन्दोलन (नेकआ) पनि विश्व कम्युनिस्ट आन्दोलन (विकआ) कै अङ्ग भएकाले गन्तव्यमा कुनै द्विविधा छैन ।...बाँकी

मानव केन्द्रित विचारधारा : जुछे एक चर्चा

डा. गोकर्ण ज्ञवाली २०७७ असोज ९ गते शुक्रवार

मानव केन्द्रित विचारधारा : जुछे एक चर्चा

मार्क्सले आफ्नो कार्यकालमा पेरिस कम्युनको सफलता र असफलता बाहेक अन्य समाजवादी आन्दोलन देख्न पाएनन् | मार्क्सको समाजवादको धारणालाई सर्ब प्रथम लेनिनले सन् १९१७ मा रसियामा कार्यान्वयन गरी विश्वको कुनै एक देशमा पनि समाजवादको स्थापना सम्भव छ भनी प्रमाणित गरिदिए | रसियन मोडेलको समाजवादभन्दा भिन्न प्रकृतिको आर्थिक, सामाजिक र...बाँकी

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

क. लोकनारायण सुवेदी २०७७ भदौ १८ गते बिहीवार

कमरेड हो ची मिन्ह र मार्क्सवाद-लेनिनवादप्रति उहाँको विश्वास

"म भिडको अघिल्तिर उभिएर कराएझैँ कराएँ - ‘आदरणीय शहीदहरु, देशबासीहरु! यही हो हाम्रो मुक्तिको बाटो ।" - कमरेड हो ची मिन्ह अत्यन्तै सादा जीवन र उच्च विचारका अप्रतिम व्यक्तित्व काका हो ची मिन्हले भनेका छन्, "प्रथम विश्वयुद्धपछि म फ्रान्समा फोटोग्राफरकोमा फोटो धुलाउने र ‘पुराना चिनियाँ भाँडाकुँडा’ (फ्रान्समा बनेको)...बाँकी

समाजवाद र साम्राज्यवाद बिचको टक्करलाई नबुझ्दाको संकट

क. लोकनारायण सुवेदी २०७७ भदौ ४ गते बिहीवार

समाजवाद र साम्राज्यवाद बिचको टक्करलाई नबुझ्दाको संकट

पुँजीवादको विकासको मार्क्सवादी विश्लेषण, खासगरी साम्राज्यवादको चरणको रुपमा पुँजीवाद परिपक्क हुने, त्यसभित्र अन्तर्निहित अन्तरविरोधहरु तीव्र हुने तथा त्यसकारणले बारम्बार संकटहरु पैदा हुने मार्क्सवादी-लेनिनवादी विश्लेषणलाई बीसौँ शताब्दीका घटना-विकासका एकपछि अर्को क्रमहरुले जोडदार किसिमले पुष्टि, पुनर्पुष्टि र सही साबित गरिदिएका जीवन्त तथ्यहरु छन् । १९१७ को अक्टोबर समाजवादी क्रान्ति, स्वयम्‌...बाँकी

समाजवाद एउटा अजेय विकल्प हो

क. लोकनारायण सुवेदी २०७७ असार २७ गते शनिवार

समाजवाद एउटा अजेय विकल्प हो

आजभन्दा ७ वर्ष अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको १५औँ अन्तर्राष्ट्रिय बैठक पुर्तगाल (पोर्चुगल) को राजधानी लिस्बनमा सम्पन्न भएको थियो । त्यस बैठकमा विशद छलफल गरिएका महत्त्वपूर्ण र सान्दर्भिक विषय वस्तुहरुमा पुँजीवादको गहिरिँदो संकट, श्रमजीवी वर्ग र कम्युनिस्टहरुको भूमिका, श्रमजीवी वर्ग...बाँकी

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १२ गते सोमवार

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाः केही अचम्मका कुरा

प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भ्रमण गर्नेहरूको प्रायजसो अनौठा सत्यहरूको सामना गर्छन् । के साँच्चै यहाँ मजदुरहरू नै बस्छन् त? प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङको चाङजोन स्ट्रिटमा आधुनिक आर्किटेक्चरयुक्त सुन्दरतासहितका गगनचुम्बी भवनहरूमा आवास गृहहरू र प्योङयाङ किम जोङ सुक टेक्सटाइल मिल (कपडा कारखाना) तथा प्योङयाङ किम जोङ सुक सिल्क मिल...बाँकी

समाजवादी अर्थतन्त्रको निर्माणमा सहकारी

क. प्रमेश पोखरेल २०७७ वैशाख २८ गते आइतवार

समाजवादी अर्थतन्त्रको निर्माणमा सहकारी

नेपालको संविधानले नै देशको अबको मार्ग समाजवादतर्फ लक्षित गरेको परिप्रेक्ष्यमा त्यसतर्फ अघि बढ्नका लागि समाजवादी अर्थतन्त्रको आधार निर्माण, सामाजिक र सांस्कृतिक रुपान्तरण, श्रमजीवी वर्गको हित र सामूहिक समावेशी शासन पद्धति आजको प्रमुख आवश्यकता हो । सामूहिक उत्पादन प्रणाली, क्षमता विकास र नेतृत्वका लागि सहकारी अभ्यास एक महत्त्वपूर्ण साधन हो...बाँकी

उत्पादन ब्रिगेड फेरि ब्युँताउने बारे

क. कुसुम केशव पराजुली २०७७ वैशाख ११ गते बिहीवार

उत्पादन ब्रिगेड फेरि ब्युँताउने बारे

“तपाईं पो कुन ड्याङ्गको मुला हो र ? आफ्नै बारीमा फलेको होइन क्यारे ? मधेशको होइन, धादिङ्ग वा अन्य कुनै पहाडी जिल्लाको पनि होइने, सिजनमा घरको छतमा फलाएको मुलाले तरकारीको गर्जो दुई दिन टार्न सकिएला । त्यसपछि त किनेर खाने त होला नि ?” सहर बजारमा हुने जमघट...बाँकी

कोरोनाले सिकाएको पाठ र विश्व राज्यव्यवस्था

क. कुसुमकेशव पराजुली २०७६ चैत २९ गते शनिवार

कोरोनाले सिकाएको पाठ र विश्व राज्यव्यवस्था

विद्वानहरु भन्छन् - आफ्ना कमजोरी र गल्ति लुकाउन मान्छेले अरुलाई आरोप लगाउँछन् । कोरोना भाइरसले कराप्दै गर्दा मित्रराष्ट्र चीन र त्यहाँको सरकारलाई लकडाउन गर्‍यो भनेर खिल्ली उडाउँदै गरेका युरोपेलीहरुले अहिले आफ्नो गल्ति र कमजोरी स्वीकार्दै छन् । आफ्नै नेटो (उत्तर अमेरिकी सन्धि संगठन) गुटमा समेत एक्लो परेका संयुक्त...बाँकी