Tag: #भरत पोखरेल

ह्यारीको दारी

भरत पोखरेल २०७९ चैत २० गते सोमवार

ह्यारीको दारी

यही वर्ष २०२३ मा बेलायती राजकुमार ह्यारीको पुस्तक 'स्पेयर' प्रकाशित भएपछि विश्व मिडियामा निकै चर्चित भयो । पुस्तक ह्यारीका हजुरबुवा फिलिपको मृत्यु अप्रिल २०२१ बाट सुरु भएर हजुरआमा एलिजाबेथ द्वितीयको मृत्यु सेप्टेम्बर २०२२ मा सकिएको छ । पुस्तक ह्यारीकी प्यारी मेग, छोरा आर्ची, छोरी लिली र आमा डायनालाई...बाँकी

ऋषि सुनक र भारतीय सम्मोहन

भरत पोखरेल २०७९ कात्तिक १० गते बिहीवार

ऋषि सुनक र भारतीय सम्मोहन

भारतीय मूलका मानिसहरू मरिसस, सुरिनाम, फिजी, त्रिनिडाड, आदि ठाउँमा राष्ट्रपति र प्रधानमन्त्री भए तर उनीहरूबारे भारत त्यति गौरवान्वित भएन जति कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति र हालै ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्दा भए । कारण माथिका देशहरूमा भारतीयहरू कामदारको रूपमा लगिएका थिए । कमारा र मजदुरका छोराछोरी लामो समयको...बाँकी

मासु खाने, मासु नखाने

भरत पोखरेल २०७९ असोज १८ गते मंगलवार

मासु खाने, मासु नखाने

भ्याकलाभ स्मिल वर्तमान विश्वका सेलिब्रेटी लेखक हुन् । स्मिलका पुस्तकहरूसँग विश्वका धेरै पाठकहरू परिचित छन् । स्मिल बिल गेट्सका सबैभन्दा मनपर्ने लेखक हुन् । धेरै पुस्तकका लेखक स्मिलको सन २०१३ मा प्रकाशित एउटा पुस्तक हो "सुड वी इट मिट ?" यो पुस्तकमा स्मिलले शाकाहारी (भेज) र मांसाहारी (ननभेज)...बाँकी

पञ्चायतको पुस १ गते

भरत पोखरेल २०७८ पुस १ गते बिहीवार

पञ्चायतको पुस १ गते

२०३६ सालको विद्यार्थी आन्दोलनको एउटा महत्त्वपूर्ण उपलब्धि क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पनि थियो । महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ साल मङ्सिर ११ गते स्ववियुको निर्वाचन भएको थियो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै निर्वाचनमा विजयी भयो । विद्यार्थी आन्दोलनको रापतापको बेला बनेको स्ववियुमा...बाँकी

एमसीसी र नेपाल

भरत पोखरेल २०७८ मंसिर २७ गते सोमवार

एमसीसी र नेपाल

संसद बैठक नजिकिँदै गर्दा एमसीसी बहस पनि चुलिँदो छ । केही अपवादबाहेक संसदीय दलको नेतृत्व एमसीसीको पक्षमा बुझिन्छ तर जनदबाबका कारण तैँ चुप मै चुपको लुकामारी छ । ठुला पार्टीका नेताहरू दोगला चरित्र देखाइरहेका छन् । एकथरी एमसीसी आए नेपालको कायापलट नै हुन्छ भन्ने कुतर्कको दलिलमा छन् ।...बाँकी

राष्ट्रिय जनगणना २०७८ः एक चर्चा

भरत पोखरेल २०७८ मंसिर ७ गते मंगलवार

राष्ट्रिय जनगणना  २०७८ः एक चर्चा

ग्रेगोरियन क्यालेन्डर अनुसार वर्षको अन्तिम अंक १ आएमा त्यो वर्ष जनगणना वर्ष मान्ने चलन छ । जस्तो २००१, २०११, २०२१ आदि । नेपालमा अहिले जनगणना जारी छ । जेठमा गरिनुपर्ने काम कोभिडका कारण विलम्ब भयो । नेपालमा असार ८ जनगणना दिवस मनाइन्छ । सन् १९११ देखि नेपालमा जनगणना...बाँकी

देउसी र पारिजात

भरत पोखरेल २०७८ कात्तिक २० गते शनिवार

देउसी र पारिजात

२०३९ सालमा हामी विद्यार्थी छँदा विराटनगरमा हामीले तिहारमा देउसी खेलेका थियौँ । अखिल छैठौँ नेकपा (चौथो महाधिवेशन) सँग आबद्ध थियो र अखिल पाँचौँ नेकपा (माले) सँग आबद्ध । अखिल पाँचौँ जनवादी र अखिल छैठौँ जनतान्त्रिक देउसी खेल्थ्यौँ । जनवादी र जनतान्त्रिक शब्दमा हामी निरर्थक बहस गर्थ्यौं । दुवै...बाँकी

नवउदारवाद र विश्वविद्यालय

भरत पोखरेल २०७८ कात्तिक १९ गते शुक्रवार

नवउदारवाद र विश्वविद्यालय

सन् १९७० मा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले घोषणा गरेका थिए - अब हामी सबै किन्सियन हौँ । सन् १९८० को दसक अन्त्यतिर अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्ग्रेट थ्याचरले घोषणा गरे - अब हामी सबै नवउदारवादी हौँ । र, नवउदारवादको आँधी अहिले संसारमा चलिरहेको छ ।...बाँकी

हरारीका पुस्तकहरूमा नेपाल

श्री भरत पोखरेल २०७८ असोज १४ गते बिहीवार

हरारीका पुस्तकहरूमा नेपाल

एक्काइसौँ शताब्दी अहिलेसम्मका केही चर्चित पुस्तकहरू चयन गर्नु परेमा एउटा साधारण पाठकको हैसियतले मेरो सानो अध्ययनमा सन्‌ २००० मा प्रकाशित ली क्वान यीको फ्रम थर्ड वर्ल्ड टु फस्ट  निकै चर्चामा रह्यो । सन्‌ १९६५ देखि २००० सम्ममा सिंगापुरको चमत्कारिक आर्थिक विकासको यस पुस्तकमा राम्रो चित्रण गरिएको छ ।...बाँकी

क. गोञ्जालो अर्थात् डा. स्याम्पू

भरत पोखरेल २०७८ असोज ४ गते सोमवार

क. गोञ्जालो अर्थात् डा. स्याम्पू

सन् १९९० को दसकमा चितवनको विरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापान गर्दा गर्मीको समय हामी क्याम्पसको मूलढोकाको नजिकै पश्चिम-उत्तरमा अवस्थित शमीको रूखमुनि बहस गर्थ्यौं । त्यो शमीको रूख हाम्रो छलफलको चौतारी थियो । सन् १९७० को दशकमा पेरूको आयाकुचोस्थित सान कृस्टोबल डि हुआमाङ्गा नेशनल युनिभर्सिटीको मूलढोका अगाडि अवस्थित देवदारको रूखमुनि...बाँकी