महामहिमज्यू, निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ । यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ...बाँकी
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ ।...बाँकी
नेपाल खुला दिसामुक्त राष्ट्र तथा पूर्ण सरसफाइतर्फ अग्रसर राष्ट्र घोषणाको यस ऐतिहासिक समारोहमा विभागीय मन्त्रीका हैसियतले म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दै न्यानो अभिवादन व्यक्त गर्दछु । साथै पूर्ण सरसफाई राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न खुला दिसामुक्त टोल, वडा, गाउँ, नगर र जिल्ला घोषणामा यहाँहरुले देखाउनुभएको अनुकरणीय...बाँकी
यतिबेला प्रचण्ड विशेषतः प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको बिग्रँदो स्वास्थ्य र विभिन्न विषयहरुमा आफ्ना सटिक टिप्पणीहरुका कारणले धेरै नै चर्चामा रहेका छन् । प्रतिगामी तत्त्वहरुको पूनरुत्थानको प्रतिरोधमा सबै राजनीतिक शक्तिहरुलाई एकताका लागि उनले गरेको आह्वान नेपालको राजनीतिक भविष्यको स्थायित्वका लागि अत्यन्तै बलियो सन्देश हो । २०७२ मा जारी संविधानदेखि...बाँकी
कमरेड सोङ थाओ चिनियाँ कम्युनिस्ट पार्टीका यहाँ उपस्थित कमरेडहरु नेकपा सम्बद्ध कमरेडहरु न्यानो अभिवादन ! चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका बिचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरिका कम्युनिस्टलाई गौरवान्वित बनाएको छ । कम्युनिस्ट पार्टी...बाँकी
सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । तपाईंको सु-स्वास्थ्यको कामना । मेरो नाम प्रकाश चन्द । म अहिले चितवन मेडिकल कलेजमा एमबिबिएस इन्टर्नसिप गर्दैछु । वैचारिक हिसाबले म पनि एक सच्चा कम्युनिस्ट सेवक हुँ । पारिवारिक हिसाबले म प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को छोरा हुँ । विभिन्न सञ्चारमाध्यममार्फत् तपाईंको स्वास्थ्य...बाँकी
"मात्रीदेवो भव: ! पितृदेवो भव: !! " "माता यस्य गृहे नास्ति, भार्या च पृय वादिनिम् ! अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!" - संस्कृत नीतिश्लोकहरु "पुत्रले हो पितालाई देवता मान्नु पर्दछ" । - बालकृष्ण सम जीवित रहँदासम्म छोराछोरीहरुले पिता-मातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ति र आज्ञापालन गर्ने अनि...बाँकी
द्वितीय विश्व युद्ध (१९३९–१९४५) मा अमेरिका, सोभियत रुस र बेलायतका बीचमा निर्माण भएको हिटलर नेतृत्वको नाजिवाद र मुसोलिनी नेतृत्वको फासीवादका विरुद्धको संयुक्त मोर्चाले विश्व हल्लाएको नाजिवाद र फासीवादलाई परास्त गर्यो । विश्व साम्राज्यवादको नायक बेलायत, नायकत्व लिदै गरेको अमेरिका र समाजवादी मुलुक सोभियत संघका बीचमा निर्माण भएको सो...बाँकी
सन् १९५० देखि जुन १ लाई बाल संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालियो । राष्ट्र संघ १९५९ को नोभेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले बाल अधिकारको घोषणा गरेको थियो। विश्वभर बालबालिकाको हितका खाँतिर अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिँदै आएको छ । नेपालमा वि.सं. २०२१ देखि...बाँकी
यतिबेला नेकपाका अध्यक्षद्वय क. केपी ओली र क. प्रचण्डको मुख्य जिम्मेवारी के हो ? पहिलो, विश्व इतिहासको सिंहावलोकन गरेर, दुरगामी सोचका साथ युगका चुनौती र सम्भावनाहरू पहिल्याएर कम्युनिस्ट एकता सुदृढ गर्दै समाजवादी क्रान्तिको खोजी गर्न, मार्क्सवादी दर्शन र वैज्ञानिक समाजवाद विकास गर्न विशेष योगदान गर्ने । दोश्रो, नेपालको...बाँकी