Flash News

भूमि ऐन बारे

क. किम इल सुङ २०८० भदौ २० गते बुधवार

भूमि ऐन बारे

सर्वोच्च जनसभाको यो अधिवेशनमा हामीले एउटा भूमि ऐन पारित गर्न लागेका छौँ। भूमि ऐन पारित गर्न सिफारिस गरिएको प्रनिवेदन हिजो प्रस्तुत गरियो र मस्यौदा ऐन पनि पढेर सुनाइयो । हाम्रो देशमा अहिलेसम्म उपयुक्त भूमि ऐन थिएन । भूमि समस्यासबन्धी महत्त्वपूर्ण कानुनको रूपमा, हामीले मुक्तिको लगत्तैपछि भूमिसुधार ऐन जारी...बाँकी

सबै तहका समितिहरू राम्ररी चलाऊ

क. श्यामप्रसाद शर्मा २०८० भदौ १७ गते आइतवार

सबै तहका समितिहरू राम्ररी चलाऊ

१. जनवादी केन्द्रीयताको दह्रोसँग रक्षा गर्न समयमा नै रिपोर्ट दिने र निर्देशन लिने कामलाई सबै तहमा नियमित र दृढ पार्ने। २. माथि आफ्नो तह र तल गरी तीनै तहसँग (खास गरी हाम्रो काम बढेका ठाउँहरूमा) नियमित सम्पर्कका लागि दोहोरो र विकल्प समेतका माध्यमहरू बनाउने। ३. निर्देशन र निर्णयहरू...बाँकी

जनवादी गणतन्त्र चीन भ्रमण, प्राप्त शिक्षा र अनुभूति

क. सेसुराम भण्डारी २०८० भदौ ११ गते सोमवार

जनवादी गणतन्त्र चीन भ्रमण, प्राप्त शिक्षा र अनुभूति

चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पार्टी उपाध्यक्ष क. अग्नीप्रसाद सापकोटाको नेतृत्वमा - प्रदेश नं. १ बाट क. हर्क नेम्वाङ, मधेसबाट क. गणेश साह, वागमतीबाट क. हितमान शाक्य, गण्डकीबाट क. आसमान रोका 'पवन', लुम्बिनीबाट क. सुदर्शन बराल, कर्णालीबाट क. लक्ष्मीकन्या बुढा शाही, सुदुरपश्चिमबाट...बाँकी

कम्युनिस्ट पार्टी र संसद

लेफ्ट रिभ्यु संवाददाता २०८० भदौ १० गते आइतवार

कम्युनिस्ट पार्टी र संसद

कम्युनिस्ट पार्टी र संसद (१) नयाँ युग र नयाँ संसदवाद सुरुदेखि, प्रथम अन्तर्राष्ट्रियको समयदेखि, नै संसदवादप्रतिको समाजवादी पार्टीहरूको धारणा बुर्जुवा संसदलाई प्रचारात्मक (Agitational) उद्देश्यका लागि उपयोग गर्नुपर्दछ भन्ने रहेको थियो । संसदमा भाग लिनुलाई वर्ग सचेतनालाई अर्थात् शासक वर्गप्रति सर्वहारा वर्गको घृणालाई विकास गराउने माध्यमका रूपमा लिइएको थियो...बाँकी

ब्रिक्सः वैकल्पिक विश्व

भरत पोखरेल २०८० भदौ ५ गते मंगलवार

ब्रिक्सः वैकल्पिक विश्व

दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा आजबाट तीनदिन अगस्त २२-२४ सम्म ब्रिक्स (BRICS) को १५औँ समिट हुँदैछ । विश्व क्षेत्रफलको २६.४६ प्रतिशत भूभाग, ४१.९३ प्रतिशत जनसंख्या, १७.९० प्रतिशत व्यापार र २५.२४ प्रतिशत विश्व अर्थतन्त्र समेटेको ब्रिक्स समिटमा ६७ देश र क्षेत्रीय संगठनहरूलाई आमन्त्रण गरिएको छ । सन् २००१ मा अमेरिकी...बाँकी

सर्वहारावर्ग कहिल्यै ढल्ने छैन

क. निर्मल लामा २०८० भदौ ५ गते मंगलवार

सर्वहारावर्ग कहिल्यै ढल्ने छैन

अक्टोबर कान्तिको विषयमा धेरैले धेरै धेरै कुरा लेखिसकेका छन् । तथापि मेरो आफ्नो सोच के हो भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछु । हुन त एउटा अमेरिकन वक्ता (लेखक) ले अक्टोबर क्रान्ति ले दश दिनमै विश्वलाई थर्काइदियो भनेर लेख्नु भएको छ । मेरी सामान्य प्रश्न के छ भने...बाँकी

दर्शन र समाजवादी अपरिहार्यता

क. भक्तबहादुर श्रेष्ठ 'शेर सिंह' २०८० भदौ ४ गते सोमवार

दर्शन र समाजवादी अपरिहार्यता

वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी

साम्यवाद: एक संक्षिप्त परिचय

क. रामराज रेग्मी २०८० भदौ २ गते शनिवार

साम्यवाद: एक संक्षिप्त परिचय

१. काम योग्यताअनुसार, वस्तु आवश्यकता अनुसार समाजवाद र साम्यवाद दुवै सामाजिक व्यवस्थाको आर्थिक आधार एउटै हो - उत्पादनका साधनको सामाजिक स्वामित्व । यी दुवै व्यवस्था एउटै सामाजिक अवस्थाका दुई चरण हुन् । समाजवाद साम्यवादको प्रारम्भिक चरण हो । यो विकसित भएपछि स्वतः साम्यवादमा संक्रमण गर्दछ । सामाजिक उत्पादनको...बाँकी

छोराको शिक्षकको नाममा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको पत्र

अब्राहम लिंकन २०८० साउन ३२ गते बिहीवार

छोराको शिक्षकको नाममा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको पत्र

मेरो छोरा आजदेखि विद्यालय जान सुरु गरेको छ । केही समयका लागि यो कुरा उसका लागि अनौठो र नवीन हुनेछ र यहाँले ऊसँग कोमल व्यवहार गर्नुहुनेछ भन्ने मेरो कामना छ । यो एउटा साहसिक कार्य हो, जसले उसलाई महादेशहरूको विचरण गराउन सक्नेछ । सबै साहसिक कार्यहरू - जसमा...बाँकी

विप्लव र द्वन्द्वात्मक भौतिकवाद

भरत पोखरेल २०८० साउन १३ गते शनिवार

विप्लव र द्वन्द्वात्मक भौतिकवाद

यही महिना जुलाई २३ (साउन ७) पुष्पलालको एउटा स्मृतिसभा कार्यक्रममा नेत्र विक्रम चन्द (विप्लव) को बोली अहिले कम्युनिस्ट वृत्तमा बहसको विषय बनेको छ । विप्लवको यो बोली मार्क्सवाद, लेनिनवाद र माओवादको विरोधमा देखिएको छ । विप्लवले द्वन्द्वात्मक भौतिकवादलाई नै नकारेको भनाइ राखेका छन् । उनले विपरीत तत्त्वहरूको एकता...बाँकी