काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड अमेरिका जानुहुने भएको छ । आइतबार पत्नी सीताको उपचारका लागि ‘प्रचण्ड’ अमेरिका जान लाग्नुभएको हो । पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या छ । पछिल्लो समय उपचार गराइ रहनुभएकी सीताको स्वास्थ्यमा खासै सुधार नआएपछि त्यसतर्फ जानु...बाँकी
दाङ, सभामुख कृष्णबहादुर महराले भाषा संस्कृति संरक्षण राष्ट्रिय दायित्वको विषय भएको बताउनुभएको छ । मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङले आज घोराहीमा आयोजना गरेको मगरात साँस्कृतिक भेषभुषा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले मगर समुदायको भाषा र संस्कृतिको आफ्नै पहिचान भएको बताउनुभयो । संविधानले बहुपहिचानयुक्त...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री जसिन्दा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिवार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी र आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको...बाँकी
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघको महिलाको अवस्थाको परिषदद्धारा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी भई शुक्रबार अपरान्ह स्वदेश फर्किनुभएको हाे। कार्यक्रममा राष्ट्रपतिले नेपालले महिला अधिकार, लैंगिक समानतालगायतका मानवअधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरु अन्तर्राष्ट्रिय समुदायलाई प्रस्तुत...बाँकी
‘क्रान्तिका सबै पुराना बाटाहरु साम्राज्यवादी र प्रतिकृयावादीहरुले ‘ब्लक’ गरिसकेका छन् । नेपाली क्रान्तिलाई विजयसम्म पुर्याउन क्रान्तिको नयाँ ‘ट्रयाक’ खोल्न जरुरी छ ।’ २०६४ सालको साउन २३ गतेदेखि बालाजुमा शुरु भएको पार्टीको पाँचौ विस्तारित बैठक सम्पन्न भएको केही दिन मात्र भएको थियो । तत्कालीन मेची ब्यूरोको प्रतिनिधित्त्व गर्दै त्यस...बाँकी
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो...बाँकी
काठमाडौँ । राष्ट्रिय किसान आयोगको आयोजनामा देशको राजधानी काठमाडौँमा खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट समुद्घाटन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युद्वारा समापन गरिएको सो...बाँकी
काठमाडौं, नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार भएको बताउनुभएको छ । फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको बताउनुुभएको छ। योंग कम्युनिष्ट लिग नेपालले पेरिसडाँडा स्थित कार्यालयमा बिहिवार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले देशमा...बाँकी
काठमाडौं, मन्त्री परिषद्को बैठकले विप्लव नेतृत्वको नेकपालाई संगठित अपराध ऐनअनुसार प्रतिबन्ध लगाएको छ । बिहिबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रचलित संगठित अपराध ऐन २०७० अनुसार प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । यस्ता छन् आजको क्याविनेटका निर्णयहरु : १.विप्लव समूहभनेर चिनिने नेपाल कम्युनिष्ट...बाँकी