Flash News

खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ – सभामुख महरा

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस २९ गते आइतवार

खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ – सभामुख महरा

काठमाडौं, पुस २८ । सभामुख कृष्णबहादुर महराले खेलकूद क्षेत्रले समग्र राष्ट्रकै गौरव बढाइरहेको र स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद क्षेत्र निकै महत्त्वपूर्ण योगदान गर्ने बताउनु भएको छ । न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो...बाँकी

डा. केसी, तिमी पनि एउटा पार्टी खोल !

क. बलराम तिमल्सिना 'विप्लव' २०७५ पुस २९ गते आइतवार

डा. केसी, तिमी पनि एउटा पार्टी खोल !

डा. केसी, केवल स्वास्थ्यको कुराबाट माथि उठ र सम्पूर्ण सामाजिक समस्याका विरुध्द लड्न कम्मर कस । अनसनको यो तरिका पनि दिक्दार लाग्दो भयो, संघर्षको रुप फेर बड्डा ! तिमीले जसलाई गाली गर्दैछौ, ती गाली गर्न पनि लायक छैनन् । सक्ने हो भने टाउको तल र खुट्टा माथि पारेर...बाँकी

दर्शनशास्त्रबारे प्रारम्भिक ज्ञान

क. रामराज रेग्मी २०७५ पुस २९ गते आइतवार

दर्शनशास्त्रबारे प्रारम्भिक ज्ञान

मानवजातिलाई संसारमा घट्ने विविध घटनाले आदिम कालदेखि नै जिज्ञासु बनाएको थियो । हुरी बतास, वर्षा खडेरी, जाडो गर्मी, उज्यालो अँधेरो, भूकम्प ज्वारभाटा, चट्याङ असिना आदि कुराहरूले मानिसलाई कुत्कुत्याउँदै ल्याएको थियो । आदिमकालदेखि नै मानिसले विभिन्न प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै थिए । वेदमा आदिम आर्यहरूले संसारिक घटनाक्रमहरूलाई लिएर...बाँकी

क्युबा र फिडेल क्याष्ट्रो भियतनामको हृदयमा बसेका छन्

न्युयेन त्रङ थान २०७५ पुस २८ गते शनिवार

क्युबा र फिडेल क्याष्ट्रो भियतनामको हृदयमा बसेका छन्

कुरा सन् १९७३ मा भियतनामको एक प्रान्त क्वाङ त्रीको हो । 'स्पात भूमि' को नामले चिनिने यो ठाउँ बारुदको गन्धले भरिएको छ, जहाँ  त्यतिबेलासम्म पनि युद्धको विभत्स रूप अनुभव गर्न सकिन्थ्यो । क्वाङ त्री क्षेत्र स्वतन्त्र भइसके पनि भियतनामी जनता मुक्ति र स्वतन्त्रताको लडाइँ निरन्तर रूपमा लडिरहेका थिए...बाँकी

विकासका लागि अब राष्ट्रिय सहमति : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस २७ गते शुक्रवार

विकासका लागि अब राष्ट्रिय सहमति : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका लागि अब राष्ट्रिय सहमति कायम गरिने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ किरणगञ्जस्थित श्री किरण अम्मरजंग गुरुङ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समुद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘आपसमा लडाइँ...बाँकी

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस २७ गते शुक्रवार

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताउनुभएको छ । २९७ औं पृथ्वी जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिनुभएको छ । “उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले...बाँकी

राजनीतिक दलहरूको नीति निर्माण तथा निर्णय तहमा महिलाहरूको प्रतिनिधित्व

क. साबित्रा भुसाल २०७५ पुस २६ गते बिहीवार

राजनीतिक दलहरूको नीति निर्माण तथा निर्णय तहमा महिलाहरूको प्रतिनिधित्व

भूमिकाः राजनीतिक दलको सांगठनिक संरचनामा महिलाको प्रतिनिधित्वको सवाल अहिले तीब्र रुपले उठेको छ । महिला मुक्ति आन्दोलनको माग अनुरुप राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार पार्टी कमिटीहरूमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिबार्य गरेको छ । यस परिप्रेक्षमा केही छलफल र बहसको आवश्यकता देखिएको छ । असोज ३, २०७२...बाँकी

के नेपालले नोवेल पुरस्कार पाउनु हुन्न ?

क. शिव अधिकारी २०७५ पुस २६ गते बिहीवार

के नेपालले नोवेल पुरस्कार पाउनु हुन्न ?

१. नोवेल पुरस्कार - पृष्ठभूमिः नोवेल पुरस्कार संसारकै उत्कृष्ट पुरस्कारको रुपमा लिइएको छ । यो पुरस्कार अल्फ्रेड नोवेलको नाममा स्थापना भएको हो । उनको जन्म २१ अक्टोबर १८३३ मा भएको थियो भने १० डिसेम्बर १८९६ मा उनले ६३ बर्षको उमेरमा संसार छोडेका थिए । उनि स्वीडेनमा जन्मेका हुन...बाँकी

निजी क्षेत्रको सहकार्यबाट तीब्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार: प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस २६ गते बिहीवार

निजी क्षेत्रको सहकार्यबाट तीब्र आर्थिक उन्नति गर्ने पक्षमा सरकार: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निजी क्षेत्रसँगको सहकार्यमार्फत तीव्र आर्थिक उन्नति गर्ने पक्षमा रहेको बताउनुभएको छ । चेम्बर दिवस २०७५ तथा नेपाल चेम्बर अफ कमर्शको ६८औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले तीव्र र चौतर्फी विकास सरकारको चाहना भएको दोहोर्‍याउनुभयो । सरकार निजी क्षेत्रलाई विश्वासमा...बाँकी

देश निर्माणको गाथा

क. शिव अधिकारी २०७५ पुस २५ गते बुधवार

देश निर्माणको गाथा

हे मेरा युगकर्मी हो हिँड छिटै बोकी तीखा ज्यावल, बन्नु पर्दछ देश पोखी पसिना साथै लिनु सामल । कोही अल्मलमा नपर्नु अब लौ ज्यादै अबेला भयो अल्छि मात्र गरिरहे दिनदिनै देशै उजाडिन्छ यो ।। आफ्नो देश बनाउने रहरमा कोही नपर्खौ अब, साथै आउनु जे जति छ श्रमको भारि...बाँकी