Flash News

क्युबाली जनता, आफ्ना डाक्टरहरूप्रति गर्व गर्नुहोस् !

क. लुला इनासियो डा सिल्भा २०७५ पुस २४ गते मंगलवार

क्युबाली जनता, आफ्ना डाक्टरहरूप्रति गर्व गर्नुहोस् !

"म क्युबाली जनतालाई भन्न चाहन्छु कि आफ्ना डाक्टर र मेडिकल कलेजहरूप्रति गर्व गर्नुहोस् ।", ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भा भन्छन्, “ब्राजिलमा तपाईँले लाखौँ जनताको प्रशंसा र सम्मान पाउनु भएको छ ।” ब्राजिलको क्युरिटिबा जेलबाट पठाइएको र विद्रोही युवा (क्युबाली कम्युनिस्ट पार्टीकाे युवा संगठनकाे मुखपत्र) मा प्रकाशित पत्रमा...बाँकी

नेकपाको स्थायी कमिटी बैठकमा क. हरिबोल गजुरेलले पेश गरेको पुरक प्रस्ताव (पूर्ण पाठ)

क. हरिबोल गजुरेल २०७५ पुस २३ गते सोमवार

नेकपाको स्थायी कमिटी बैठकमा क. हरिबोल गजुरेलले पेश गरेको पुरक प्रस्ताव (पूर्ण पाठ)

सर्वप्रथम, नेतृत्वले व्यवस्थित ढंगले प्रस्ताव प्रस्तुत गरेर पार्टीलाई सकारात्मक दिशातिर लान गरेको प्रयास सह्रानीय छ । यो प्रस्तावको मूल स्पिरिट सही छ तर पार्टी र सरकारका कामका सबल पक्ष अगाडि सार्दा जनताको मन जित्ने ढंगले प्रस्तुत हुन जरुरी छ । नयाँ संविधान निर्माण र निर्वाचनको परिणामपछि जनअपेक्षा ह्वात्तै...बाँकी

नेकपाको स्थायी कमिटी बैठकमा क. वामदेव गौतमद्वारा प्रस्तुत फरक मतसहितको प्रस्ताव (पूर्ण पाठ)

क. वामदेव गौतम २०७५ पुस २२ गते आइतवार

नेकपाको स्थायी कमिटी बैठकमा क. वामदेव गौतमद्वारा प्रस्तुत फरक मतसहितको प्रस्ताव (पूर्ण पाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पश्चात सचिवालय सदस्य वामदेव गौतमाबाट फरक मतसहितको प्रतिवेदन  पेश भएको छ । प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस् (१) दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिस्ट आन्दोलन मुलतः एकीकृत भएको...बाँकी

पार्टी र आन्दोलनमा प्रकाश: मेरा अनुभव र अनुभूति

क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७५ पुस २१ गते शनिवार

पार्टी र आन्दोलनमा प्रकाश: मेरा अनुभव र अनुभूति

देशमा तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध जनताको आन्दोलन दिन प्रतिदिन विकसित हुँदै थियो । २०३६ सालको ऐतिहासिक जनआन्दोलनले निर्विकल्प भनिएको पञ्चायती तानाशाहीलाई बहुदलको विकल्पसहित जनमत संग्रहमा जान तात्कालीन राजालाई बाध्य पारेको थियो । धाँधली र षड्यन्त्रका बलमा कथित सुधारिएको पञ्चायती व्यवस्थालाई विजयी देखाए पनि जनताको आन्दोलन रोकिनुको सट्टा झन्पछि...बाँकी

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा

क. प्रमेश पोखरेल २०७५ पुस १९ गते बिहीवार

क्वामे एन्क्रुमाहः घानाका महान् अफ्रिकी मुक्तियोद्धा

को हुन् क्वामे एन्क्रुमाह? क्वामे एन्क्रुमाह समग्र अफ्रिकाको स्वतन्त्रता अभियान तथा साम्राज्यवाद विरोधी संघर्षका नायक हुन् । उनी घानाको समाजवादी क्रान्ति तथा वामपन्थी राजनीतिज्ञ तथा सन् १९५७ मा बेलायतबाट स्वाधीनता प्राप्त गरेपछि घानाका प्रथम प्रधानमन्त्री थिए र पछि राष्ट्रपतीय प्रणाली भएपछि घानाको पहिलो राष्ट्रपति समेत बनेका थिए ।...बाँकी

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

सहिद क. रीतबहादुर खड्का 'प्रताप' २०७५ पुस १९ गते बिहीवार

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाको प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘संघर्षको रूप युद्ध, पार्टीको रूप फौज’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौं...बाँकी

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना व्यक्त (पूर्ण पाठ सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १६ गते सोमवार

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा नव वर्ष २०१९ को उपलक्ष्यमा शुभकामना व्यक्त (पूर्ण पाठ सहित)

नयाँ वर्षको पूर्वसन्ध्यामा जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुपका प्लेटफर्म तथा इन्टर्नेटमार्फत नयाँ वर्ष सन् २०१९ को शुभकामना सन्देश प्रवाह गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले दिनुभएको नयाँ वर्षको शुभकामना सन्देशको पूर्ण पाठः कमरेडहरु, साथीहरु, भद्र महिला तथा सज्जन बृन्द्ध,  नमस्कार । समय कति छिटो बितिसकेको रहेछ...बाँकी

समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १६ गते सोमवार

समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताउनु भएको छ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको समुहबाट नेकपामा बिद्रोह गरी आउने नेता तथा कार्यकर्ताहरुलाई आज दिउँसो निवास खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको...बाँकी

देशको गौरव बढाउने स्वर्ण पदक विजेता महर्जनलाई अध्यक्ष प्रचण्डको बधाई

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १५ गते आइतवार

देशको गौरव बढाउने स्वर्ण पदक विजेता महर्जनलाई अध्यक्ष प्रचण्डको बधाई

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डकाे निमन्त्रणामा प्रचण्ड निवास खुमलटारमा आउनुभएका महर्जनले हालै मात्र सम्पन्न शारीरिक सुगठनमा विश्वस्तरकाे प्रतियोगितामा संवरण पदक जितेका थिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले प्रतियोगितामा प्राप्त...बाँकी

तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ पुस १५ गते आइतवार

तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष प्रचण्डद्वारा शुभकामना व्यक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  तमु (गुरुङ)  समुदायको महान चाड तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तमु (गुरुङ) समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष प्रचण्डले एक शुभकामना सन्देश जारी गर्दै, 'तमु (गुरुङ) समुदायले पुरानो वर्षलाई बिदाइ गरी...बाँकी