Flash News

प्रधानमन्त्री अोलीद्वारा तुलाधारको निधनमा शोक व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १९ गते सोमवार

प्रधानमन्त्री अोलीद्वारा तुलाधारको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधारको निधनमा शोक व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले तुलाधार पत्नी नीलशोभा तुलाधारलाई आइतबार शोक सन्देश पठाउँदै कठीन परिस्थितिदेखिका आफ्ना मित्रको निधनले मर्माहत भएको जनाउनुभएको छ । प्रधानमन्त्रीले तानाशाहीविरुद्धको संघर्षका क्रममा तुलाधारसँग बिताएका क्षणहरुकोसमेत स्मरण गर्नुभएको छ ।...बाँकी

तिहार सम्बन्धी वैज्ञानिक अवधारणा

क. रामराज रेग्मी २०७५ कात्तिक १८ गते आइतवार

तिहार सम्बन्धी वैज्ञानिक अवधारणा

तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र वर्मामा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । नेवार समुदायमा चौँथो दिन...बाँकी

तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षतिः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १८ गते आइतवार

तुलाधरको असामयिक निधनले राष्ट्रलाई ठूलो क्षतिः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आज अपरान्ह दिवंगत हुनुभएका मानव अधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरप्रति नर्भिक अस्पतालमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । अध्यक्षले उपचारमा सम्लग्न चिकित्सकहरुसँग उहाँको पछिल्लो स्वास्थ्यस्थितिको बारेमा जिज्ञासा राख्नुभएको थियो । उपचारमा संलग्न चिकित्सकहरुले अस्पतालमा ल्याइपुर्‍याउँदा उहाँ अचेत भइसक्नुभएको अध्यक्ष प्रचण्डलाई...बाँकी

क्युवामाथिको नाकाबन्दी हटाउन संयुक्त राष्ट्र सङ्घमा २७ औं पटक प्रस्ताव पारित

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १७ गते शनिवार

क्युवामाथिको नाकाबन्दी हटाउन संयुक्त राष्ट्र सङ्घमा २७ औं पटक प्रस्ताव पारित

काठमाडौं । बिहिबार संयुक्त राष्ट्र सङ्घको महासभा बैठकले क्युवामाथि संयुक्त राज्य अमेरिकाले करिब ६ दसकदेखि लगाउँदै आएको अन्यायपूर्ण र अमानवीय नाकाबन्दी अन्त्य गर्नुपर्ने प्रस्ताव अत्याधिक बहुमतले पारित गरेको छ । संयुक्त राष्ट्र सङ्घका १९१ सदस्य राष्ट्रमध्ये १८९ ले प्रस्तावको पक्षमा र संयुक्त्त राज्य अमेरिका स्वयम् तथा यहुदी राज्य...बाँकी

अस्पतालमा पूर्ण स्वास्थ्य लाभ गरी प्रधानमन्त्री ओली निवास फिर्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १७ गते शनिवार

अस्पतालमा पूर्ण स्वास्थ्य लाभ गरी प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद  शर्मा ओली स्वास्थ्य लाभ गरी अस्पतालबाट आज साँझ सरकारी निवास बालुवाटार फर्कनु भएको छ ।कात्तिक १२ गते वहाँको स्वास्थ्यमा समस्या आएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीलाई छातिमा संक्रमण तथा शरिरमा चिनीको मात्रा...बाँकी

राष्ट्रिय एकताको आधारमा मात्र शान्ति, स्थिरता र विकास सम्भवः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १६ गते शुक्रवार

राष्ट्रिय एकताको आधारमा मात्र शान्ति, स्थिरता र विकास सम्भवः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र विकासले गति लिने आधार राष्ट्रिय एकताको आधार भएको बताउनु भएको छ । नेपाली काँग्रेसद्वारा आज पार्टी कार्यालय सानेपामा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले भन्नुभयो, “राष्ट्रिय एकता र...बाँकी

क्युवामाथिको अमेरिकी नाकाबन्दीबारे २७ औं पटक प्रस्तावमा छलफल, क्युवाप्रति ऐक्यबद्धताको वर्षा

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १५ गते बिहीवार

क्युवामाथिको अमेरिकी नाकाबन्दीबारे २७ औं पटक प्रस्तावमा छलफल, क्युवाप्रति ऐक्यबद्धताको वर्षा

समाजवादी देश क्युवामाथिको संरा अमेरिका नेतृत्वको मोर्चाको झण्डै ६ दसक लामो नाकाबन्दीको सम्बन्धमा संयुक्त राष्ट्र सङ्घको महासभाको बैठकमा बिहिबारबाट २७ औं पटक छलफल भएको छ । यसअघिका छलफलमा जस्तै यो पटकको छलफलमा पनि बढीमा दुई देशबाहेक सम्पूर्ण सदस्यले क्युवामाथिको नाकाबन्दीको विरोधमा मतदान गर्ने लगभग निश्चित भएको राजनीतिक विश्लेषकहरू...बाँकी

मार्क्सवाद र वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रश्न

क. सीताराम तामाङ २०७५ कात्तिक १४ गते बुधवार

मार्क्सवाद र वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रश्न

“मेसिनले स्वयम् प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयको प्रतिनिधित्व गर्दछ” –कार्ल मार्क्स । १. आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्प्युटर प्रविधिको विकास, बाह्य अन्तरिक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्ष कर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक...बाँकी

अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बारे जानकारी

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक १२ गते सोमवार

अध्यक्ष प्रचण्डबाट प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बारे जानकारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ । आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिको बारेमा जानकारी लिनुभएको हो । सो क्रममा अध्यक्ष प्रचण्डले उपचारमा संलग्न चिकित्सकहरुसँग...बाँकी

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ कात्तिक ११ गते आइतवार

कम्युनिस्ट सरकारले निर्वाचनमा संकल्प गरे अनुरुप काम गरिहेको छः अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट सरकारले निर्वाचनको बेला जे संकल्प लिएको थियो, त्यही अनरुप काम गरिहेको बताउनु भयो । जनताले यो सरकारमाथि बढी अपेक्षा राखेकाले सोचे अनुसारको काम गरिरहेको छ, उहाँले भन्नुभयो, ‘एकाथरी शक्ति चाहिँ दुई कम्युनिस्ट पार्टी...बाँकी