माओवादी

कमरेड कृष्ण सेनको सम्झनामा

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७६ जेठ १३ गते सोमवार

कमरेड कृष्ण सेनको सम्झनामा

नफर्के पनि कमरेड कृष्ण सेन, महिना र गते फर्किरहेछन् । नमेटिए पनि उत्पीडन, नारा अझै घन्किरहेकै छन् । अधुरै भए पनि वाचाहरू, सपनाहरू अझै बिउँझै छन् । विभक्त छन वाचकहरू, दोषारोपण उस्तै र जिउँदै छन् । मरिहत्ते देखिन्छ पदका लागि, तर पङ्गाजाले पछौरी ओढिएकै छन् । तै पनि...बाँकी

कृष्ण सेन ‘इच्छुक’ र हत्या

क. केशव नेपाल 'विजयकुमार' २०७६ जेठ १३ गते सोमवार

कृष्ण सेन ‘इच्छुक’ र हत्या

कृष्ण सेन ‘इच्छुक’को हत्याको खबर यो धर्तीभरी सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरो मानसपलटमा ‘इच्छुक’को चेप्टो अनुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठूला कानहरु सलक्क देखेँ ओठमा मिठो मुस्कान छोडेको देखेँ हात मिलाउन ल्याएको देखेँ कस्तो छ भन्दै...बाँकी

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

क. घनश्याम ढकाल २०७६ जेठ १३ गते सोमवार

शब्द र कर्मको एकत्व – कृष्ण सेन ‘इच्छुक’

१. जीवन वृत्त कृष्ण सेन ‘इच्छुक’ समाजवादी यर्थाथवाद अर्थात् प्रगतिवादी धाराका सशक्त कवि हुन् । साहित्यिक व्यक्तित्वबाहेक उनका सांस्कृतिक, राजनीतिक र पत्रकार व्यक्तित्व पनि छन् । महान् उद्देश्य र आस्थाका लागि एउटा स्रष्टाले कसरी आफूलाई समर्पित र बलिदान गर्न सक्छ भन्ने कुराका उनी राम्रा उदाहरण हुन् । पिता...बाँकी

कृष्ण सेन ‘इच्छुक’ बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो – अध्यक्ष प्रचण्ड (भिडियो सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ १३ गते सोमवार

कृष्ण सेन ‘इच्छुक’ बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो – अध्यक्ष प्रचण्ड (भिडियो सहित)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले कृष्ण सेन 'इच्छुक' बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । दश वर्षे जनयुद्धका महान् शहीद, वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को स्मृतिमा आज नेकपाको केन्द्रीय कार्यालय, पेरिसडाँडामा प्रेस संगठन, नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कृष्ण सेन 'इच्छुक'...बाँकी

इच्छुक : यस शताब्दीका महान् सांस्कृतिक योद्धा

अध्यक्ष प्रचण्ड २०७६ जेठ १३ गते सोमवार

इच्छुक : यस शताब्दीका महान् सांस्कृतिक योद्धा

इच्छुक सांस्कृतिक प्रतिष्ठानको राष्ट्रिय भेलाको उद्घाटन गर्न पाउँदा मलाई हर्ष, गर्व र जिम्मेवारीबोधको गहिरो अनुभूति भयो । जतिखेर प्रतिष्ठान बनाउने सोचाइ हाम्रो पार्टीभित्र भएको थियो, यो प्रतिष्ठान निर्माण गर्नुपर्ने देशको आवश्यकता, महत्त्व र औचित्यबारे हामी छलफल चलाउँदै थियौँ । त्यो छलफलका पछाडि मुख्य दुईवटा उद्देश्यहरू थिएः पहिलो, नेपालमा...बाँकी

गृह मन्त्रालयकाे ठाडाे आदेशमा जनयुद्धका ११ घाइते प्रहरी हिरासतमा

आस्था केसी २०७६ जेठ १२ गते आइतवार

गृह मन्त्रालयकाे ठाडाे आदेशमा जनयुद्धका ११ घाइते प्रहरी हिरासतमा

काठमाडाै‌ं,  जेठ १५ गते सरकारले तामझामका साथ ११ औं गणतन्त्र दिवस मनाउने तयारी गरेकाे छ तर गणतन्त्र दिवसको पूर्व सन्ध्यामा साेही गणतन्त्र प्राप्तिका लागि लड्ने घाइते तथा अपांगहरुलाई भने प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । गृह मन्त्रालयको मौखिक जाहेरीका आधारमा आइतबार बेलुकि साढे चार बजे मन्त्रालय हाताबाट ११...बाँकी

भाेजपुरमा प्रहरीकाे गाेलीले ‘विप्लव’ कार्यकर्ताकाे ज्यान गयाे

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ८ गते बुधवार

भाेजपुरमा प्रहरीकाे गाेलीले ‘विप्लव’ कार्यकर्ताकाे ज्यान गयाे

काठमाडौं,  प्रहरीले गोली हानेर गिरफ्तार गरेका नेपाल कम्युनिष्ट पार्टी भोजपुरका कार्यकर्ता तीर्थराज घिमिरेको मध्यराति मृत्यु भएको छ । मंगलबार भाेजपुरको टेम्केमैयुङ गाउँपालिका वार्ड नं १ बाट गिरफ्तार गरिएका घिमिरेकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । घिमिरेलाइ उनकाे घरबाटै गिरफ्तार गरी हत्कडी लगाएकाे र त्यसपछि प्रहरीले गोली हानेको नेकपा...बाँकी

जनयुद्धको कथामा आधारित वृत्तचित्र ‘भैरवनाथ’ सार्वजनिक

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ६ गते सोमवार

जनयुद्धको कथामा आधारित वृत्तचित्र ‘भैरवनाथ’ सार्वजनिक

काठमाडौं । दश वर्षे महान् जनयुद्धको समयमा तत्कालिन शाही नेपाली सेनाको भैरवनाथ गणभित्र राजवन्दीहरूलाई दिइने पाशविक यातना र सो गणबाट वेपत्ता पारिएका ४७ जना योद्धाहरूको वास्तविक कथामा तयार गरिएको वृत्तचित्र ‘भैरवनाथ’ आइतबार कुमारी चलचित्र भवन कमलपोखरीमा सार्वजनिक गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...बाँकी

फाेक्साेमा क्यान्सरकाे संक्रमण पछि नेता अधिकारी हरिसिद्दि अस्पतालमा

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २९ गते आइतवार

फाेक्साेमा क्यान्सरकाे संक्रमण पछि नेता अधिकारी हरिसिद्दि अस्पतालमा

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ अधिकारीलाई थप उपचारका लागि काठमाडौं ल्याईएको छ। फोक्सोमा क्यान्सरको संक्रमण देखिए पछि अधिकारीको गत पुष महिना यता यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार भईरहेको थियो । अधिकारीका जेष्ठ सुपुत्र एबं पार्टीका नेता नारायण अधिकारीका अनुसार केमोको पहिलो चक्र...बाँकी

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७६ वैशाख २८ गते शनिवार

मार्क्सवादी दर्शनको विकासका विभिन्न आयामहरू

मार्क्सवादी दर्शनः विश्वका हरेक वस्तु, घटना, प्रक्रिया एवं चिन्तन र अस्तित्व तथा चेतना र पदार्थ बिचको सम्बन्धको विषयमा हेर्ने दृष्टिकोण नै दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । आज यो मार्क्सवादी, लेनिनवादी र माओवादी दर्शनको तेस्रो नयाँ र उच्च शिखरमा गुणात्मक रुपले...बाँकी