काठमाडौं, नेकपा अध्यक्ष प्रचण्डले अहिले पनि १०/१५ प्रतिशत मुठ्ठीभर मान्छेको हातमा विश्व सम्पदाको ठूलो हिस्सा रहेकाे बताउनुभएकाे छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि)ले १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस काे अवसर पारेर भृकुटीमण्डपमा आयोजित मई दिवस कार्यक्रममा श्रमिकहरुलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले अझै पनि संसारमा धनी र गरीब बीचको...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताउनुभएकोछ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै...बाँकी
काठमाडौं, नेकपानिकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औं सहीद मित्रमणि आचार्य दिवस मनाएका छन् । नेपालका सबै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणि दिवसको रुपमा मनाउँदै आएका छन् । वि.सं. ०४२ साल वैशाख १८ गते चितवनमा मित्रमणि आचार्यको हत्या भएको थियोे । तत्कालीन अनेरास्ववियूका...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अबको लक्ष्य देशको समृद्धिसँगै कम्युनिष्ट आन्दोलनलाई नयाँ संश्लेषण सहित समाजवादको आधार तयार पार्नु भएको बताउनु भएको छ । १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले, ‘यो आफैंमा एउटा युगान्तकारी कार्य हो । अन्तमा, विश्व मजदुर दिवसका अवसरमा...बाँकी
ललितपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले संविधान गतिशील दस्तावेज भएको बताउनु भएको छ । मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै उहाँले जनताको माग र आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुने बताउनुभयाे । अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि...बाँकी
काठमाडौं, मधेशमा क्रियाशील मधेश तराई फोरम पार्टी मंगलबार नेकपामा समाहित भएको छ। नेकपाका अध्यक्ष प्रचण्डले उक्त पार्टीलाई नेकपामा स्वागत गर्नुभएकाे छ। फोरमले मधेशका मुद्दामा नेकपा लचक देखिएका कारण आफूहरु नेकपामा समायोजन भएको बताएको छ। ६ फाेटाेमा हेर्नुहाेस, मधेश तराई फोरम पार्टी नेकपामा समाहित हुँदै गर्दाका केही झलकहरु । (फाेटाे...बाँकी
काठमाडौं, मधेशमा क्रियाशील मधेश तराई फोरम पार्टी मंगलबार नेकपामा समाहित भएको छ। नेकपाका अध्यक्ष प्रचण्डले उक्त पार्टीलाई नेकपामा स्वागत गर्नुभएकाे छ। फोरमले मधेशका मुद्दामा नेकपा लचक देखिएका कारण आफूहरु नेकपामा समायोजन भएको बताएको छ। पार्टीका अध्यक्ष अमर यादवद्वारा जारी विज्ञप्तिमा पार्टीका सम्पूर्ण नेता कार्यकर्ता नेकपामा समायोजन भएको घोषणा गरिएको...बाँकी
नेपाल एउटा अर्धसामन्ती/दलाल पुँजीवादी र अर्ध/नवऔपनिवेशिक मुलुक हो । यहाँ विगत आठ दसक यतादेखि राष्ट्रियता, जनतन्त्र/लोकतन्त्र र जनजीविकाका समस्याहरु समाधानार्थ ठूल्ठूला सशस्त्र र शान्तिपूर्ण राजनीतिक आन्दोलनहरु भैरहेका छन् । यिनमा दसौं हजार वीर-वीराङ्गनाहरुले जीवनको आहुति समेत दिएका छन् । तथापि राष्ट्रियताका समस्याहरु जस्तो कि विभिन्न जाति-जातिहरुका बीचको भेदभाव,...बाँकी
काठमाडौं, नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका पदाधिकारीले आइतबार बिहान नेकपाका अध्यक्ष प्रचण्डलाई भेट गरी ध्यानाकर्षण पत्र बुझाएका हुन्। महासंघले ध्यानाकर्षण पत्रमा राष्ट्रिय आमसञ्चार नीति–२०७३ लाई आवश्यक परिमार्जनसहित दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने, मुलुकी देवानी तथा फौजदारी...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीकाे स्मरण गर्नुभएकाे छ । मनमोहन स्मृति प्रतिष्ठानले सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ स्मृति दिवस’ मा उहाँले वर्तमान सरकार स्व. अधिकारीका अधूरा सपना पूरा गर्न लागिपरेको बताउनुभयाे । स्व. अधिकारीको शालिकमा माल्यार्पण गर्दै प्रधानमन्त्री ओलीले स्व. अधिकारीले...बाँकी