काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री जसिन्दा अर्डेनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई शनिवार एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी र आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । निर्दोष मानिसको अन्धाधुन्ध हत्या मानवताको...बाँकी
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव समूहविरुद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै सरकार समक्ष तत्काल प्रतिबन्ध खारेज गर्न माग गर्नुभएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले विप्लवहरुले उठाएका मागहरु राजनीतिक भएकाले वार्ता तथा सहमतिमावाटै समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो...बाँकी
काठमाडौं, नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा वार्तामा आए सरकार रातो कार्पेट बिछ्याउन तयार भएको बताउनुभएको छ । फागुन १३, १५, १९ र २६ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले...बाँकी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाउने सहिद तथा वेपत्ताको बलिदानीपूर्ण सङ्घर्षकै कारण नेपालले नयाँ राजनीतिक व्यवस्था पाएको बताउनुुभएको छ। योंग कम्युनिष्ट लिग नेपालले पेरिसडाँडा स्थित कार्यालयमा बिहिवार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले देशमा...बाँकी
काठमाडौं, मन्त्री परिषद्को बैठकले विप्लव नेतृत्वको नेकपालाई संगठित अपराध ऐनअनुसार प्रतिबन्ध लगाएको छ । बिहिबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रचलित संगठित अपराध ऐन २०७० अनुसार प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो । यस्ता छन् आजको क्याविनेटका निर्णयहरु : १.विप्लव समूहभनेर चिनिने नेपाल कम्युनिष्ट...बाँकी
काठमाडौं, नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने विषयमा पार्टीभित्र कुनै पनि छलफल नभएकोे बताउनुभएको छ ।सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकोबारे फरक–फरक प्रतिक्रिया आइरहँदाल नेता नेपालले छलफल बिना गरिएका निर्णय ठीक नहुने बताउनुभएको हो । पार्टीभित्र बिना छलफल निर्णय...बाँकी
काठमाडौं, नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि प्रतिबन्ध लगाउनु हतार भएको बताउनुभएको छ । बुधबार रिपोर्टर्स् क्लवमा बोल्दै उहाँले भन्नुभयो - ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ । म पार्टीको जिम्मेवार व्यक्ति भएको हुँदा मेरा कुराहरु म...बाँकी
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने घोषणा गरेको हो । स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट...बाँकी
विराटनगर, नेकपा अध्यक्ष प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा सीके राउतसँग ११ बुँदे सहमति गरिएको बताउनुभएको छ। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार र पार्टीको ध्यान पृथकतावादी आन्दोलनमा लागेकाहरुलाई मुलधारको राजनीति एवं संविधानको मातहतमा ल्याउने तर्फ केन्द्रित भएको र त्यही प्रक्रिया अन्तर्गत रहेर स्वतन्त्र मधेस...बाँकी
काठमाडौं . नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले शिक्षाबाट मात्र किसानलाई हेर्ने दृष्टिकोणमा सुधार ल्याउन सकिने बताउनुभएको छ । आइतबारबाट शुरु भएको खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अवकाे शिक्षा कृषिलाई सम्मान गर्नुका साथै व्यावहारिक र समसामयिक ज्ञान दिने खालको...बाँकी