News

हो ची मिन्ह र भियतनामी क्रान्ति नेपालको समाजवादी तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत – प्रधानमन्त्री ओली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २८ गते शनिवार

हो ची मिन्ह र भियतनामी क्रान्ति नेपालको समाजवादी तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत – प्रधानमन्त्री ओली

काठमाडाैं, प्रधानमन्त्री के पी शर्मा ओलीले हो ची मिन्हको नेतृत्वमा भएको भियतनामको क्रान्ति तथा राष्ट्रिय स्वतन्त्रता आन्दोलन नेपालको समाजवादी, प्रजातान्त्रिक तथा राष्ट्रवादी आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । समाजवादी गणतान्त्र भियतनामको दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले हो ची मिन्ह राष्ट्रिय राजनीतिशास्त्र प्रतिष्ठानको एक कार्यक्रमलाई शुक्रवार सम्बोधन...बाँकी

फास्ट ट्रयाकबाट भए पनि मेलम्ची छिटो ल्याउनुपर्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २७ गते शुक्रवार

फास्ट ट्रयाकबाट भए पनि मेलम्ची छिटो ल्याउनुपर्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जसरी भए पनि मेलम्ची छिटो ल्याउनु पर्ने बताउनुभएकाे छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी सङ्गठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले फास्ट ट्रयाकबाट भए पनि मेलम्ची छिटो ल्याउनुपर्ने बताउनुभएकाे हाे । 'मेलम्चीको खानेपानी चाँडै काठमाडौं ल्याउन कूनै ठुलो कुरा...बाँकी

क. निर्मल लामाको स्मृतिमा १९ औं स्मृति सभा सम्पन्न

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २७ गते शुक्रवार

क. निर्मल लामाको स्मृतिमा १९ औं स्मृति सभा सम्पन्न

काठमाडौँ । नेपाली कम्युनिस्ट आन्दोलनका एक आदरणीय नेता क. निर्मल लामाको स्मृतिमा आज नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १९ औं स्मृति सभा सम्पन्न भएको छ । निर्मल लामा प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका वरिष्ठ नेता अमिक सेरचनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका स्वच्छ छवीका बयोबृद्ध नेता क. विष्णुबहादुर मानन्धरले...बाँकी

नेकपाले टुंगो लगायाे १४७ सदस्यीय पोलिटव्यूराे, हेर्नुहाेस नामावली

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २७ गते शुक्रवार

नेकपाले टुंगो लगायाे १४७ सदस्यीय पोलिटव्यूराे, हेर्नुहाेस नामावली

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १४७ सदस्यीय पोलिटव्यूराे टुंगो लगाएको छ। पोलिटव्यूराेमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टु‍‌गिंएपनि पार्टीको औपचारिक बैठक बसेर मात्रै सार्वजनिक गरिने नेकपाले जनाएकाे छ । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले माधव नेपाल लगायतका नेतासँग छलफल गरेपछि पोलिटब्युरो गठनको सहमति भएको...बाँकी

अध्यक्ष प्रचण्ड र सीता दाहालको विवाहकाे ५० औं विवाहोत्सव मनाइयो

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २६ गते बिहीवार

अध्यक्ष प्रचण्ड र सीता दाहालको विवाहकाे ५० औं विवाहोत्सव मनाइयो

काठमाडौँ, नेकपा अध्यक्ष प्रचण्ड र उहाँकी जीवन संगीनी सीता दाहालकाे विवाहकाे ५० औं विवाहोत्सव पक कार्यक्रम गरी मनाइएको छ । अध्यक्ष प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियाे । पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ ।  विवाहकाे ५०...बाँकी

प्रधानमन्त्री ओली भियतनाम र कम्बाेडिया प्रस्थान

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २६ गते बिहीवार

प्रधानमन्त्री ओली भियतनाम र कम्बाेडिया प्रस्थान

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाका लागि प्रस्थान गर्नुभएकाे छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा  भ्रमणका लागि  प्रधानमन्त्री ओली  बिहीबार त्यता प्रस्थान गर्नुभएकाे हाे। वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख...बाँकी

अस्थायी शिक्षकको पुनः परीक्षा गर्न सकिँदैन – शिक्षामन्त्री पाेख्रेल

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २५ गते बुधवार

अस्थायी शिक्षकको पुनः परीक्षा गर्न सकिँदैन – शिक्षामन्त्री पाेख्रेल

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको पुनः परीक्षा नहुने बताउनुभएकाे छ ।  बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री पोखरेलले अस्थायी शिक्षकलाई पुनः परीक्षा नभइ सम्मानजनक बिदाइ गरिने बताउनुभयाे । ‘लामो समयदेखि काम गर्दै आएको भन्ने आधारमा मात्रै (अस्थायी शिक्षक) हरुलाई शिक्षण पेशामा राख्न सक्ने...बाँकी

एकता टुंगिन नदिन कचिङ्गल सिर्जना गर्न खोजियाे – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २५ गते बुधवार

एकता टुंगिन नदिन कचिङ्गल सिर्जना गर्न खोजियाे – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले एकता प्रक्रिया टुंगिन नदिन नेताहरुबीच कचिङ्गल सिर्जना गर्न खोजिएको बताउनुभएकाे छ । नयाँ शक्ति नेपालकी नेतृ तथा संविधान सभाकी सदस्य सीमा विकलाई पार्टीमा स्वागत गर्न बुधवार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेकपाले सरकारको नेतृत्व गरेको केही तत्वलाई नपचेकाे हुनाले पार्टी...बाँकी

कम्युनिस्ट नेता क. पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी आयोजना हुँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २४ गते मंगलवार

कम्युनिस्ट नेता क. पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी आयोजना हुँदै

काठमाडौँ, नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवामा नेपाली कम्युनिस्ट आन्दोलनका आदरणीय नेता तथा अखिल नेपाल किसान संघ (२००७) का पूर्वअध्यक्ष क. पोष्टबहादुर बोगटी 'दिवाकर'को स्मृतिमा कृषि प्रदर्शनीको आयोजना गरिने भएको छ । महान जनयुद्धको नेतृत्वकर्ताहरूमध्ये एक रहेका नुवाकोटका जनताका प्यारा नेता तथा पूर्वमन्त्री क. पोष्टबहादुर बोगटी 'दिवाकर'को समृतिमा २०७६ जेठ...बाँकी

अतिक्रमित सरकारी जग्गावारे छानबिन गर्न शक्तिशाली आयोग गठन

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २४ गते मंगलवार

अतिक्रमित सरकारी जग्गावारे छानबिन गर्न शक्तिशाली आयोग गठन

काठमाडौं, सरकारले बालुवाटारसहित देशभर अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न शक्तिशाली आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा चार सदस्यीय अधिकार सम्पन्न आयोग गठन गरेको हो। आयोगमा भूमिअधिकारकर्मी जगत देउजा, पूर्वसहसचिव जानकीवल्लभ अधिकारी र महोत्तरीकी दुर्गा दाहाल सदस्य रहेका छन्। यस्तै, भूमि...बाँकी