काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया हाउसको बार्षिक आम्दानी र कर तिरेको हिसाब हेर्नुपर्ने अवस्था आउन नदिन मिडिया मालिकलाई सचेत गराउनुभएकाे छ। नेपाल पत्रकार महासंघले बुधबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकारलाई तलव दिए नदिएको मात्रै सरकारको चासो रहेको भन्दै उक्त चेतावनी...बाँकी
काठमाडाैं, सत्तारुढ दल नेकपाका महासचिव विष्णु पाैडेलले बालुवाटारको सरकारी जग्गामा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाउनुभएकाे छ । विभिन्न सञ्चार माध्यमले आफ्नो नाम जोडेर भ्रमपूर्ण समाचार छापेको भन्दै महासचिव पाैडेलले बुधवार एक प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाउनु भएकाे हाे । उहाँले २०६१ पुष २९ गते प्रचलित कानुनबमोजिम बिक्री...बाँकी
चितवन, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई नेकपामा स्वागत गर्नुभएको छ । चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोपीलगाई पार्टीमा स्वागत गर्नुभएको हो । यसरी प्रवेश गर्नेहरुमा माडी नगरपालिका वडा नं....बाँकी
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेल्चा उठाएर काम गर्नुभएकाे छ । राष्ट्रपति सीले बेल्चा उठाएर काम गर्न थालेपछि उहाँको सर्वत्र चर्चा भएकाे छ । राष्ट्रपति सीले चीनमा सोमबार रुख संरक्षणका लागि बेइजिङको तोङजो जिल्लामा बेल्चा र बाल्टी उठाएर काम गर्नुभएकाे हाे । कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरु र उच्च...बाँकी
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाई नाप्न जान लागेको कर्मचारी टोलीलाई विदाइ गर्नुभएकाे छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट सगरमाथाकाे उचाइ नाप्न जान लागेकाे टाेलीलाइ बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाे आयाेजना गरी बिदाइ गरिएकाे हाे । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की,...बाँकी
दोहा, सभामुख कृष्णबहादुर महराले चीन, भारत, गणतन्त्र कोरिया र माल्दिभ्सको संसदीय टोलीसँग शिष्टाचार भेट गर्नुभएकाे छ । अन्तर व्यवस्थापिका संघ (आइपियू)को १ सय ४० औं सभामा सहभागी हुन कतार आएका संसदीय प्रतिनिधि मण्डलसँग सभामुख महराले सोमबार र मंगलबार दोहास्थित होटल सेराटनमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएकाे हाे । भेटवार्ताका...बाँकी
काठमाडौं, सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि दुई दर्जन कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खादा र अबिर लगाउँदै मुलधारको राजनीतिमा प्रवेश गराउनुभएकाे हाे । प्रचण्ड निवास खुमलटारमा भएको...बाँकी
काठमाडौं, सरकारले आन्दोलनरत सरकारी चिकित्सकहरु मंगलबार काममा नफर्किए आवश्यक सेवा संचालन ऐन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारी डाक्टरहरु मंगलबार दिनभरमा काममा फर्किने अपेक्षा गरिएको बताउनुभयाे । सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा हड्ताल गरी आन्दोलनमा उत्रिएका डाक्टरहरु काममा फर्किए कतिपय मागमा...बाँकी
बाँके, सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले साे पार्टी परित्याग गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई...बाँकी
काठमाडौँ , विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेकाे हाे । सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण...बाँकी