Tag: #कविता

मेरा बा’को भेस्ट

क. सुशान्त पौडेल २०७६ भदौ २ गते सोमवार

मेरा बा’को भेस्ट

आएर वेगसरी अन्धकारमा छिर्के मिर्के कपडा लगाएका, हातमा लामा लामा बन्दुक बोकेका, टोपधारीहरुले लगेथे मेरा बा'लाई निलो जीपमा, छोडेर धमिला यादहरु अनि मेरा बा'को भेस्ट । मन्द मन्द बा'को पसिनाको गन्ध आउने त्यो भेस्ट धोइएन कहिल्यै, आमालाई लाग्दो हो पानीले भेस्ट होइन पखालिने छ उनकै सिउँदो । कोठाको...बाँकी

वामपन्थी सबै भए, कामपन्थी कोही भएन

क. सीताराम थापा २०७६ साउन २५ गते शनिवार

वामपन्थी सबै भए, कामपन्थी कोही भएन

देश बनाउने सबै भए, गाँउ बनाउने किही भएन सिंहदरबार दिने धेरै भए, पालिकामा कोही भएन सुनाउने धेरै भए, जनताको सुनिदिने कोही भएन सम्बोधन गर्ने धेरै भए, दुःखी फेर्ने कोही भएन संविधान फेर्ने धेरै भए, नीति फेर्ने कोही भएन नियम फेर्ने धेरै भए, जीवन फेर्ने कोही भएन अन्धविश्वास फेर्ने...बाँकी

कमरेड कृष्ण सेनको सम्झनामा

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७६ जेठ १३ गते सोमवार

कमरेड कृष्ण सेनको सम्झनामा

नफर्के पनि कमरेड कृष्ण सेन, महिना र गते फर्किरहेछन् । नमेटिए पनि उत्पीडन, नारा अझै घन्किरहेकै छन् । अधुरै भए पनि वाचाहरु, सपनाहरु अझै बिउँझै छन् । विभक्त छन वाचकहरु, दोषारोपण उस्तै र जिउँदै छन् । मरिहत्ते देखिन्छ पदका लागि, तर पङ्गाजाले पछौरी ओढिएकै छन् । तै पनि...बाँकी

कृष्ण सेन ‘इच्छुक’ र हत्या

क. केशव नेपाल 'विजयकुमार' २०७६ जेठ १३ गते सोमवार

कृष्ण सेन ‘इच्छुक’ र हत्या

कृष्ण सेन ‘इच्छुक’को हत्याको खबर यो धर्तीभरी सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरो मानसपलटमा ‘इच्छुक’को चेप्टो अनुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठूला कानहरु सलक्क देखेँ ओठमा मीठो मुस्कान छोडेको देखेँ हात मिलाउन ल्याएको देखेँ कस्तो छ भन्दै...बाँकी

ठूलो प्रजातन्त्र

क. आविष्कार कला २०७५ माघ २४ गते बिहीवार

ठूलो प्रजातन्त्र

म तिमी भन्छु बरु तँ भनौँला अहिले चाहिँ तपाईं भन्नै सक्दै सक्दिन, ए संसारको प्रजातान्त्रिक मुलुक तिम्रो प्रजातन्त्र हेर त कस्तो छ ? के ? तिम्रो पक्षको मताधिकार मात्रै प्रजातन्त्र हो जनपक्षीय मताधिकार प्रजातन्त्र भित्र पर्दैन । तिम्रो ठूलो प्रजातन्त्रको इतिहास हेर त कतै मानवीयता पाउँछौ ? जसले...बाँकी

कठघरामा उभिएर

क. आस्था केसी २०७५ माघ ६ गते आइतवार

कठघरामा उभिएर

जिन्दगीका दोभानहरु देखिएकै हो समयका दोसाँधहरु टेकिएकै हो एउटा साँघुरो गल्लीबाट छामछाम् छुमछुम् गर्दै अघि बढ्दा रुमानी रहरहरु मिल्काइएकै हो र फेरी नौलो बिहानीका रहरहरु हुर्काइएकै हो । अँध्यारा वस्तीहरु सजाउने सपनाहरु देखिएकै हो जनतालाई ठग्नेहरु विरुद्ध विद्रोहको जिहाद छेडिएकै हो अप्ठ्यारा ती भीर र कान्लाहरुमा जति सकियो...बाँकी