Tag: #सोभियत संघ

जनवादी शिक्षाको वैज्ञानिक आधार

एनातोली लुनाचार्स्की २०८० पुस ९ गते सोमवार

जनवादी शिक्षाको वैज्ञानिक आधार

१. समाजविज्ञान र शिक्षाशास्त्रका लागि त्यसको महत्त्वः सामाजिक जीवनको सिद्धान्तको रूपमा समाजविज्ञान शिक्षासम्बन्धी प्रश्नहरूको अनुसन्धान गर्ने सन्दर्भबाट सम्बद्ध हुन्छ । जनशिक्षा अर्थात् यसको उद्देश्य, रूप र सीमा सामाजिक प्रणाली तथा सामाजिक प्रक्रियामा निर्भर हुन्छ । मार्क्सवादी समाजविज्ञानले जुन सामाजिक समष्टिअन्तर्गत शिक्षा विकसित हुन्छ तथा यसले जसको सेवा गर्छ,...बाँकी

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

क. जोसेफ स्टालिन २०७९ फागुन २६ गते शुक्रवार

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

क. शिशिर श्रेष्ठ 'मिलन आफन्त' २०७८ फागुन ४ गते बुधवार

महान समाजवादी लेखक – म्याक्सिम गोर्की

महान् समाजवादी लेखक म्याक्सिम गोर्कीको जन्म सन् १८६८ मा निझनी नभ्गरोद रुसमा भएको थियो । म्याक्सिम गोर्कीको बुवाको नाम म्याक्सिम बेस्कोभ हो भने आमाको नाम भार्भारा पेस्कोभ हो । गोर्की चार वर्षका हुँदा उनका पिताले यो संसारबाट विदा लिए भने उनी सात वर्षको हुँदा उनकी माताको मृत्यू भयो...बाँकी

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा २०७७ माघ ५ गते सोमवार

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

[साम्राजयवादीहरूसँगको मिलोमतोमा रूसी प्रतिक्रियावादीहरूले सर्वहारा वर्गका महान् गुरू, रूसी क्रान्तिका महानायक तथा लेनिनवादका प्रणेता क. लेनिनको हत्या गर्ने कोशिस गरेका थिए । त्यसबारे उहाँको सचिवको रूपमा लामाे समयसम्म काम गर्नुभएका रूसी कम्युनिस्ट नेतृ क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाद्वारा लिखित 'पेजेज फ्रम द लेनिन्स लाइफ' नामक पुस्तकबाट अनुवाद गरी यहाँ प्रस्तुत...बाँकी

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

क. छवि सुवेदी २०७७ मंसिर २२ गते सोमवार

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

गृष्मयामको क्रिमिया यसै पनि मनमोहक थियो । मिखाइल गोर्वाचेभ क्रिमियामा विदा मनाइरहेका थिए । सन् १९९१ अगस्ट १९ को बिहान सबेरै चार बजे उनको निवास अगाडि सेनाको टुकडी पुग्यो । तत्कालीन सोभियत संघका राष्ट्रपति, कम्युनिस्ट पार्टीका प्रमुख गोर्वाचेभ निद्राबाट नबिउँझिँदै नजरबन्दमा परिसकेका थिए । उपराष्ट्रपति गेन्नाडी यानायेवको नेतृत्वमा...बाँकी

महान अक्टोबर समाजवादी क्रान्ति र यसको अन्तर्राष्ट्रिय महत्त्व

क. लोकनारायण सुवेदी २०७७ कात्तिक २२ गते शनिवार

महान अक्टोबर समाजवादी क्रान्ति र यसको अन्तर्राष्ट्रिय महत्त्व

विश्वमा सामन्तवादलाई समूल नष्ट गर्न फ्रान्सेली पुँजीवादी क्रान्तिको जति ठूलो महत्त्व छ पुँजीवाद–साम्राज्यवादलाई समाप्त पार्न र वैज्ञानिक समाजवादी समाजको निर्माण गर्न महान अक्टोबर समाजवादी क्रान्तिको त्योभन्दा ठुलो महत्त्व विश्वमा रहेको छ किनभने विश्व समाज दास युगदेखि पुँजीवादी युगसम्म शोषण-उत्पीडनमा आधारित समाजको रुपमा रहेको हो र समाजवादी क्रान्तिपछि नै...बाँकी

अक्टोबर क्रान्तिको वैचारिक र सांस्कृतिक प्रभाव

क. रामराज रेग्मी २०७७ असोज २४ गते शनिवार

अक्टोबर क्रान्तिको वैचारिक र सांस्कृतिक प्रभाव

पृष्ठभूमि: सन् १९१४ मा सुरु भएको साम्राज्यवादी शक्तिहरू बिचको प्रथम विश्वयुद्धमा रुसले पनि भाग लिएको थियो । युद्धको सवाललाई लिएर डाकिएको दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियको बैठकमा लेनिनले साम्राज्यवादी युद्धलाई साथ दिनु हुँदैन भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । युद्धले देशको अर्थतन्त्र जर्जर बनाएपछि साम्राज्यवादी सरकारहरूले त्यसलाई सभाल्न सक्दैनन्, जनता...बाँकी

सर्वहारा, किसान र ट्राटस्कीवाद

क. जोसेफ स्टालिन २०७७ भदौ ४ गते बिहीवार

सर्वहारा, किसान र ट्राटस्कीवाद

किसानको प्रश्नः म किसानहरूका सम्बन्धमा अहिले पार्टीले अबलम्बन गरेको सिद्धान्तमा अन्तर्निहित नीतिहरूका विषयमा केही भन्न चाहन्छु । किसानको प्रश्न यतिबेला विशेष महत्त्वको छ भन्ने कुरामा कुनै शङ्का छैन । कयौँ कमरेडहरू अतिवादतिर पुग्नुभएको छ र भन्दै हुनुहुन्छ कि एउटा नयाँ युगको सूत्रपात भएको छ – किसान युग ।...बाँकी

मिखाइल गोर्भाचोव र सोभियत संघको विघटन

क. छवि सुवेदी २०७७ वैशाख २१ गते आइतवार

मिखाइल गोर्भाचोव र सोभियत संघको विघटन

मार्च महिनाको १३, सन् १९८८ को दिन । सोभेत्स्काया रोसिया नामक रुसी पत्रिकामा रसायनशास्त्रकी प्राध्यापक निना आन्द्रेयेभाको एउटा खुला चिठी छापियो । शिर्षक थियो, "म मेरा सिद्धान्तहरुलाई त्याग्न सक्दिन।" त्यो समय सोभियत संघको कम्युनिस्ट पार्टी र सत्ताका प्रमुख मिखाइल गोर्भाचोव युगोस्लाभिया भ्रमणमा थिए । उक्त चिठी नौ सय...बाँकी

को हुन् भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन ?

क. प्रमेश पोखरेल २०७७ वैशाख १० गते बुधवार

को हुन् भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन ?

भ्यादिमिर इल्यिच उल्यानोभ लेनिन तत्कालीन सोभियत संघमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको मार्क्सवादी दर्शनको पहिलो व्यवहारिक प्रयोग गर्दै समाजवादी क्रान्ति गर्ने महान् क्रान्तिकारी, राजनीतिज्ञ तथा राजनीतिक सिद्धान्तकार हुन् । मार्क्सवादी दर्शन विश्वका सर्वाहारा मजदुर किसान तथा गरिवहरुको मुक्ति र संघर्षको कार्यक्रम हो र यसबाट मात्रै हामी वैज्ञानिक समाजवाद...बाँकी