Tag: किसान

संसदको कृषि समितिद्वारा कृषि र वाणिज्य मन्त्रालयलाई निर्देशन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत ३० गते आइतवार

संसदको कृषि समितिद्वारा कृषि र वाणिज्य मन्त्रालयलाई निर्देशन

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारले देशभर लागु गरेको लकडाउनका कारण किसानहरूको उत्पादन निर्वाध रूपमा उपभोक्ताहरूको बिचमा पुर्‍याउन समस्या भएको भन्दै तत्काल आवश्यक पहल गर्न सरोकारवाला मन्त्रालयहरूलाई निर्देशन दिएको छ । समितिका सदस्य सांसदहरूसँगको परामर्शपश्चात समितिका सभापति पूर्णकुमारी सुवेदी 'शीला'द्वारा कृषि...बाँकी

कोरोना भाइरस नियन्त्रणको सरकारी कदमलाई किसान महासंघको समर्थन

लेफ्ट रिभ्यु संवाददाता २०७६ चैत १० गते सोमवार

कोरोना भाइरस नियन्त्रणको सरकारी कदमलाई किसान महासंघको समर्थन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सबैभन्दा ठूलो जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले कोरोना भाइरस नियन्त्रण का लागि नेपाल सरकार र पार्टीले अघिसारेका नीतिहरूको समर्थन गरेको छ । देशका दुई तिहाई किसानहरूको प्रतिनिधित्व र नेतृत्व गर्ने एवम् नेपालको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान...बाँकी

हावाहुरीसहितको असिनापानीबाट पोखरामा किसानहरूलाई करौडौँको क्षति

लेफ्ट रिभ्यु संवाददाता २०७६ वैशाख २८ गते शनिवार

हावाहुरीसहितको असिनापानीबाट पोखरामा किसानहरूलाई करौडौँको क्षति

काठमाडौँ । बैशाख महिनामा पटकपटक आएको हावाहुरीसहितको असिनापानीको कारणले कास्कीको पोखराका विभिन्न स्थानहरूमा किसानहरूको बालीनाली र कृषिका भौतिक संरचनाहरूमा ठूलो क्षति भएको छ । किसानहरूले महिनौँ दिनसम्म श्रम र पसिना बगाई लहलह बनाएका तरकारी, फलफूल मात्र नभई भौतिक संरचना समेत नष्ट हुँदा किसानहरूको रु पाँच करोड ४९ लाख ५०...बाँकी

राति बास्ने कुखुरो

काओ यु–पाओ २०७५ साउन ४ गते शुक्रवार

राति बास्ने कुखुरो

ठूलो साँझ टरिसकेर अँध्यारो झन् झन् बाक्लिँदै थियो । दिनभरको कठोर श्रमले लोत भएर यस्तो कुबेलामा एक हुल खेतालाहरू मेलाबाट घर फर्किरहेका थिए । तिनीहरू अरू कोही थिएनन्, दुष्ट अत्याचारी जमिनदार जोउको खेतमा काम गर्ने खेतालाहरू नै थिए । “सारै थाकियो हो, दाइ ।” एउटा खेतालाले थकित स्वरमा...बाँकी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का आधारभूत नीतिहरु

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ३१ गते आइतवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का आधारभूत नीतिहरु

१. संविधानमा व्यवस्था भए बमोजिम वैज्ञानिक/क्रान्तिकारी भूमिसुधारको कार्यक्रम, मौलिक अधिकारको रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य र आवासको व्यवस्थालाई तत्काल कानुन निर्माण गरी व्यावहारिक कार्यान्वयनका लागि राज्यका सम्बन्धित निकायहरूमा दबाव दिनु पर्छ । २. कृषि भूमिको व्यापक खण्डीकरण तथा दुरुपयोग भइरहेकोले तत्काल भू–उपयोग नीतिलाई कडाइपूर्वक लागू गराउन जोड दिनु...बाँकी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र): एक संक्षिप्त परिचय

क. नहेन्द्र खड्का २०७५ असार ३० गते शनिवार

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र): एक संक्षिप्त परिचय

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरूको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरू यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठनात्मक नेतृत्व गरिरहेको नेपाली जनताको प्यारो तथा...बाँकी

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

क. चित्रबहादुर श्रेष्ठ २०७५ असार ६ गते बुधवार

जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस

विषय प्रवेशः नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस...बाँकी

मेरा बा किसान हुन्

हेम प्रभास २०७४ मंसिर ६ गते बुधवार

मेरा बा किसान हुन्

निधार उचालेर लेकतिर पठाइदिन्छन् औँलाहरू फुकालेर बेँसीतिर पठाइदिन्छन् माटो हो कि कपडा जस्तो जिन्दगी लगाएर थाप्लोमा पसिनाको भारी बोक्छन् नखाँदा पनि अघाए जस्तो उनको चेहरामा कहिले घाम दौडिरहेको देख्छु कहिले गुराँसझैँ फुलिरहेका जुन–ताराहरू भेट्छु मेरा बा किसान हुन् । गरागरामा दौडिहिँड्ने पानीका गिताङ्गे लहरहरूमा कति बजे होलान्– मेरा...बाँकी