विचार २

कमरेड हेलेन बोलेकको सम्झनामा

क. छवि सुवेदी २०७६ चैत २८ गते शुक्रवार

कमरेड हेलेन बोलेकको सम्झनामा

प्रिय कमरेड हेलेन बोलेक, हार्दिक श्रद्धासुमन । सहर बन्द छ । गाउँ सुनसान छ । चैत्रको हावा हजारौँ यादहरु बोकेर हुरहुर उडिरहेको छ । यो हावालाई लकडाउनको कुनै प्रभाव छैन । न त विश्वभरि उधुम मच्चाइरहेको कोरोना भाइरससँग नै यो हावाको कुनै लिनिदिनु छ । म इस्तानबुलदेखि धेरै...बाँकी

कोरनाको भयावह चरित्र र सामनाको सिकाइ

क. सीताराम थापा २०७६ चैत २६ गते बुधवार

कोरनाको भयावह चरित्र र सामनाको सिकाइ

कोरोना प्रभाव र चरित्रः संसारमा हरेक कालखण्डमा दशकौँमा विभिन्न माहामारी देखापर्ने गरेका छन् । हामी बाँचेको कालखण्डमा धर्तीको जुन भूगोलमा आवागमन सहज भएकोले पनि रोग महामारी प्रवाह सहज हुने गर्दछ । मानवजातिलाई आतंकित तुल्याउने गरी चीनको उहानबाट कोरना सुरु भएर २०० देशमा महामारी फैलिएको छ । दोश्रो विश्वयुद्धपछि...बाँकी

लकडाउन सही छ तर सरकारप्रति आशंका मेटिएको छैन्‌

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत २६ गते बुधवार

लकडाउन सही छ तर सरकारप्रति आशंका मेटिएको छैन्‌

कोरोना भाइरसले विश्वमै उधुम मच्चाइरेको छ । यसको गम्भीर असर नेपालमा पनि परिरहेकोबेला नेपाल सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउनको समय थपेको छ । उक्त निर्णय नेपाल र नेपालीको हितमा छ, र स्वागतयोग्य छ । लकडाउन थपिरहँदा नेपाल सरकारले कोरोना भाइरस नियन्त्रणमा विगतका प्रगति र अबका संभावना र...बाँकी

नेपालको लकडाउन, परनिर्भरता र चुनौतीहरू

क. मोहम्मद जाकिर हुसैन २०७६ चैत २४ गते सोमवार

नेपालको लकडाउन, परनिर्भरता र चुनौतीहरू

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो चित्रमा एकजना इटालियन महिला रुँदै मानव समुदायलाई अपिल गरिरहेकी छिन्, "Stay Home, Stay Home, Please Stay Home" । एकदिनमा आठ-आठ सय इटालियन नागरिकहरूको मृत्यु देखेकी ती महिला भन्छिन्, "महामारीले राष्ट्रियता, जाति, रंग, भाषा.... केही देख्दैन ।" बडो हृदयविदारक छ भिडियोको दृश्य ।...बाँकी

कोरोना महामारी र सीमानाका जनताबारे

क. जीवन्ती पौडेल २०७६ चैत २३ गते आइतवार

कोरोना महामारी र सीमानाका जनताबारे

तत्कालीन परिस्थितिअनुसार सबैको भलाइका लागि चुनौती लिनसक्ने व्यक्तिलाई नेता भनिन्छ । कुखुराको पोथीको नेतृत्व शैली मनन गरी हेरौँ त । आफ्ना चल्ला चराउन लैजाँदा जमिनमुनि भएको खानेकुरा खोस्रेर चल्लाहरुलाई खान दिन्छ । आफू टाढा बसेर हेर्छ, सबैले खान सके कि सकेनन् भनेर । बाहिरी दुश्मन चील, बाज, स्याल,...बाँकी

महामारीको बेला राज्य र विद्रोही पक्ष दुवैले हतियार थन्काऊ

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत २३ गते आइतवार

महामारीको बेला राज्य र विद्रोही पक्ष दुवैले हतियार थन्काऊ

यतिबेला पृथ्वीमा मानव समुदाय र कोरोना भाइरस बिच संघर्ष चलिरहेको छ । कोरोना भाइरसको महामारीले विश्वमा हजारौँ मानिसको ज्यान लिएको छ, लाखौँ मानिस संक्रमित छन् । अझै योभन्दा बढी पीडादायक दिनहरु आउन सक्ने खतरा सहज अनुमान गर्न सकिन्छ । विश्व मानव समुदाय नै आतंकित छ, जनजीवन अस्तव्यस्त छ,...बाँकी

मानव जीवनको मूल्य महत्त्वपूर्ण छ

क. मातृका यादव २०७६ चैत २१ गते शुक्रवार

मानव जीवनको मूल्य महत्त्वपूर्ण छ

कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण नफैलियोस् भनेर सरकारले लकडाउन गरेपछि काठमाडौँको क्षेत्रपाटी सडकमा कामको खोजीमा काभ्रेपलाञ्चोकका ५७ वर्षीय रिक्साचालक डम्बर पन्तको फोटोले सामाजिक सञ्जाल पूरै छायो । दैनिक काम गरेर आफू बाँच्ने र परिवार पाल्नुपर्ने भएकाले लकडाउनले नराम्रोसँग प्रभाव पारेको उनको प्रतिक्रिया छ । यो एउटा पीडादायी...बाँकी

भ्रष्टाचार देश र जनताका लागि क्यान्सर हो

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७६ चैत २१ गते शुक्रवार

भ्रष्टाचार देश र जनताका लागि क्यान्सर हो

'म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ । यो भनाइ नेपाल सरकारको हो । नेपाल सरकारका सबै अंग र निकायहरुमा यो साइन बोर्ड झुण्डयाएको छ। नेपाल सरकार देश र जनताको अभिभावक हो । जनताको भाग्य र भविष्य...बाँकी

स्वास्थ्यकर्मीको काँधमा महान अभिभारा छ

क. दलजीत श्रीपाली २०७६ चैत १८ गते मंगलवार

स्वास्थ्यकर्मीको काँधमा महान अभिभारा छ

स्वास्थ्यकर्मी मित्रहरु ! छिमेकी राष्ट्र चीनको वुहानमा उत्पत्ति भएको भनिएको कोरोना भाइरसले यतिबेला विश्वव्यापी मानव समुदायमाथि हमला गरिरहेको छ र विश्व मानव समुदाय आतंकित छ । प्राणघातक कोरोना भाइरस रोगको प्रतिरोधमा विश्वमानव समुदाय नै एकजुट भई मोर्चाबद्ध लडाइँ लड्नुपरेको छ। यो लडाई निकै जोखिम र चुनौतिपूर्ण छ ।...बाँकी

पुँजीवादी शिविरमा कोभिड-१९ को आक्रमण

क. राकेश बाब्ली 'रक्तिम' २०७६ चैत १७ गते सोमवार

पुँजीवादी शिविरमा कोभिड-१९ को आक्रमण

आज सिङ्गो भूमण्डल कोरोना भाइरसको महाव्याधीले आक्रान्त छ। लाखौँलाख मानिसहरू त्रासको च्याम्बरमा एकान्तवास छन् । श्रमिक र सेवक वर्ग भोकानाङ्गा हालतमा ठेलिँदै छ । नेपालका प्रवासित नागरिक हैरान र परेशान छन् । संक्रमण अंकगणितीय होइन, घातांकीय (exponential) दरमा बढ्दै छ । मान्छेहरु आफ्नो मृत सन्ततिलाई पनि एकखेप अङ्गालोमा...बाँकी