(भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा पारमाणविक सम्झौतालाई अन्तिम रूप दिन जापान जानुअगाडि जापानी भाषामा एउटा ट्विट गरेका थिए, जसका बारेमा सञ्चार माध्यमहरूमा खुबै चर्चा भएको थियो । तर ठिक त्यही समय (अगस्त २८) मा जापानको फुकुसिमा निवासी एक महिला युकिको ताकाहासीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा पत्र लेखेकी...बाँकी
सङ्घीय गणतन्त्र नेपालको नयाँ संविधानको कार्यान्वयनमा अग्रसरता नदेखाएको, शान्ति प्रक्रियाप्रति संवेदनशील नभएको, भूकम्पपीडित जनतालाई राहत प्रदान गर्ने तथा पुनर्निर्माणको काममा कुनै पहलकदमी नगरेको, मधेसी, आदिवासी, जनजाति र थारु समुदायका जनताले लामो समयदेखि उठाउँदै आएका मागहरूप्रति कुनै चासो नदेखाएको, आफ्नो निजी अहङ्कारमाथि विजय हासिल गर्न देशलाई विखण्डनतर्फ धकेलेको, मित्रराष्ट्रहरूसँग...बाँकी
लक्ष्यमा अडिग प्रचण्ड: नेपालको सामाजिक क्रान्तिको बाटो समाजवादको बाटो भएको निष्कर्ष निकालेर समाजवादी क्रान्तिको रणनीति अन्तर्गत क्रान्ति, पार्टी र राष्ट्र निर्माणका सबै समस्याको समाधान खोज्ने प्रयत्नमा छन् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा दसवर्षे महान् जनयुद्धका महानायक प्रचण्ड । समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि सर्वहारा वर्गको सशक्त, जुझारु, सुप्रशिक्षित...बाँकी
सम्माननीय सभामुख महोदय, आज म यो सम्मानित संसदबाट स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा समेत प्रधानमन्त्रीका रूपमा आफ्ना धारणा र योजना राख्न उपस्थित भएको छु । सर्वप्रथम म सामाजिक न्यायसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली...बाँकी
प्रिय कमरेडहरू, गौरवशाली कोरियाली श्रमिक पार्टी र हाम्रो देशको इतिहासमा चम्किला कोसेढुङ्गाहरू स्थापित गर्ने विजेता हुनुको प्रतिष्ठा र आत्मसम्मानले सुसज्जित हुँदै हामीले नयाँ वर्ष सन् २०१६ लाई स्वागत गरिरहेका छौँ । म, सम्पूर्ण जनता र राष्ट्रसेवकहरूको उत्कट वफादारीलाई प्रतिबिम्बित गर्दै, समाजवादी कोरियाका प्रतीक तथा जुछेका सौर्यहरू– महान् कमरेडहरू...बाँकी
वि.सं. २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भयो । नेपाली जनताको ६५ वर्ष लामो, कठिन र बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरूप सम्झौताको दस्तावेजका रूपमा यो संविधान जारी भएको हो । नेपालमा संविधान सभाबाटै नयाँ संविधान किन बनाउनु पर्यो ? संविधान सभाका लागि किन यति लामो...बाँकी
क्युवाली क्रान्तिका महानायक फिडेल क्यास्ट्रोले भने जस्तै भूमण्डलीकरण कसैको आविष्कार नभएर इतिहासको नियम हो । यो उत्पादक शक्तिको विकासको परिणाम हो । तर आज संसारभर लादिएको भूमण्डलीकरण भने नवउदारवादी भूमण्डलीकरण हो । यो बहुसङ्ख्यक जनतालाई चुसेर मोटाउने अल्पसङ्ख्यक पुँजीपतिहरू र निर्धन देशका जनतालाई लुटेर सुन्निएका साम्राज्यवादी देशहरूको हित...बाँकी
इतिहासमा संविधान सभा: संविधान सभाबाट संविधान बन्नुपर्छ भन्ने कुरा २००७ सालमा राणा शासन विरोधी आन्दोलनबाट उठेको हो । त्यो एउटा त्यस्तो परिस्थितिमा उठेको थियो, जतिबेला विश्वभर ठुल्ठुला आन्दोलन र क्रान्ति सम्पन्न भएका थिए । रुस, चीन र भारत लगायतका संसारका कतिपय देशहरूमा उत्पीडित, उपेक्षित, मजदुर किसानका आन्दोलन, परिवर्तन...बाँकी