मुख्य खबर

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने सरकारको निर्णय

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २८ गते मंगलवार

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउने सरकारको निर्णय

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाउने घोषणा गरेको हो । स्रोतका अनुसार उक्त समूहले विकासका पूर्वाधारमाथि बम बिस्फोट...बाँकी

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल भएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २८ गते मंगलवार

मन्त्रिपरिषद् हेरफेरबारे प्रधानमन्त्रीसँग छलफल भएको छ – अध्यक्ष प्रचण्ड

विराटनगर, नेकपा अध्यक्ष प्रचण्डले पहिले लिएका नीतिहरु छोड्ने सर्तमा सीके राउतसँग ११ बुँदे सहमति गरिएको बताउनुभएको छ। मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सरकार र पार्टीको ध्यान पृथकतावादी आन्दोलनमा लागेकाहरुलाई मुलधारको राजनीति एवं संविधानको मातहतमा ल्याउने तर्फ केन्द्रित भएको र त्यही प्रक्रिया अन्तर्गत रहेर स्वतन्त्र मधेस...बाँकी

असामाजिक र अपराधिक तत्वबाट मुलुकलाई खतरा छ – गृहमन्त्री थापा

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

असामाजिक र अपराधिक तत्वबाट मुलुकलाई खतरा छ – गृहमन्त्री थापा

बुटवल, गृहमन्त्री रामबहादुर थापा 'बादल'ले असामाजिक, अपराधिक तत्वबाट मुलुकलाई खतरा कायमै रहेको बताउनुभएको छ । भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अपराधिक तत्वलाई निस्तेज गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुलुकको शान्ति सुरक्षामा आपराधिक तत्व, असामाजिक तत्व र प्राकृतिक प्रकोप पनि चुनौतीका रुपमा...बाँकी

सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न अध्यक्ष प्रचण्डको आग्रह

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २७ गते सोमवार

सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न अध्यक्ष प्रचण्डको आग्रह

पोखरा, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न सबैलाई आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीले सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका...बाँकी

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका छ – उपराष्ट्रपति पुन

काठमाडौं, उपराष्ट्रपति नन्दकिशोर पुन 'पासाङ्ग'ले ऐतिहासिक सङ्घर्ष सफल हुनुमा महिलाको ठूलो भूमिका रहेको बताउनुभएको छ। १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नेपाल महिला चेम्बरद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले ‘महिला दिदीबहिनी सशक्तरुपमा अगाडि नबढेको भए गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाजस्ता ऐतिहासिक राजनीतिक उपलब्धि प्राप्त...बाँकी

को हुन सिके राउत, बैज्ञानिकदेखि बिखण्डनकारीसम्म यस्ताे छ उनको ईतिहास

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

को हुन सिके राउत, बैज्ञानिकदेखि बिखण्डनकारीसम्म यस्ताे छ उनको ईतिहास

काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार राष्ट्रिय सभागृह काठमाडौंमा सरकार र सिके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर  भयो । तराईलाई नेपालबाट अलग गर्नुपर्छ भनेर आफ्नो गतिविधि सञ्चालन गर्दैै आएका राउतसँगको ११ बुँदे सहमति धेरैका लागि 'सरप्राइज्ड' जस्तो बनेको छ । टिकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई जन्मकैद...बाँकी

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २४ गते शुक्रवार

महिला माथि हुने हिंसाहरुमा आर्थिक समस्या मुख्य कारण – अध्यक्ष प्रचण्ड

नेकपा अध्यक्ष प्रचण्डले महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक समस्या मुख्य कारण भएको बताउनुभएको छ । १०९औं श्रमिक महिला दिवशको अबसरमा शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध नबन्ने बताउनुभएको छ । समग्र महिला मुक्तिका लागि शिक्षा...बाँकी

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना र आधारभूत कुराहरुको सम्झना

क. नारायण शर्मा २०७५ फागुन २४ गते शुक्रवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना  र आधारभूत कुराहरुको सम्झना

आज ८ मार्च अर्थात १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला आन्दोलन दिवस  हो । यस ऐतिहासिक दिवसको उपलक्षमा सम्बन्धित सबैमा शुभकामना ! आजको दिनका मुख्य ७ विशेषता वा पक्ष छन् । ती हुन् : १. यो अन्तर्राष्ट्रिय आन्दोलन हो र यसको अन्तर्राष्ट्रिय स्तर र महत्व छ । २. यो मार्क्सवाद...बाँकी

मार्क्सवाद गायत्री मन्त्र हो कि व्यवहारिक मार्गदर्शन ?

क. कालीबहादुर मल्ल २०७५ फागुन २३ गते बिहीवार

मार्क्सवाद गायत्री मन्त्र हो कि व्यवहारिक मार्गदर्शन ?

"विज्ञानकाे उज्यालाे नपुगेका धर्तीका चिराहरूमा अध्यात्मवादीकाे ईश्वर लुकेकाे हुन्छ !" - अल्बर्ट आइन्स्टाइन पूर्वपाषाण युगदेखि उत्तरपाषाण युगसम्म प्रकृतिका हरेक घटनाहरूलाई बुझ्न अलमल परेकाे प्राचीन मानव जातिले अन्ततः अदृश्य शक्तिकाे कल्पना गर्‍यो । त्यसैकाे जगमा "ईश्वर"को जन्म भयाे । त्यही ईश्वरको कल्पनाकाे आधार धर्मकाे जन्म भयाे र यसले १९...बाँकी

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पूर्व डीएसपी सेट्ठी सहित ६ जना पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पूर्व डीएसपी सेट्ठी सहित ६ जना पक्राउ

काठमाडौ, कञ्चनपुरकी वालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या प्रकरणमा पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठी सहित ६ जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि उनीहरुलाई पक्राउ गरेको हो । प्रतिवादी सेट्ठी, प्रहरी नीरिक्षक एकेन्द्र खड्का र चाँदनी साउद...बाँकी