मुख्य खबर

मैनबत्ति जसले आफैलाई जलाएर अरुलाई मार्ग प्रदीप्त गर्‍यो

क. टंक कार्की २०७५ फागुन २१ गते मंगलवार

मैनबत्ति जसले आफैलाई जलाएर अरुलाई मार्ग प्रदीप्त गर्‍यो

उनीहरु 'नेता' बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो । उनीहरु त सामाजिक मिशनमा थिए । उनीहरु ठान्थे उनीहरु बाँची रहेको समाज अन्यायपूर्ण छ जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शिर्षमा निरंकुश राजतन्त्र छ । अन्यायपूर्ण यस कारणले थियो कि समाजको प्रचण्ड...बाँकी

सन्दर्भः सहिद सप्ताह तथा सुखानी स्मृति दिवस

क. रमेश गुरागाईँ २०७५ फागुन २१ गते मंगलवार

सन्दर्भः सहिद सप्ताह तथा सुखानी स्मृति दिवस

नेपाल कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजनको स्थितिमा पुग्यो । पार्टी केन्द्रविहीन भयो । विभिन्न समुह र उपसमुह क्षेत्रीय रुपमा समेत स्थापित भए । यसै सिलसिलामा कोशी प्रान्तीय समिति निर्माण भयो र यस अन्तर्गत झापा जिल्ला समिति गठन गरियो, जसले नेपालमा २०२८ साल जेठ २ गते कम्युनिस्ट...बाँकी

स्मृतिमा सहिद क. राजेन्द्र पोख्रेल

क. रमेश गुरागाईँ २०७५ फागुन १९ गते आइतवार

स्मृतिमा सहिद क. राजेन्द्र पोख्रेल

क. राजेन्द्र पोख्रेल महान जनयुद्धका सहिद । दमक ३ गोलाटार उहाँको ठेगाना । उहाँले नौ डाँडा पारी धादिङ्ग जिल्लामा वीरतापूर्वक रातो रगतले धर्ती सिञ्चित गर्नुभयो २६ वर्षको कलिलो उमेरमा, २०६० सालको माघ ११ गते । उहाँको जन्म २०३४ चैत ७ गते भएको थियो ।  महान जनयुद्धको दौरानमा सहपाठी नगेन्द्र...बाँकी

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, आर्यघाटमा दाहसंस्कार गरिने

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १९ गते आइतवार

नेता भरतमोहन अधिकारीको पार्थिव शरिर धुम्बाराहीमा, आर्यघाटमा दाहसंस्कार गरिने

काठमाडौं, पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको नेकपा कार्यालय धुम्वाराही पुगेका छन् । अर्थमन्त्री रहँदा आफ्नो गाउँ आफैं बनाऔं र वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएका नेता...बाँकी

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा कुशल अर्थमन्त्री भरतमोहन अधिकारी हाम्रा माझ रहनुभएन । ८३ वर्षीय उहाँको उपचारको क्रममा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो । श्वासप्रश्वास र निमोनियालगायतका समस्या भएपछि २ महिनादेखि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा एक महिना प्रयास गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि माघ...बाँकी

भरतमोहनजीको स्वास्थ्यमा कुनै मिराकल हुन पनि सक्छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

भरतमोहनजीको स्वास्थ्यमा कुनै मिराकल हुन पनि सक्छ – अध्यक्ष प्रचण्ड

काठमाडौं, जीवन र मृत्युबिच अन्तिम संघर्ष गरिरहेका नेकपाका नेता भरतमोहन अधिकारीले पार्टी, देश, समाज र समृद्धिका लागि मिलेर अघि जान नेताहरुलाई सन्देश दिनुभएको छ । ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीले भेन्टिलेटरमा राख्नुअघि आफ्नो अन्तिम सन्देश सुनाएको नेकपाका अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । शनिबार साँझ नेता अधिकारीलाई भेटेर बाहिरिदै...बाँकी

के अस्पतालले कुनै मानिसलाई बचाउन अस‌ंभव छ भनेर विज्ञप्ति निकाल्न मिल्छ ?

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १८ गते शनिवार

के अस्पतालले कुनै मानिसलाई बचाउन अस‌ंभव छ भनेर विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडौं । के कुनै अस्पतालले आफ्नो अस्पतालमा उपचाररत बिरामीलाई बचाउन असंभव छ भनेर पत्रकार सम्मेलन गर्न मिल्छ ? आज नेकपाका नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीलाई बचाउन सक्ने संभावना असाध्यै न्यून रहेको भनेर उहाँ उपचाररत ह्याम्स अस्पतालले बताएपछि यो प्रश्न चारैतिर उठेको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै अधिकारीको...बाँकी

रामघाटमा सदाका लागि बिलायाे एउटा नक्षत्र, अलविदा प्रिय नेता रविन्द्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १७ गते शुक्रवार

रामघाटमा सदाका लागि बिलायाे एउटा नक्षत्र, अलविदा प्रिय नेता रविन्द्र

पोखरा, हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा शुक्रवार अन्त्येष्टि गरिएको छ । उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उहाँको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज अधिकारी र स्वराज अधिकारीले दागवत्ति दिनुभएको थियो । अधिकारीको शव आजै काठमाडौंबाट...बाँकी

नाेष्टाल्जिक बनायौ रविन्द्र जी

क. माेहम्मद जाकिर हुसैन २०७५ फागुन १६ गते बिहीवार

नाेष्टाल्जिक बनायौ रविन्द्र जी

कुरा १०-११ दिन अघिको हो । म संस्कृति मन्त्रालयबाट बाहिर सडकमा जाेडिने माेडमा उभिएकाे थिएँ । माेडमा एउटा झण्डावाल गाडी मेराे छेउबाट गुज्रँदै थियाे । मेराे दृष्टि गाडीकाे पछाडिपट्टिकाे सिटबाट शीशा खाेलेर मुस्कुराउँदै दुवै हात जाेडर 'नमस्कार' भनिरहेकाे एकजना हँसिलाे मन्त्रीमाथि पर्न गयाे । गाडी सुस्त गतिमा दायाँतिर...बाँकी

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन १६ गते बिहीवार

नेकपाद्वारा शोक प्रस्ताव पारित, विद्यार्थी र जनसांस्कृतिक महासंघद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका केन्द्रीय सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा भएको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठकले मृतक सबैप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक संतप्त परिवारजनमा समवेदना प्रकट गरेको हो...बाँकी