Tag: नेपाल

माघ १९को शाही कदमलाई फर्केर हेर्दा

श्री पदम भण्डारी २०७६ माघ १९ गते आइतवार

माघ १९को शाही कदमलाई फर्केर हेर्दा

"....सरकारको कार्यभार आगामी तीन वर्षका लागि लिइबक्सेका छौं..." । २०५९ माघ १९ गते यो वाक्यका साथ नेपाली राजनीतिक परिवेशले नयाँ मोड लिएको थियो । उक्त घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको थियो । तुरुन्तै टेलिफोन, मोबाइल, इन्टरनेट सञ्जाल हटाइएको थियो भने संसदवादी दलका प्रमुख नेताहरुलाई घरमै नजरबन्द...बाँकी

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

क. लोकनारायण सुवेदी २०७६ माघ १६ गते बिहीवार

विकासको राष्ट्रिय चिन्ता र मुलुकको वास्तविकता

बितेका एक दसक यता निक्कै ठूलो र दूरगामी लाग्ने राजनीतिक परिवर्तनपछिको नेपाली राजनीति पनि सङ्लो र सफा अझै देखिन सकेको छैन । तीब्र गुटबन्दी आधारित सत्ताको लुछाचुँडी, भागबण्डा तथा जनता र राष्ट्रको निर्मम दोहन नै हाम्रो राष्ट्रिय राजनीतिको मूल तस्विर बन्दै आएको र बनिरहेको छ । परिणामतः जनसाधारण...बाँकी

एमसीसीका केही आयामहरु

क. नारायण शर्मा २०७६ माघ ११ गते शनिवार

एमसीसीका केही आयामहरु

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का फौजी, राजनीतिक, कूटनीतिक र आर्थिक आदि विविध आयाम छन् । तर एमसीसीको मुख्य आयाम त फौजी/सैन्य नै हो । परन्तु दुई जिब्रे, द्वन्द्वकारी र दुष्ट दुश्मनले कहिले "यो फौजी हो" भन्छ त कहिले "यो फौजी होइन" भनेर आफ्ना भ्रष्ट, भत्तावाल, भाँड, भतुवा र...बाँकी

सहस्राब्दी चुनौती निगम (एमसीसी) र नेपाल

क. रामराज रेग्मी २०७६ माघ ८ गते बुधवार

सहस्राब्दी चुनौती निगम (एमसीसी) र नेपाल

सहस्राब्दी चुनौती निगम (Millenium Challenge Corporation) अमेरिकी आर्थिक सहयोग नियोग हो । यसको छोटकरी नाम MCC हो जुन यतिखेर नेपाली राजनीतिक क्षेत्रमा निकै चर्चा परिचर्चाको विषय बनेको छ । संस्थाको नाम निकै तिलस्मी ढङ्गले राखिएको छ, जसको अर्थ हुन्छ हजार वर्षको विकासका लागि चुनौती दिने निगम । यो...बाँकी

क. पुष्पलालको मार्क्सवादी कसीमा पृथ्वीनारायण शाह

क. लोकनारायण सुवेदी २०७६ पुस २७ गते आइतवार

क. पुष्पलालको मार्क्सवादी कसीमा पृथ्वीनारायण शाह

यो इतिहासले सत्य साबित गरिसकेको तथ्य हो कि विश्वमा १७ वटा देशहरु मात्र अस्तित्वमा रहेको बेलामा पनि नेपाल भन्ने देश उपस्थित रहेको थियो । यसले एउटै कुरा प्रष्ट हुन्छ कि नेपालको इतिहास धेरै पुरानो मानव सभ्यता भएको इतिहास हो । यसको साँस्कृतिक, धार्मिक, ऐतिहासिक र भौगोलिक एवं नृवंशीय...बाँकी

बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले रणनीतिक लाभ लिन सक्छ : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ भदौ २९ गते आइतवार

बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले रणनीतिक लाभ लिन सक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले त्रिदेशीय रणनीतिक साझेदारीको मुद्दा विकासशील देशका लागि लाभदायक हुने बताउनुभएकाे छ । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौँमा आयोजित बिआरआई सम्वाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, "म प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदा पनि त्रिदेशीय साझेदारीको कुरा गम्भीर रुपमा उठाएको थिएँ...बाँकी

मेरो देशको समृद्धिको खोजी

क. शिव अधिकारी २०७६ भदौ १२ गते बिहीवार

मेरो देशको समृद्धिको खोजी

म जापान घुमिरेको छु । यहाँको जनजीवन र विकास कार्यक्रममा मेरो ध्यानकेन्द्रित हुनु स्वाभाविक हो किनभने म मेरो देशको समृद्धिका लागि आफूलाई समर्पित हुने मेरो अभिलाषा पूरा गर्न मैले धेरै काम गर्नुछ । म जापानको क्योटोको केही भाग घुमिरहेको छु । यद्यपि यहाँ निर्माणका काम सकिइसकेको अवस्था पाएँ...बाँकी

चलचित्र हलहरूमा राष्ट्रिय गान अनिवार्य, राष्ट्रियताको जगेर्नामा महत्त्वपूर्ण कदम

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ५ गते बिहीवार

चलचित्र हलहरूमा राष्ट्रिय गान अनिवार्य, राष्ट्रियताको जगेर्नामा महत्त्वपूर्ण कदम

काठमाडौँ । राष्ट्रियताको भावनालाई सुदृढ गर्ने संकल्पसहित नेपाल सरकारले संविधान दिवसका दिनदेखि मुलुकभरका चलचित्र हलहरूले चलचित्र सुरु गर्नुअघि अनिवार्य रूपमा नेपालको राष्ट्रिय गान बजाउनुपर्ने निर्देशन दिएको छ । २०७२ सालमा नेपालको नयाँ संविधान जारी भएको दिन असोज ३ गतेका दिन संविधान दिवसको कार्यक्रम आयोजना गरी भव्यरूपले सफल बनाउनका...बाँकी

भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी छ: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ ३ गते मंगलवार

भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी छ: अध्यक्ष प्रचण्ड

धनुषा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दह्रो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गर्नु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित छलफलमा उहाँले बाँधका कारण उत्पन्न समस्या...बाँकी

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

लेफ्ट रिभ्यु संवाददाता २०७६ जेठ ९ गते बिहीवार

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

काठमाडौं, नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गर्नुभएको हो । दुई देशबीच ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान...बाँकी