विचार २

पतनोन्मुख ओली अहंकार र उनको राजनीतिक भविष्य

क. शिव अधिकारी २०७८ असार १२ गते शनिवार

पतनोन्मुख ओली अहंकार र उनको राजनीतिक भविष्य

अहिले देशमा प्रधानमन्त्री केपी ओली अभिशापसिद्ध खलपात्रको रूपमा राजनीतिक वृत्तमा झुण्डिइरहेको अवस्था देखिन्छ । यिनका आसेपासे भरौटेहरू यो मूर्तिलाई हतियार बनाएर देश दोहनको अनौठो शास्त्रीय तरंग लिएर जम्जमाई रहेका छन् । विरोधीको उछित्तो काड्ने अनेकौँ तानाबाना बुन्न सिपालु एउटा मुर्खलाई हतियार बनाएर देशको सम्पूर्ण सम्पत्तिमाथि हालीमुहाली गर्न पाइन्छ...बाँकी

गान्धी डिभिजन – एक चर्चा

भरत पोखरेल २०७८ असार ११ गते शुक्रवार

गान्धी डिभिजन – एक चर्चा

डिसेम्बर १४, १९४८ मा अमेरिकी पत्रकार लुइस फिसरसँगको साक्षात्कारमा मोहनदास करमचन्द गान्धीकी दिदी रैलियत बेनसँग सोधिएको एउटा प्रश्न थियो गान्धीको स्कुले जीवनको पढाइ कस्तो थियो ? रैलियतको उत्तर थियो गान्धी जेहेन्दार विद्यार्थी थिए र स्कुलका कक्षाहरूमा प्रथम रहन्थे । तर ऐतिहासिक दस्तावेजहरूले यो कुराको पुष्टि गर्दैन । गान्धीको...बाँकी

नागरिकताको समस्या : नागरिक सम्प्रभुताको कि सत्ता राजनीतिको ?

क. परशुराम तामाङ २०७८ असार १० गते बिहीवार

नागरिकताको समस्या : नागरिक सम्प्रभुताको कि सत्ता राजनीतिको ?

१.० समस्याको उठान : नेपालमा विगत ७ दशकदेखि नागरिकता समस्याको बहस निरन्तर चलिरहेछ । यो अवधिमा सरकारले समस्या समाधानका लागि विभिन्न नागरिकता आयोगहरूको गठन, राजनीतिक दलहरूको सहमति र ६ वटा संविधान र सोही अनुसारको ऐन, नियमावलीहरू ल्याइसकेको छ । पछिल्लो संविधान त जननिर्वाचित संविधानसभाद्वारा २०७२ मा बनाइएको हो...बाँकी

भारतमा वामपन्थी आन्दोलनको असफलता

रजनी कोठारी २०७८ असार ९ गते बुधवार

भारतमा वामपन्थी आन्दोलनको असफलता

जाति-धर्म निरपेक्ष राजनीतिको तेस्रो धाराको रूपमा वामपन्थी राजनीतिक आन्दोलनमा विचार गर्नेबित्तिकै यो धारा पनि उदार लोकतान्त्रिक एवं नवीन सामाजिक आन्दोलनको धारा जस्तै वास्तविक सामाजिक परिवर्तनको निम्ति आधार प्रदान गर्न असफल रहेको छ । यसो हुनुको पहिलो कारण त, वामपन्थी आन्दोलनले धेरै अघिदेखि नै आफ्नो आन्दोलनकारी चरित्र गुमाइसकेको थियो...बाँकी

अध्यक्ष प्रचण्डको नेतृत्व र माओवादीको विगत, वर्तमान एवम् भविष्य

क. श्रीकृष्ण अधिकारी 'विवेक' २०७८ असार ३ गते बिहीवार

अध्यक्ष प्रचण्डको नेतृत्व र माओवादीको विगत, वर्तमान एवम् भविष्य

देश यतिबेला अग्रगमन र प्रतिगमनको भीषण टक्करबाट गुज्रिरहेको छ । नवउपनिवेशवाद र नवउदारवादद्वारा निर्दिष्ट दलाल पुँजीवादी उपभोक्तावादी विकृत संस्कृतिबाट जेलिँदै गइरहेको छ । नवउदारवादी चाहनाअनुसार कस्सिँदै गएको साङ्लो तोड्न नसक्दासम्म नेपाल राष्ट्रको स्वतन्त्र स्वनिर्णयको अधिकार र अन्तरनिर्भर स्वभिमानपूर्ण स्वाधीन आर्थिक विकास, उन्नति र प्रगतिमा लाग्दै आएको कालो ग्रहण...बाँकी

सत्तालिप्सामा लिलाम राष्ट्रवाद र कम्युनिज्म

क. छवि सुवेदी २०७८ जेठ २५ गते मंगलवार

सत्तालिप्सामा लिलाम राष्ट्रवाद र कम्युनिज्म

सन् २०१८ मे २५ को दिन जापानको एक दैनिक पत्रिका "निकी एसिया" को अङ्ग्रेजी संस्करणमा भारतीय लेखक विश्लेषक ब्रम्हा चेलानीको एउटा लेख प्रकाशित भयो । शीर्षक थियो - के नेपालमा प्रजातन्त्र र कम्युनिज्म एकसाथ रहन सक्छन् ? उक्त लेखमा चेलानीले चुनावबाट आएको एक मात्र कम्युनिस्ट सरकारले आफूलाई प्रजातान्त्रिक...बाँकी

ओली सरकारको जेट बजेट र मुलर-लियर भ्रम

भरत पोखरेल २०७८ जेठ १६ गते आइतवार

ओली सरकारको जेट बजेट र मुलर-लियर भ्रम

जुद्ध शमशेर राणा प्रधानमन्त्री रहेको बेला १९८९ सालमा नेपालमा सिपाहीहरूको तलब मासिक १० रुपैयाँ थियो । एकदिन जुद्ध शमशेरले सिपाहीहरू टुँडिखेलमा जम्मा गरेर उनीहरूको मासिक तलब १० बाट १२ रुपैयाँ पुर्‍याएको घोषणा गर्दा सिपाहीहरूले टुँडिखेल नै उचाल्ने गरी जुद्ध शमशेरको जयजयकार गरेको काठमाडौँमा लामो समयसम्म चर्चा चलेको थियो...बाँकी

नेपाल, सगरमाथा र तेन्जिङ

भरत पोखरेल २०७८ जेठ १५ गते शनिवार

नेपाल, सगरमाथा र तेन्जिङ

सन् १९७७ फेब्रुअरीमा विराटनगर सरस्वती टोलका केही साथीहरूले दार्जिलिङ जाने कार्यक्रम बनाए । म पाञ्चाली बस्ने भए पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका मेरा सहपाठी साथीहरू आयोजक भएकाले मलाई पनि टोलीमा समावेश गरियो । हामी भर्खरै सुरुभएको विराटनगर-काठमाडौँ दिवासेवा मोरङ पशुपति एक्सप्रेस बसमा दार्जिलिङ गयौँ । दार्जिलिङका साथै खर्सियाङ,...बाँकी

अहिलेको आवश्यकता – बयलगाडा संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद

क. कृष अर्याल २०७८ जेठ १३ गते बिहीवार

अहिलेको आवश्यकता – बयलगाडा संसदीय व्यवस्था होइन, वैज्ञानिक समाजवाद

अहिलेको आवश्यकता अहिले देशमा कोभिड-१९ को दोस्रो लहरका कारण दैनिक हजारौँ संक्रमित भइरहेका छन्, भने सयौँले अकालमै ज्यान गुमाइरहेका छन् । संसदवादी राजनीतिक दलका नेताहरू भने जनताको स्वास्थ्यको बेवास्ता गरेर पद र कुर्सीका पछाडि स्वाँस्वाँ गर्दै कुदिरहेका छन् । त्यस्तै अहिले देश कोरोना भाइरसले मात्र होइन, केपी भाइरसले पनि...बाँकी

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

क. सागर कुँवर २०७८ जेठ १३ गते बिहीवार

कोरोना भाइरसबारे धार्मिक अन्धविश्वास र भौतिक परिस्थिति

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)  को नामामा केही धार्मिक अतिवादीहरुले ईश्वरको प्राथना गरे कोरोना नलाग्ने भ्रम फैलाएका छन । त्यो सबै त्यो सबै धार्मिक अन्धविश्वास र भ्रम हो । यस सम्बन्धमा यो उदाहरण हेरौँ: कोरोना भाइरसले अहिलेसम्म इटालीमा ५० भन्दा बढी पादरीहरुको मृत्यु भइसकेको छ ।...बाँकी