प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भ्रमण गर्नेहरूको प्रायजसो अनौठा सत्यहरूको सामना गर्छन् । के साँच्चै यहाँ मजदुरहरू नै बस्छन् त? प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङको चाङजोन स्ट्रिटमा आधुनिक आर्किटेक्चरयुक्त सुन्दरतासहितका गगनचुम्बी भवनहरूमा आवास गृहहरू र प्योङयाङ किम जोङ सुक टेक्सटाइल मिल (कपडा कारखाना) तथा प्योङयाङ किम जोङ सुक सिल्क मिल...बाँकी
सन् १९१७ को सोभियत समाजवादी क्रान्तिको विजयले मार्क्सवाद-लेनिनवादको प्रभाव विश्वव्यापी रूपमा फैलियो । दोस्रो विश्वयुद्धमा न्याय र समाजवादी शक्तिको महान विजय भयो । त्यसपछि विश्वमा सामाजिक मुक्ति, जनतन्त्र र राष्ट्रिय स्वाधिनताका आन्दोलनहरूको व्यापक लहर आयो । ठिक यसैबेला नेपाली जनता पनि राणाशाही, जहानियाँ शासनको विरूद्ध प्रजातान्त्रिक आन्दोलनमा उत्रन...बाँकी
अङ्ग्रेज आफ्नो उपनिवेश विस्तार गर्ने क्रममा भारत पसेको थियो । समुद्रको किनार हुँदै पहाडी शृङ्खलासम्म पुग्न उसलाई झन्डै दुई सय वर्ष लाग्यो । नेपाल एकीकरणको अभियानलाई व्यापारीको रुपमा भारत छिरेको अङ्ग्रेजले नजिकबाट नियालिरहेको थियो । नेपालको एकीकरण उत्तर-दक्षिणभन्दा पूर्व-पश्चिम फैलिएको थियो । यसो हुनुमा उत्तरको तिब्बत तथा चीन...बाँकी
अहिलेको कोरोना संक्रमण, लकडाउन र यसबाट परेको प्रभावबाट मानव जातिलाई ठुलो चुनौती र अवसर प्रदान गरेको छ । हामी सचेत भएर आफू, परिवार र जनस्वास्थ्यको ख्याल गर्न सक्यौँ भने कोरोनामाथि विजय गर्न सक्नेछौँ । स्वास्थ्य रक्षाका लागि अबलम्बन गरिएको लकडाउनले एक हदसम्म कोरोना फैलिनबाट रोकेको छ । विदेशबाट...बाँकी
बुवा सुँक्क सुँक्क गर्दै रुदै हुनुहुन्थ्यो । मलाई उमेर घर्की सक्नुभएको मान्छे यसरी किन रुनु भयो भनेर अचम्म लागेको थियो । मैले सोधे “किन रुनु भयो ? के अप्ठयारो पर्यो ?” उहाँको बोली फुट्न सकेन । एकछिनपछि मन सम्हाल्दै भन्नुभयो “एउटा हुँदोखादो देशभक्त तारा, नेपाली राजनीतिको आकाशबाट झर्यो...बाँकी
हिजो न्युजक्लिकले डा. सुष्मा नैथानीसित (धर्म र विज्ञान बारे) अन्तर्वार्ता लिएछ । यो अन्तर्वार्ताको क्रममा कतिपय शिक्षित वर्ग अन्धविश्वास र धर्मान्धतामा रहेको विषयमा चर्चा आयो । यसमा डा. नैथानीले भने, "धर्ममा बन्धुत्व हुन्छ तर विज्ञानमा हुँदैन । यही कारण मान्छेलाई आफ्नो आस्था, धर्म परायणता छोड्न कठिन पर्दछ ।"...बाँकी
मे १५ विश्वभरका मानवजातिले आफ्नो र आफू जन्मिएको नश्ल, वर्ण, जाति, वंश, कुल, गोत्र र थरसँग सम्बन्धित आफ्ना पिता-पुर्खा/माता-महामाताको पहिचान, सम्झना र सम्मान गर्दै आआफ्ना अभिभावक-संरक्षकहरु, परिवारका सदस्यहरु, आफन्तहरु, बन्धु-बान्धवहरु, नाता-कुटुम्बहरु र इष्टमित्रहरु हुँदै सैना-मीत, साथीसङ्गी, गुरुकुल-स्कुल, कमरेड-दोस्त, गाउँघर, छरछिमेक र समुदाय-समाज, पार्टी-प्रतिष्ठान, राष्ट्र र अन्तर्राष्ट्रसम्मका सबै मानवजातिसँग...बाँकी
हे मेरो सरकार, नेपाली नेता-नायक तथा शासक-प्रशासकहरु हो ! के साँच्चै यहाँहरुले नेपाली भूमि/राष्ट्रको र स्वयं आफ्नो स्वत्व र स्वाभिमान अनि अस्तित्व र अस्मिता जोगाउन खोज्नु भएको हो ? यदि हो नै भने यहाँहरुले यसो गर्ने आँट गर्नैपर्छ - १. सर्वप्रथम नेपाली नेता-शासक यहाँहरु सबैले आफ्ना मन-मस्तिष्कमा रहेका...बाँकी
अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (COVID-19) का कारण संसारभरका मानव समुदाय भयभित छन् । हाम्रो सुन्दर मानव सभ्यतालाई यो भाइरसले तङ्ग्रिन नै गारो हुने गरी गिजोलिरहेको छ । भाइरसको उद्गमस्थल वुहानसहित चीन क्रमिक रुपमा तङ्ग्रिन त खोज्दैछ तर विकसित देखिएका युरोप,...बाँकी
नेपालको सार्वभौमिकतामाथि सँधै हस्तक्षेप गरिरहने देश हो - भारत । इतिहास साक्षी छः नेपालको इतिहासमा विस्तारवादी भारत लाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने दलाल बन्ने गरेको छ - नेपालको शासक वर्ग । यसलाई पुष्टि गर्ने प्रशस्त प्रमाणहरु पनि छन् । नेपाल सरकारले नेपाल र नेपालीमाथि गरेका गद्दारी, राष्ट्रघाती, जनघाती र...बाँकी