बहस/संवाद

इतिहासमा अरूले भन्दा बढी मानिसको हत्या गर्ने राजाहरू थिए – कार्ल मार्क्स

लेफ्ट रिभ्यु संवाददाता २०८० भदौ २७ गते बुधवार

इतिहासमा अरूले भन्दा बढी मानिसको हत्या गर्ने राजाहरू थिए – कार्ल मार्क्स

यस अन्तर्वार्ताको प्रमुख स्रोत अमेरिकी मार्क्सवादी अध्ययन संस्थान (The American Institute for Marxist Studies) हो, जसले सिकागो ट्रिब्युनबाट साभार गरी सर्वप्रथम सन् १९७२ मा यसलाई प्रचार-प्रसारमा ल्यायो । यस संस्थाको उद्देश्य मार्क्सवादको प्रचार-प्रसार गर्ने र त्यससम्बन्धी विभिन्न विषयमा अन्तर्क्रिया, छलफल, बहस आदि चलाउने हो । अन्तर्वार्ताको सम्पादन उत्तरी...बाँकी

सर्वहारावर्ग कहिल्यै ढल्ने छैन

क. निर्मल लामा २०८० भदौ ५ गते मंगलवार

सर्वहारावर्ग कहिल्यै ढल्ने छैन

अक्टोबर कान्तिको विषयमा धेरैले धेरै धेरै कुरा लेखिसकेका छन् । तथापि मेरो आफ्नो सोच के हो भन्ने कुरा स्पष्ट पार्ने प्रयास गर्नेछु । हुन त एउटा अमेरिकन वक्ता (लेखक) ले अक्टोबर क्रान्ति ले दश दिनमै विश्वलाई थर्काइदियो भनेर लेख्नु भएको छ । मेरी सामान्य प्रश्न के छ भने...बाँकी

दर्शन र समाजवादी अपरिहार्यता

क. भक्तबहादुर श्रेष्ठ 'शेर सिंह' २०८० भदौ ४ गते सोमवार

दर्शन र समाजवादी अपरिहार्यता

वैज्ञानिक समाजवाद इतिहासको वस्तुगत आवश्यकता तथा अनिवार्यता हो भनेर बुझ्न समाजको इतिहासलाई द्वन्द्ववादी तरिकाले हेर्नुपर्छ । यो संसार नै द्वन्द्वमय छ । परस्पर विरोधी तत्त्वको एकता र सङ्घर्षले नै संसारको विकासक्रमलाई अगाडि बढाएको छ । त्यो समाज र प्रकृति दुवैमा लागु हुन्छ । हामी समाजलाई द्वन्द्ववादी ढङ्गले हेर्न...बाँकी

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

क. राज न्यौपाने २०८० असार १९ गते मंगलवार

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

बिसौँ शताब्दीदेखि, भूराजनीति र घरेलु द्वन्द्वको बाह्य कारणले लगातार अमेरिकी विदेश नीतिलाई चलाएको छ। युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि, अमेरिकाले विश्वयुद्धमा भाग लियो । त्यतिमात्र होइन, उसले सोभियत संघविरुद्ध चालिस वर्षसम्म शीतयुद्ध लम्ब्याइरह्यो । यी कार्यहरूले उसको विश्वव्यापी स्थितिलाई बलियो मात्र...बाँकी

को हुन् नेवार ?

प्रा. माणिकलाल श्रेष्ठ २०८० जेठ ८ गते सोमवार

को हुन् नेवार ?

काठमाडौँ, काठमाडौँ उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरू, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा - नेवार - हरूको बारेमा युरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरू गरिसकेका छन् । यस्ता खाले अनुसन्धानहरू अहिलेसम्ममा अरू जातिहरूको भन्दा धेरै नेवारहरूबारे भएका छन् । तर अझै पनि यकिन कुराहरू स्पष्टरूपमा...बाँकी

मासु खाने, मासु नखाने

भरत पोखरेल २०७९ असोज १८ गते मंगलवार

मासु खाने, मासु नखाने

भ्याकलाभ स्मिल वर्तमान विश्वका सेलिब्रेटी लेखक हुन् । स्मिलका पुस्तकहरूसँग विश्वका धेरै पाठकहरू परिचित छन् । स्मिल बिल गेट्सका सबैभन्दा मनपर्ने लेखक हुन् । धेरै पुस्तकका लेखक स्मिलको सन २०१३ मा प्रकाशित एउटा पुस्तक हो "सुड वी इट मिट ?" यो पुस्तकमा स्मिलले शाकाहारी (भेज) र मांसाहारी (ननभेज)...बाँकी

एमसीसी अर्थात् नेपालको सार्वभौमिकता विरुद्धको लगानी

जीवन जगत २०७९ जेठ २७ गते शुक्रवार

एमसीसी अर्थात् नेपालको सार्वभौमिकता विरुद्धको लगानी

आम जनताको व्यापक विरोध र प्रतिरोधका बाबजुद पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात एमसीसी सम्झौता केही महिनाअघि ब्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गरियो । अफसोच नै मान्नुपर्छ, नेपाललाई अमेरीकी हिन्द-प्रशान्त रणनीतिको मोहरा बन्नबाट नेपालका हामी देशभक्तहरूले रोक्न सकेनौँ । संसदको अंक गणितीय खेल, नेकपा (एमाले) को मौनता जस्ता कारणले हामी...बाँकी

अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन

क. भि.आई. लेनिन २०७९ वैशाख २ गते शुक्रवार

अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन

'लेनिन संकलित रचना खण्ड ३५, पृ. ६५–६७' मा रहेको रूसी क्रान्तिका महानायक क. लेनिनले अक्टोबर क्रान्तिपश्चात जनताको नाममा गर्नुभएको यो सम्बोधनलाई प्रगति प्रकाशन मस्कोद्वारा प्रकाशित सोभियत सत्ता के हो शीर्षक लेनिनका संकलित रचनाहरूको नेपाली अनुवादबाट लिइएको हो - सम्पादक । मजदुर साथीहरू, सैनिकहरु, किसानहरू, तमाम श्रमिकहरू ! पेत्रोग्रादमा...बाँकी

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

श्री पुष्करकुमार अधिकारी २०७८ चैत १२ गते शनिवार

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

विगत केही वर्षदेखि विश्वव्यवस्थामा ठुलो हलचल भइरहेको छ । नयाँ प्रविधिकहरूको विकास, वातावरणीय विकास, महामारी, महामारीको प्रकोप रोक्नका लागि खोप उपलब्ध गराउने र जनतालाई सुरक्षित राख्ने कामहरू भइरहेको छ भने राजननीतिक र आर्थिक रूपमा पनि ठुला हलचलहरू विश्वका मुलुकहरूमा भइरहेका छन् । सन् ११९९० मा सोभियत संघको पतन...बाँकी

भाइटीका र तिहारको सन्दर्भ: संक्षिप्त चर्चा

क. नारायण शर्मा 'कमलप्रसाद' २०७८ कात्तिक २० गते शनिवार

भाइटीका र तिहारको सन्दर्भ: संक्षिप्त चर्चा

प्राचीन समाजमा मानव जीवनका लागि आवश्यक, उपयोगी, सहयोगी, आशालाग्दा र भरपर्दा केही प्राकृतिक वस्तु वा व्यक्तिहरूलाई माया गर्ने, संरक्षण गर्ने र सम्बर्द्धन गर्ने क्रमसँगै विभिन्न कालखण्डमा विभिन्न वस्तु, जीवजन्तु र मानिसहरू माया, मान सम्मान गर्ने क्रममा पूजा-आराधना गर्ने प्रचलन नै चलेको पाइन्छ । यस सन्दर्भमा हाम्रो पूर्वीय समाजमा...बाँकी