साम्राज्यवाद विरोधी मोर्चाको आयोजनामा भईरहेको यस ऐक्यवद्धता कार्यक्रमका अध्यक्ष ज्यु, यस कार्यक्रमका वक्ता मित्रहरु, पत्रकार साथीहरु र उपस्थित सबै मित्रहरु, संवैधानिक रुपमा र लोकतान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति निकोलस मादुरोको विरुद्धमा भेनेजुएलामा अमेरिकी साम्राज्यवादको योजनामा जुन राज्य विप्लवको प्रयत्न भयो, त्यो मूलतः असफल भइसकेको छ, तर पनि त्यो विप्लवलाई...बाँकी
१. विषय प्रवेश २०७१ साल मंसिरमा पार्टीको केन्द्रीय विस्तारित बैठक सञ्चालित भइरहेको अवस्थामा भिन्नमतको प्रस्ताव पेस गरेर विप्लव समूह तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग भई नेकपा माओवादी गठन गर्न पुगेको थियो । यो समूह बाहिरिएको अब झन्डै तीन वर्ष पुग्दैछ । सो समूहको वहिर्गमनपश्चात् २०७१ पौषमा आयोजित हाम्रो पार्टीको...बाँकी
श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या गर्ने गरेको त्यो अपराधी र माओवादी हुँ । हजुरलाई फेरि भनुँ–म लड्खडाएको छैन र उस्तै त्यो कालको जस्तै आज पनि माओवादी हुँ । यो...बाँकी
आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ । हामी नेपाली धर्तीमा नेपाली जनताको महान् वलिदान, त्याग,...बाँकी
कुरा सन् १९७३ मा भियतनामको एक प्रान्त क्वाङ त्रीको हो । 'स्पात भूमि' को नामले चिनिने यो ठाउँ बारुदको गन्धले भरिएको छ, जहाँ त्यतिबेलासम्म पनि युद्धको विभत्स रूप अनुभव गर्न सकिन्थ्यो । क्वाङ त्री क्षेत्र स्वतन्त्र भइसके पनि भियतनामी जनता मुक्ति र स्वतन्त्रताको लडाइँ निरन्तर रूपमा लडिरहेका थिए...बाँकी
१. नोवेल पुरस्कार - पृष्ठभूमिः नोवेल पुरस्कार संसारकै उत्कृष्ट पुरस्कारको रुपमा लिइएको छ । यो पुरस्कार अल्फ्रेड नोवेलको नाममा स्थापना भएको हो । उनको जन्म २१ अक्टोबर १८३३ मा भएको थियो भने १० डिसेम्बर १८९६ मा उनले ६३ बर्षको उमेरमा संसार छोडेका थिए । उनि स्वीडेनमा जन्मेका हुन...बाँकी
युरोप-एसियाको विशाल देश, जार साम्राज्यको एक पछौटे सामन्ती शासनमुनि पिसिएको रूसमा महान् लेनिन र रुसी बोल्शेभिक पार्टीको नेतृत्त्वमा पहिलो समाजवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । यसको स्थापनापछि विश्वमा अभूतपूर्व क्रान्तिकारी लहर पैदा भयो, जसले सर्वहारा वर्गको मुक्तिको हतियारको रूपमा यसले ख्याति कमायो । ...बाँकी
तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने पर्व हो । यो नेपाल भारत, भुटान र वर्मामा धुमधामसँग मनाइन्छ । तिहारको पहिलो दिनमा कागको, दोस्रो दिनमा कुकुरको, तेस्रो दिनमा गाईको, चौँथो दिनमा गोरु र गोवर्द्धन पर्वतको र पाचौँ दिनमा दाजुभाइको पूजा गरिन्छ । नेवार समुदायमा चौँथो दिन...बाँकी
“मेसिनले स्वयम् प्रकृतिका शक्तिहरुमाथि मानिसको विजयको प्रतिनिधित्व गर्दछ” –कार्ल मार्क्स । १. आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्प्युटर प्रविधिको विकास, बाह्य अन्तरिक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्ष कर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक...बाँकी
रामायण नेपाली समाजमा अत्यन्त प्रचलित र नेपाली जनजीवनमा विशेष महत्त्व राख्ने ग्रन्थ हो । महर्षि वाल्मिकीले लेखेको यो ग्रन्थले भगवान रामका विविध पक्षहरुको गुणगान गाउँदै रावणलाई असत्यको प्रतीकका रुपमा चित्रित गर्दछ । तर रामायणका विभिन्न घटनाक्रमहरुले नै बताउँछ, राम र उनका सेनाले युद्धनीतिको खिल्ली उडाएर रावणलाई युद्धमा हराएका...बाँकी