तिमी महान् वैज्ञानिक रहिछौ पत्ता लगाउन सफल भइछौ, झण्डै डेढ सय वर्षपछि म बलात्कारी भएको । मलाई लागेको थियो तिमी अन्वेषण गर्नेछौ शोषणका नयाँ रूपहरू नयाँ तरिकाहरू र दिनेछौ त्यसको समाधानका नौला उत्तरहरू सिकाउनेछौ मुकालाबिला गर्न आधुनिक पुँजीवादसँग । तर, तिमीले त घोषाणा गर्न पुगेछौ मैलाई बलात्कारी, मलाई...बाँकी
मार्क्सका विभिन्न धारणाहरूमध्ये सबैभन्दा कम व्याख्या गरिएको धारणाको रुपमा मानवताको धारणालाई लिने गरिन्छ l मानव मनोविज्ञानको विश्लेषण र मानवीय प्रकृतिको व्याख्या गर्न पर्योग गरिने यो धारणालाई मार्क्सले अलगाव (Alienation) भनि व्याख्या गरेका छन्, जसको बारेमा छलफल चलाउने उद्देश्यसहित यो लेख प्रस्तुत गरिएको छ l मार्क्सको मानवतावादी सोचको सबभन्दा...बाँकी
मानव समाजको इतिहास निरन्तर विकल्पको खोजीको इतिहास हो । मनिस र मानव समाजले निरन्तर विकल्पको खोजी गरिरहेको हुन्छ । जुन विकल्पहरू मानव समाजका लागि उपयोगी हुन्छन्, ती अनाइन्छन् र जुन अनुपयोगी सिद्ध हुन्छन्, ती परिवर्तन हुन्छन्, गरिन्छन् । अवलम्बन गरिएका विकल्पहरूको पनि सान्दर्भिकता सकिएपछि या त ती परिमार्जित...बाँकी
तुल्सीलाल अमात्य नेपाली कम्युनिस्ट आन्दोलनका शिखर पुरुष मध्येका एक हुन् । उनकै शब्द सापटी लिँदा आज अत्यन्तै सान्दर्भिक हुने देखियो, "कम्युनिस्ट आन्दोलनलाई निस्तेज र समाप्त पार्नका लागि कम्युनिस्ट पार्टीभित्रै अब्बल कम्युनिस्टको चरित्र प्रदर्शन गर्दै दलाल, पुँजीवाद, नोकरशाह, गुण्डागर्दीलाई प्रश्रय दिँदै नेतृत्व तहसम्म पुग्न प्रयासरत रहन्छन् र नेतृत्वमा पुगेपछि...बाँकी
उनीहरूको गणना हुने छैन उनीहरूको त अब मृत्यु दर्ता हुनेछ, दश वर्षपछि हुनै लागेको जनगणनामा किनकि यहाँ त जनगणना स्थगित गरेर लास गणना गर्न अभिशप्त छ मेरो देश । सास भएका तर आस नभएका आँखा भएका, आँखामा चस्मा लगाएका तर देख्न नसक्ने, कान भएका, तर सुन्न नसक्ने मुख...बाँकी
आजभन्दा ३८ वर्ष अगाडि २०४० साल चैत १९-२३ मा भारतको गोरखपुरमा मेरो अध्यक्षतामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आठौँ राष्ट्रिय सम्मेलन भएको थियो । त्यो सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको थियो जसमा: अध्यक्ष - देव गुरुङ उपाध्यक्ष - हिमालचन्द्र गौतम र लेखनाथ पोखरेल महासचिव - रमन...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष क. पुष्पकमल दाहाल 'प्रचण्ड'ले श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका मुख्य आधार भएकोले श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुन नसक्ने बताउनु भएको छ । पूर्व प्रधानमन्त्री क. प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा...बाँकी
१) आयो कोरोना फेरि नि फर्केर, सचेत बनौँ बसौँ है तर्केर । अनिवार्य मास्क लाऊँ, जाँदा वरपर । आफू स्वस्थ हुनलाई आफै मानौँ डर ।। आफू स्वस्थ रहिकन अरुलाई पनि । सन्देशको जानकारी दिऊँ गनीगनी ।। २) रोकौँ कोरोना लाएर मास्कले, आफ्नो भन्दैन सासले । भिडभाडमा जान हुन्न...बाँकी
मजदुर वर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल मार्क्सले भनेका थिए कि मजदुर वर्गको मुक्ति स्वयं मजदुर वर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो जबसम्म मजदुर वर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा लिदैन तबसम्म उसको मुक्ति सम्भव छैन र हुन सक्तैन । त्यसो भए खास अर्थमा मजदुर...बाँकी