Flash News

महाकाली सन्धिको आम्दानी र एमसीसी

क. लेखनाथ न्यौपाने २०७७ असार ११ गते बिहीवार

महाकाली सन्धिको आम्दानी र एमसीसी

'गण्डक सम्झौता हुने छ तर कुन किसिम र आधारमा भन्ने विषयको सम्पूर्ण जानकारी सदन समुन्ने आउने छ । कुनै कुरा लुकाइने छैन' भन्ने पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला, जसले सदनलाई छलेर, नदीको माथिल्लो तटीय अधिकारबाट समेत नेपाललाई वञ्चित गराई, १५ मेघावाट बिजुली र १ लाख बिघा जमिनलाई पानी...बाँकी

कार्ल मार्क्स, मार्क्सवाद र नेकपाको सरकार

क. कार्लविक्रम थापा २०७७ असार ११ गते बिहीवार

कार्ल मार्क्स, मार्क्सवाद र नेकपाको सरकार

कोरोनाले नागरिक थल्लिएका छन्‌ । सरकारले लामो समयसम्म घरमै बस्न आदेश जारी गर्‍यो । सामान्य गरिबहरुका लागि भनेर खाद्यान्नको पोका बाहेक जनताका लागि कुनै राहत नीति वा प्याकेज जारी गरेन । बरू उल्टै समयमा कर तिर्न उर्दी जारी गर्‍यो । एक-दुई वटा राष्ट्रवादी काम बाहेक एकपछि अर्को अनुदारवादी...बाँकी

किसानलाई मल-बिउ देऊ, कृषिमा विदेशी लगानी रोक – अखिल नेपाल किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ असार १० गते बुधवार

किसानलाई मल-बिउ देऊ, कृषिमा विदेशी लगानी रोक – अखिल नेपाल किसान महासंघ

काठमाडौँ । अखिल नेपाल किसान महासंघ ले किसानहरूलाई आवश्यक मल, बिउ र राहत तत्काल उपलब्ध गराउन एवम् कृषिमा वैदेशिक लगानी रोक्न नेपाल सरकारसँग माग गरेको छ । देशको सबैभन्दा ठूलो किसान संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस र त्यसलाई...बाँकी

एउटा उँटको कथा, एमसीसी र अमेरिका

क. कालीबहादुर मल्ल २०७७ असार १० गते बुधवार

एउटा उँटको कथा, एमसीसी र अमेरिका

कुनै बेला एक ठाउँमा दुईवटा उँट थिए । उनीहरु एक-आपसमा भाइ भन्दथे । उनी दुई भए पनि बस्नलाई एउटा मात्र अट्ने टहरो थियो पानी पर्‍यो भने एउटा बाहिर भिज्नुपर्ने र अर्को टहराभित्र । कुनै हिउँदमा लगातार पानी पर्‍यो र चिसो बढ्यो । अनि बाहिर भएको उँटले भनेछ, "भाइ...बाँकी

कोरोना भाइरस, विज्ञान र विश्वव्यापीकरण

श्री पेम्पा तामाङ २०७७ असार ९ गते मंगलवार

कोरोना भाइरस, विज्ञान र विश्वव्यापीकरण

कोरोना भाइरस विषय केही लेख्न मलाई आवश्यकता लागेको थिएन किनकि यसमाथि प्रशस्तै लेखहरू र समाचार विभिन्न माध्यमबाट आइरहेकै छन् । अर्को कुरा सटिक र विश्वसनीय सूचना राख्न कठिन छ । यसको वैज्ञानिक अनुसन्धान अझ भइरहेकै छ । अड्कलबाजी, अन्तर्राष्ट्रिय राजनीति, षडयन्त्रको आशंका भइरहेकै छ। कोरोना भाइरसले वुहानमा ताण्डव...बाँकी

कृषि क्रान्तिको बाटो कसरी ?

क. सीताराम तामाङ २०७७ असार ९ गते मंगलवार

कृषि क्रान्तिको बाटो कसरी ?

१. विषय उठानः नेपालमा कृषि क्रान्ति बारेको बहस सन् १९५१ मा राणाशाहीको पतनपछि  सुरु भएको हो । त्यस बखतका नेतृत्वदायी राजनीतिक पार्टीहरुले, बामपन्थी हुन वा बुर्जुवा पक्षधर, छिमेकी देशका स्वतन्त्र आन्दोलनको प्रभावमा परेर नेपालको कृषिमा भएको सामन्तवादी उत्पीडनको विरुद्धको आन्दोलन चलाएको थिए । “जमिन जोत्नेको नारा” त्यसबेला प्रभावशाली...बाँकी

चीन-भारत सीमा विवाद : इतिहास र वर्तमानसम्म

क. छवि सुवेदी २०७७ असार ८ गते सोमवार

चीन-भारत सीमा विवाद : इतिहास र वर्तमानसम्म

सन् १९५४ अक्टोबर १९ को दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्सेतुङबिच भेटवार्ता भयो । नेहरु जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो गैह्र कम्युनिस्ट प्रधानमन्त्री थिए  । नेहरुले लेखेअनुसार उक्त भेटमा माओले भनेका थिए, "भारत र चीनले झगडा गर्न जरुरी छैन ।...बाँकी

एमसीसी अनुमोदनः विकासको चिन्ता कि बैना फिर्ताको ?

क. कुसुम केशव पराजुली २०७७ असार ७ गते आइतवार

एमसीसी अनुमोदनः विकासको चिन्ता कि बैना फिर्ताको ?

‘प्रचण्डको भाषण दमदार थियो नि आज संसदमा’ ! ठुलाडिही, स्याङ्गजा घर बताइरहने गमबहादुर थापा मगरको भनाइ थियो । अर्कोले थप्यो ‘दमदार त थियो, भाषणले मात्रै खान दिन्न क्यार्नी’ ? लिम्पियाधुरा समेटेर भर्खरै जारी भएको नेपालको नक्सा र निशान चिन्ह फेर्न प्रतिनिधि सभामा कार्यक्रम हुँदै थियो । त्यही कार्य...बाँकी

कृषि क्रान्ति गर्नेछौँ, शहीदका सपना साकार पार्नेछौँ – अखिल नेपाल किसान महासंघ

लेफ्ट रिभ्यु संवाददाता २०७७ असार ६ गते शनिवार

कृषि क्रान्ति गर्नेछौँ, शहीदका सपना साकार पार्नेछौँ – अखिल नेपाल किसान महासंघ

काठमाडौँ । अखिल नेपाल किसान महासंघले नेपाली किसानहरुको वर्गीय मुक्ति र कृषि क्रान्तिको दिशामा महान शहीदहरुले देखाएको बाटोमा अविछिन्न रुपले निष्ठापूर्वक संघर्षरत तथा प्रयत्नरत रहिरहने र उहाँहरुका सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनको रूपमा रहेको अखिल नेपाल किसान महासंघले...बाँकी

आणविक युगमा भारत-चीन ढुंगे युद्ध

श्री भरत पोखरेल २०७७ असार ६ गते शनिवार

आणविक युगमा भारत-चीन ढुंगे युद्ध

अल्बर्ट आइन्सटाइनले भनेका थिए म भन्न सक्तिन आउने आणविक युद्ध कस्ता हतियारले लडिनेछन् तर म के भन्न सक्छु भने आणविक युद्धपछिको युद्ध लाठी र ढुंगाले लडिने छ । जुन १६, २०२० मा विश्वका दुई आणविक हतियार लैस देशहरूका सेनाहरू एउटा बन्दुक पनि नपडकाई मुक्का, लाठी र ढुंगाले लडाइँ...बाँकी