नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

समृद्धिका लागि सहकार्य गराै‌ं – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

समृद्धिका लागि सहकार्य गराै‌ं – अध्यक्ष प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा  भएका सबै परिवर्तन दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने धारणा व्‍यक्‍त गर्नुभएकाे छ। बिहीबार चितवनको भरतपुरमा सञ्चालनमा आएको जेम्स वल्र्ड फनपार्कको उद्घाटन गर्दै अध्यक्ष  प्रचण्डले यस्ताे धारणा राख्नुभएकाे...बाँकी

‘विप्लव’ माथिकाे प्रतिबन्ध हटाइयोस् – अस्ट्रेलियन कम्युनिस्ट पार्टी (माले)

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २८ गते बिहीवार

‘विप्लव’ माथिकाे प्रतिबन्ध हटाइयोस् – अस्ट्रेलियन कम्युनिस्ट पार्टी (माले)

काठमाडौं, अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) ले नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिवन्ध हटाउन अनुराेध गरेको छ । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विप्लवमाथिको प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्र पठाएको हो । अस्ट्रेलिया कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष निक...बाँकी

नक्कली कागज बुझाएर अब मिडिया चल्दैन – मन्त्री बाँस्काेटा

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २७ गते बुधवार

नक्कली कागज बुझाएर अब मिडिया चल्दैन – मन्त्री बाँस्काेटा

काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया हाउसको बार्षिक आम्दानी र कर तिरेको हिसाब हेर्नुपर्ने अवस्था आउन नदिन मिडिया मालिकलाई सचेत गराउनुभएकाे छ। नेपाल पत्रकार महासंघले बुधबार काठमाडाै‌ंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकारलाई तलव दिए नदिएको मात्रै सरकारको चासो रहेको भन्दै उक्त चेतावनी...बाँकी

जग्गा हिनामिनामा मेराे कुनै संलग्नता छैन – महासचिव पाैडेल

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २७ गते बुधवार

जग्गा हिनामिनामा मेराे कुनै संलग्नता छैन – महासचिव पाैडेल

काठमाडाैं, सत्तारुढ दल नेकपाका महासचिव विष्णु पाैडेलले बालुवाटारको सरकारी जग्गामा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाउनुभएकाे छ । विभिन्न सञ्चार माध्यमले आफ्नो नाम जोडेर भ्रमपूर्ण समाचार छापेको भन्दै महासचिव पाैडेलले बुधवार एक प्रेस  विज्ञप्ति मार्फत आपत्ति जनाउनु भएकाे हाे । उहाँले २०६१ पुष २९ गते प्रचलित कानुनबमोजिम बिक्री...बाँकी

काँग्रेस र राप्रपा परित्याग गर्नेलाई अध्यक्ष प्रचण्डबाट स्वागत

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २७ गते बुधवार

काँग्रेस र राप्रपा परित्याग गर्नेलाई अध्यक्ष प्रचण्डबाट स्वागत

चितवन, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली काँग्रेस र राप्रपा परित्याग गरी पार्टीमा प्रवेश गर्ने नेता, कार्यकर्तालाई नेकपामा स्वागत गर्नुभएको छ । चितवनको माडी नगरपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अबिर र हँसिया हतौडा अंकित टोपीलगाई पार्टीमा स्वागत गर्नुभएको हो । यसरी प्रवेश गर्नेहरुमा माडी नगरपालिका वडा नं....बाँकी

सगरमाथाको उचाई नाप्न जाने टाेलीलाई प्रधानमन्त्रीद्धारा विदाइ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २७ गते बुधवार

सगरमाथाको उचाई नाप्न जाने टाेलीलाई प्रधानमन्त्रीद्धारा विदाइ

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाई नाप्न जान लागेको कर्मचारी टोलीलाई  विदाइ गर्नुभएकाे  छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट सगरमाथाकाे उचाइ नाप्न जान लागेकाे टाेलीलाइ बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमकाे आयाेजना गरी  बिदाइ गरिएकाे हाे । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की,...बाँकी

हार्दिक श्रद्धाञ्जली कमरेड रत्न कुमारबान्तवा

क. टंक कार्की २०७५ चैत २७ गते बुधवार

हार्दिक श्रद्धाञ्जली कमरेड रत्न कुमारबान्तवा

२०३२ सालको कुरो हो । म बिराटनगरबाट घर फर्किदैँ थिएँ । झापाबाट म पैदल हिँडेर इलाम पुगेँ । म सोझै रत्नकुमार बान्तवाको डेरामा पुगेँ । केही महिनाअघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुङबाट आउँदा त्यहाँ निस्किसकेका थियौं । त्यसो त हामी पहिला नै 'झापाली' भइसकेका...बाँकी

ढिलोचाँडो विप्लव पनि नेपाल कम्युनिष्ट पार्टीमा आउने प्रचण्डकाे दाबी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २६ गते मंगलवार

ढिलोचाँडो विप्लव पनि नेपाल कम्युनिष्ट पार्टीमा आउने प्रचण्डकाे दाबी

काठमाडौं,  सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि दुई दर्जन कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खादा र अबिर लगाउँदै मुलधारको राजनीतिमा प्रवेश गराउनुभएकाे हाे । प्रचण्ड निवास खुमलटारमा भएको...बाँकी

बाँकेमा विप्लवका ४ कार्यकर्ताद्वारा पार्टी परित्याग

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २६ गते मंगलवार

बाँकेमा विप्लवका ४ कार्यकर्ताद्वारा पार्टी परित्याग

बाँके, सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले साे पार्टी परित्याग गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै पुगेर पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्नेमा खजुरा गाउँपालिका–८, रनियापुरका ६६ वर्षीय चुन्ना खाँ, सल्यान घर भई...बाँकी

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा, वैशाख ५ गते नेपाल बन्द हुने

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २५ गते सोमवार

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा, वैशाख ५ गते नेपाल बन्द हुने

काठमाडौँ , विप्लव नेतृत्वकाे  नेपाल कम्युनिस्ट पार्टीले सरकारको प्रतिबन्धबिरुद्ध चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपा महासचिव विप्लवले सोमबार  एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेकाे हाे । सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण...बाँकी