जनसङ्घर्ष

कार्पेट मजदुरहरूको संघर्ष सफलतातर्फ

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत २१ गते बिहीवार

कार्पेट मजदुरहरूको संघर्ष सफलतातर्फ

काठमाडौँ, अन्टुफसँग आबद्ध अखिल नेपाल गलैंचा मजदुर संघ, जिफन्टसित आबद्ध कार्पेट मजदुर संघ र कार्पेट ब्यवसायीहरुबीच आज चैत्र २० गतेका दिन अन्टुफका उपमहासचिव शालिकराम काफ्लेको उपस्थितिमा भएको वार्ताले सकारात्मक परिणाम ल्याउँने भएको छ । आज भएको छलफलमा कार्पेट क्षेत्रमा कार्यरत श्रमिकहरुलाई अनिवार्यरुपमा नेपाल सरकारले तोकेको न्युनतम वेतन लागू...बाँकी

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

क. रामबहादुर थापा 'बादल' २०७५ चैत ८ गते शुक्रवार

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर...बाँकी

शैक्षिक माफियालाई कार्वाही नगरेको भन्दै त्रिविमा विद्यार्थीको तालाबन्दी

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ६ गते बुधवार

शैक्षिक माफियालाई कार्वाही नगरेको भन्दै त्रिविमा विद्यार्थीको तालाबन्दी

काठमाडाैं, गण्डकी मेडिकल कलेजलाई कारबाही गर्न दिइएको अल्टिमेटम कार्यान्वयन नगरेको भन्दै त्रिभुवन विश्वविद्यालयको डिन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छ्न। यसअघि गण्डकी मेडिकल कलेज माथि कारबाही अगाडि बढाउन विधार्थी संगठनहरुले ७२ घण्टे अल्टिमेटम दिएका थिए। अनेरास्ववियुका अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङद्वारा जारी विज्ञप्तिमा सञ्चालक खुमा अर्याललाई तुरुन्तै...बाँकी

आज साँस्कृतिक प्रतिरोध दिवस, अनेकोट हत्याकाण्डका शहिदको सम्झना गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत ५ गते मंगलवार

आज साँस्कृतिक प्रतिरोध दिवस, अनेकोट हत्याकाण्डका शहिदको सम्झना गरिँदै

काठमाडौं, काभ्रेको अनेकोटमा आज साँस्कृतिक प्रतिरोध दिवस मनाइँदैछ । तत्कालिन सत्ताले ७ जना कलाकारलाई हत्या गरेको दिनको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवश मनाइने गरेको छ । तत्कालिन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको तीन वर्षपछि २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा घेरा हालेर निःशस्त्र अवस्थामा रहेका ७ जना कलाकारको...बाँकी

हो ची मिन्ह: एक क्रान्तिनायकको जीवन गाथा

क. प्रमेश पोखरेल २०७५ चैत ४ गते सोमवार

हो ची मिन्ह: एक क्रान्तिनायकको जीवन गाथा

हो ची मिन्हः परिचय यति शाहसका साथ शत्रुको सामना गर्ने व्यक्ति इतिहासमा विरलै छन् । चार फिट उचाई र पचास किलोग्राम तौल भएका ती व्यक्तिको नामले विश्व साम्राज्यवादको मुटु थर्कियो । अनि विश्व साम्राज्यवादलाई वर्षौको युद्धमा हराएरै छाडे । तिनै महान् एसियाका मार्क्स, लेनिन र स्टालिनका अनुयायी हुन्...बाँकी

क. गौरीशंकर खड्काः नअस्ताउने एउटा अनुकरणीय जीवन

क. रमेश गुरागाईँ २०७५ चैत १ गते शुक्रवार

क. गौरीशंकर खड्काः नअस्ताउने एउटा अनुकरणीय जीवन

‘क्रान्तिका सबै पुराना बाटाहरु साम्राज्यवादी र प्रतिकृयावादीहरुले ‘ब्लक’ गरिसकेका छन् । नेपाली क्रान्तिलाई विजयसम्म पुर्‍याउन क्रान्तिको नयाँ ‘ट्रयाक’ खोल्न जरुरी छ ।’ २०६४ सालको साउन २३ गतेदेखि बालाजुमा शुरु भएको पार्टीको पाँचौ विस्तारित बैठक सम्पन्न भएको केही दिन मात्र भएको थियो । तत्कालीन मेची ब्यूरोको प्रतिनिधित्त्व गर्दै त्यस...बाँकी

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

लेफ्ट रिभ्यु संवाददाता २०७५ चैत १ गते शुक्रवार

साम्राज्यवादको मुटुमा किला ठोक्दै सम्पन्न भयो अन्तर्राष्ट्रिय किसान सम्मेलन

काठमाडौँ । राष्ट्रिय किसान आयोगको आयोजनामा देशको राजधानी काठमाडौँमा खाद्यसम्प्रभुता र किसान अधिकार सम्बन्धी प्रथम अन्तर्राष्ट्रिय किसान सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युबाट समुद्घाटन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्युद्वारा समापन गरिएको सो...बाँकी

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पूर्व डीएसपी सेट्ठी सहित ६ जना पक्राउ

लेफ्ट रिभ्यु संवाददाता २०७५ फागुन २३ गते बिहीवार

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा पूर्व डीएसपी सेट्ठी सहित ६ जना पक्राउ

काठमाडौ, कञ्चनपुरकी वालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या प्रकरणमा पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेट्ठी सहित ६ जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि उनीहरुलाई पक्राउ गरेको हो । प्रतिवादी सेट्ठी, प्रहरी नीरिक्षक एकेन्द्र खड्का र चाँदनी साउद...बाँकी

मैनबत्ति जसले आफैलाई जलाएर अरुलाई मार्ग प्रदीप्त गर्‍यो

क. टंक कार्की २०७५ फागुन २१ गते मंगलवार

मैनबत्ति जसले आफैलाई जलाएर अरुलाई मार्ग प्रदीप्त गर्‍यो

उनीहरु 'नेता' बन्ने ध्याउन्नले संगठित भएका थिएनन् न यो उनीहरुको उपार्जनको मेलोमेसो नै थियो । उनीहरु त सामाजिक मिशनमा थिए । उनीहरु ठान्थे उनीहरु बाँची रहेको समाज अन्यायपूर्ण छ जसलाई तानाशाही राज्यले भरथेग गरेको छ, त्यसको शिर्षमा निरंकुश राजतन्त्र छ । अन्यायपूर्ण यस कारणले थियो कि समाजको प्रचण्ड...बाँकी

सन्दर्भः सहिद सप्ताह तथा सुखानी स्मृति दिवस

क. रमेश गुरागाईँ २०७५ फागुन २१ गते मंगलवार

सन्दर्भः सहिद सप्ताह तथा सुखानी स्मृति दिवस

नेपाल कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनपछि विभाजनको स्थितिमा पुग्यो । पार्टी केन्द्रविहीन भयो । विभिन्न समुह र उपसमुह क्षेत्रीय रुपमा समेत स्थापित भए । यसै सिलसिलामा कोशी प्रान्तीय समिति निर्माण भयो र यस अन्तर्गत झापा जिल्ला समिति गठन गरियो, जसले नेपालमा २०२८ साल जेठ २ गते कम्युनिस्ट...बाँकी