Tag: #छवि सुवेदी

नेपाल-भारत विशेष सम्बन्धको छाँयामा नेपाली राष्ट्रवाद

क. छवि सुवेदी २०७७ माघ २ गते शुक्रवार

नेपाल-भारत विशेष सम्बन्धको छाँयामा नेपाली राष्ट्रवाद

भारतीय टेलिभिजन 'जी न्युज' का पत्रकार सुधीर चौधरी केही दिन अगाडि नेपाल आए । नेपालका प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिए । प्रधानमन्त्रीको जवाफमा वर्तमान र भविष्य कम इतिहास ज्यादा थियो । इतिहासको स्मरण, पौराणिक घटनाक्रमको उच्चारण विशेषतः जीवनको उत्तरार्धमा प्रिय लाग्छ । नेपालको भारतसँगझैँ चीनसँग विशेष सम्बन्ध हुनसक्छ कि सक्दैन...बाँकी

संसद विघटन र त्यसभित्र लुकेको रहस्य

क. छवि सुवेदी २०७७ पुस १० गते शुक्रवार

संसद विघटन र त्यसभित्र लुकेको रहस्य

गएका दुई महिनामा भारतका चार जना उच्च अधिकारी तथा नेताले नेपालको भ्रमण गरेका छन् । त्यो क्रम गत कार्तिक पाँच गतेबाट सुरु भएको थियो । सो दिनमा भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख नेपाल आएका थिए । कार्तिक उन्नाइस गते भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवाणे नेपाल आए । मंसिरको सुरुमा...बाँकी

भारतीय कृषि कानुनमा संशोधन र किसान आन्दोलन

क. छवि सुवेदी २०७७ मंसिर २६ गते शुक्रवार

भारतीय कृषि कानुनमा संशोधन र किसान आन्दोलन

मानिसले खाने अन्न, तरकारी, फलफूल लगायतका खाद्य वस्तुहरु कारखानामा बनाउन सकिँदैन । ती कुनै मन्दिर, मस्जिद, चर्च या गुम्बामा प्रार्थना गरेर प्राप्त गर्न सकिँदैन । किसानले माटोमा पसिना बगाएर खाद्य वस्तुहरु उत्पादन गर्छ । किसानले उत्पादन गरेका वस्तुहरु बजारमार्फत मानिसको भान्सासम्म आइपुग्छन । मानिसका निमित्त अत्यावश्यक वस्तु उत्पादन...बाँकी

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

क. छवि सुवेदी २०७७ मंसिर २२ गते सोमवार

सोभियत संघको कम्युनिस्ट पार्टीको विघटनः एक शिक्षा

गृष्मयामको क्रिमिया यसै पनि मनमोहक थियो । मिखाइल गोर्वाचेभ क्रिमियामा विदा मनाइरहेका थिए । सन् १९९१ अगस्ट १९ को बिहान सबेरै चार बजे उनको निवास अगाडि सेनाको टुकडी पुग्यो । तत्कालीन सोभियत संघका राष्ट्रपति, कम्युनिस्ट पार्टीका प्रमुख गोर्वाचेभ निद्राबाट नबिउँझिँदै नजरबन्दमा परिसकेका थिए । उपराष्ट्रपति गेन्नाडी यानायेवको नेतृत्वमा...बाँकी

छिमेकको माइक्रो व्यवस्थापनमा रअ : कुटनैतिक अतिक्रमण

क. छवि सुवेदी २०७७ कात्तिक ९ गते आइतवार

छिमेकको माइक्रो व्यवस्थापनमा रअ : कुटनैतिक अतिक्रमण

वि. स. २०७७ साल कार्तिक ५ गते दिउँसो एक बजे काठमाडौको विमानस्थलमा भारतको एक विशेष विमान "आइएफसी-४६२०" अवतरण भयो । सो विमानमा सवार यात्रीहरुको विषयमा काठमाडौँ बेखबर थियो । विमानबाट ओर्लिएर यात्रीहरु सिधै पाँच तारे होटल ह्यायततर्फ लागे । त्यहाँबाट उनीहरु विशालनगर गए । रात नपर्दै उनीहरुले काठमाडौँमा...बाँकी

नेपाल कम्युनिस्ट पार्टीका चुनौतीहरु र समाधान

क. छवि सुवेदी २०७७ साउन ४ गते आइतवार

नेपाल कम्युनिस्ट पार्टीका चुनौतीहरु र समाधान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जन्मिएको दुई वर्ष पूरा भइसकेको छ । नवजात शिशुलाई पाँच वर्षको उमेर पार नगर्दासम्म विभिन्न संक्रमणहरुको जोखिम उच्च हुन्छ। त्यस्तै यो पार्टीले विभिन्न खाले संक्रमणहरु व्योहोर्नु परिरहेको छ। पार्टीको केन्द्रीय समितिमा दुई जना अध्यक्षको प्रावधान छ । अध्यक्ष पछि नौ जनाको सचिवालय छ ।...बाँकी

चीन-भारत सीमा विवाद : इतिहास र वर्तमानसम्म

क. छवि सुवेदी २०७७ असार ८ गते सोमवार

चीन-भारत सीमा विवाद : इतिहास र वर्तमानसम्म

सन् १९५४ अक्टोबर १९ को दिन भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरु र जनवादी गणतन्त्र चीनका अध्यक्ष माओ त्सेतुङबिच भेटवार्ता भयो । नेहरु जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने पहिलो गैह्र कम्युनिस्ट प्रधानमन्त्री थिए  । नेहरुले लेखेअनुसार उक्त भेटमा माओले भनेका थिए, "भारत र चीनले झगडा गर्न जरुरी छैन ।...बाँकी

निष्ठुरी कोरोनालाई एउटा पत्र, केही गुनासा

क. छवि सुवेदी २०७७ जेठ २७ गते मंगलवार

निष्ठुरी कोरोनालाई एउटा पत्र, केही गुनासा

निष्ठुरी कोरोना, रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै वामे सर्दैछ । निद्रा लागेको छैन । पारिपट्टिको क्वारेन्टिन (क्वारेन्टाइन) को गेटमा पुलिस बसिरहेको छ । उसले मोबाइलमा गीत बजाइरहेको छ । क्वारेन्टिन चुपचाप छ । सायद निदाइसक्यो । कोरोना, तिमी चीन हुँदै नेपाल...बाँकी

परदेशीको क्वारेन्टाइन डायरी

क. छवि सुवेदी २०७७ जेठ १५ गते बिहीवार

परदेशीको क्वारेन्टाइन डायरी

क्वारेन्टाइनमा छु । जिन्दगीमा मैले कोरोना र क्वारेन्टाइन भन्ने नामहरु कहिल्यै सुनेको थिइन । हाम्रो गाउँमा न त कोरोना आउँथ्यो, न त क्वारेन्टाइन नै चाहिन्थ्यो । सानो छँदा दादुरा, ठेउला आएको याद छ । ठूलो हुँदा पनि ज्वरो, रुघाखोकी आदि भोगेको थिएँ । उमेरले जवानीमा टेकेपछि घर छाड्नुपर्ने...बाँकी

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

क. छवि सुवेदी २०७७ जेठ ११ गते आइतवार

ऐतिहासिक तथ्यहरूको आलोकमा नेपाल-भारत सम्बन्ध

अङ्ग्रेज आफ्नो उपनिवेश विस्तार गर्ने क्रममा भारत पसेको थियो । समुद्रको किनार हुँदै पहाडी शृङ्खलासम्म पुग्न उसलाई झन्डै दुई सय वर्ष लाग्यो । नेपाल एकीकरणको अभियानलाई व्यापारीको रुपमा भारत छिरेको अङ्ग्रेजले नजिकबाट नियालिरहेको थियो । नेपालको एकीकरण उत्तर-दक्षिणभन्दा पूर्व-पश्चिम फैलिएको थियो । यसो हुनुमा उत्तरको तिब्बत तथा चीन...बाँकी