Tag: #कविता

जीवनको लक्ष्य

क. कार्ल मार्क्स २०७६ चैत २७ गते बिहीवार

जीवनको लक्ष्य

कठिनाइँहरूले शून्य जीवन मेरो लागि होइन अहँ, मेरो तुफानी मनलाई यो स्वीकार छैन मलाई त चाहिन्छ एक महान उच्च लक्ष्य र, त्यसका लागि जीवनभर संघर्षको अटुट क्रम । ओ कला ! तैले खोल्‌ मानवताको धरोहर, आफ्ना अमूल्य कोषहरूको ढोका मेरा लागि खोल । आफ्नो प्रज्ञा अनि संवेगहरूको अंगालोमा...बाँकी

विकासे कारखाना

क. सीताराम थापा २०७६ माघ ९ गते बिहीवार

विकासे कारखाना

प्रिय मन, विकासे कारखाना आएकोमा स:प्रणाम । ''ग्रीन नगरी" बनाउने नाममा चौपारी मासेर, बृक्षारोपण हुँदैछ वर-पीपलको रुख मासेर, सल्लाको बिरुवा सारिँदैछ, बस्ने शीतलु बतास छहारी मासेर, प्रतीक्षालय बनाइँदैछ, ढुङ्गा माटोको चौतारो भत्काएर, विकासे सिमेन्ट दलिँदै छ, प्रिय मन, नयाँ विकासको मूल खुलेकोमा सलाम । प्रिय ग्रामीण जन, घरगाउँमै...बाँकी

दुःखले आर्जेको मुलुक – केशव सिलवाल

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ५ गते आइतवार

दुःखले आर्जेको मुलुक – केशव सिलवाल

कम्ति दुःखले आर्ज्याको मुलुक होइन यो । छपछपी काटियो आफ्नै मितलाई सासु ससुरा भनिएन भनिएन दाजुभाइ भनिएन सम्धी सम्धिनी बालुवामा लुकाएर हतियार प्रहार गरियो निर्दोषमाथि जात्रा मनाउन उपस्थित जात्रेहरुमा मच्चाइयो कोकोहोलो भनिएन केटाकेटी डालोका डालो नाक कान काटेर आर्जेको मुलुक हो यो । मुलुक निर्माणका खातिर आफ्नै देवरलाई...बाँकी

पेटीमा सुत्ने त्यो बालक – क. केशव नेपाल ‘विजयकुमार’

लेफ्ट रिभ्यु संवाददाता २०७६ पुस १३ गते आइतवार

पेटीमा सुत्ने त्यो बालक – क. केशव नेपाल ‘विजयकुमार’

माघ महिनाको कठ्यांग्रिने जाडोमा पेटीमा सुत्ने त्यो बालक ऊसँग न ओड्नेछ न ओछ्याउने छ न खुट्टामा चप्पल छ न हातमा पञ्जा छ न शीरमा टोपी छ न गलामा गलबन्दी छ जति रात छिप्पिँदै जान्छ उति शरीर कठ्यॉंग्रिदै जान्छ ऊ गुटुमुटु हुन्छ । अनि एउटै डल्लो पर्छ सँगैका कुकुरहरु...बाँकी

आगोसँग खेल्नेहरू

क. केशव नेपाल २०७६ भदौ ११ गते बुधवार

आगोसँग खेल्नेहरू

चुनौतीमाथि चुनौती छ, धेरै त जोखिम छ, प्रतिकूलता नै प्रतिकूलता छ । तर आँट र साहस छ भने मृत्युसँग जुध्ने आँट छ भने ज्वालामुखीसँग खेल्ने हिम्मत छ भने दन्किरहेको आगोसँग खेल्नुपर्छ, हुन्‌हुनाउँदै आइरहेको बाढीसँग जुध्नुपर्छ, चलिरहेको सुनामीसँग लड्नुपर्छ, अग्लो पहाड नाग्ने आँट गर्नुपर्छ, अनि पो त नयाँ नयाँ...बाँकी

मेरा बा’को भेस्ट

क. सुशान्त पौडेल २०७६ भदौ २ गते सोमवार

मेरा बा’को भेस्ट

आएर वेगसरी अन्धकारमा छिर्के मिर्के कपडा लगाएका, हातमा लामा लामा बन्दुक बोकेका, टोपधारीहरुले लगेथे मेरा बा'लाई निलो जीपमा, छोडेर धमिला यादहरु अनि मेरा बा'को भेस्ट । मन्द मन्द बा'को पसिनाको गन्ध आउने त्यो भेस्ट धोइएन कहिल्यै, आमालाई लाग्दो हो पानीले भेस्ट होइन पखालिने छ उनकै सिउँदो । कोठाको...बाँकी

वामपन्थी सबै भए, कामपन्थी कोही भएन

क. सीताराम थापा २०७६ साउन २५ गते शनिवार

वामपन्थी सबै भए, कामपन्थी कोही भएन

देश बनाउने सबै भए, गाँउ बनाउने किही भएन सिंहदरबार दिने धेरै भए, पालिकामा कोही भएन सुनाउने धेरै भए, जनताको सुनिदिने कोही भएन सम्बोधन गर्ने धेरै भए, दुःखी फेर्ने कोही भएन संविधान फेर्ने धेरै भए, नीति फेर्ने कोही भएन नियम फेर्ने धेरै भए, जीवन फेर्ने कोही भएन अन्धविश्वास फेर्ने...बाँकी

कमरेड कृष्ण सेनको सम्झनामा

क. ओमप्रकाश केसी 'प्रयत्न' २०७६ जेठ १३ गते सोमवार

कमरेड कृष्ण सेनको सम्झनामा

नफर्के पनि कमरेड कृष्ण सेन, महिना र गते फर्किरहेछन् । नमेटिए पनि उत्पीडन, नारा अझै घन्किरहेकै छन् । अधुरै भए पनि वाचाहरू, सपनाहरू अझै बिउँझै छन् । विभक्त छन वाचकहरू, दोषारोपण उस्तै र जिउँदै छन् । मरिहत्ते देखिन्छ पदका लागि, तर पङ्गाजाले पछौरी ओढिएकै छन् । तै पनि...बाँकी

कृष्ण सेन ‘इच्छुक’ र हत्या

क. केशव नेपाल 'विजयकुमार' २०७६ जेठ १३ गते सोमवार

कृष्ण सेन ‘इच्छुक’ र हत्या

कृष्ण सेन ‘इच्छुक’को हत्याको खबर यो धर्तीभरी सनसनी फैलिँदैथ्यो मैले पनि सुनेँ त्यो हत्याको खबर । त्यतिखेर मेरो मानसपलटमा ‘इच्छुक’को चेप्टो अनुहार देखेँ निधारमाथि पातलो कपाल देखेँ तेजिला आँखा मतिर हेरेको देखेँ ठूला कानहरु सलक्क देखेँ ओठमा मिठो मुस्कान छोडेको देखेँ हात मिलाउन ल्याएको देखेँ कस्तो छ भन्दै...बाँकी

मेरी प्यारी आमा

क. केशव नेपाल 'विजयकुमार' २०७६ वैशाख २१ गते शनिवार

मेरी प्यारी आमा

विशाल हृदयकी खानी विशाल भावनाकी धनी सुन्दर सपना सजाएकी सुन्दर चाहना राखेकी प्रेरणाकी खानी माया र ममताकी खानी साहसै साहसमा बाँचेकी अनगिन्ती रहर साँचेकी सत्य र न्यायका निम्ति बाँचेकी मेरी प्यारी आमा । श्रमप्रतिको अगाध आस्था र विश्वास श्रमप्रतिको श्रद्धा र विश्वास श्रमिकप्रतिको माया र ममता भएकी मेरी...बाँकी