पोखरा, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का नगर्न सबैलाई आग्रह गर्नुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीले सोमवार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वोल्दै उहाँले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताउनुभयो । पार्टी बैठक र सरकारसँगको छलफल समेतका...बाँकी
काठमाडौं, सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले जनकपुरमा स्वतन्त्र मधेशको नारा लाग्नु गम्भीर भएको बताउनुभएको छ। नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले आइतबार जनकपुरमा गरिएका गतिविधिको आलोचना गर्नुभएको हो । आइतबार आफ्नो ट्वीटरमा उहाँले लेख्नुभएको छ -‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताको बिरुद्ध खुल्लमखुल्ला बिखण्डनकारी नारा...बाँकी
रौतहट, पूर्वप्रधानमन्त्री एवं (नेकपा )का अध्यक्ष प्रचण्डले प्रदेश नं. २ को सरकार तत्काल परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । नेकपाद्वारा शनिवार रौतहटको गरूडामा आयोजित प्रदेश नं. २ स्तरीय आमसभामा वोल्दै अध्यक्ष प्रचण्डले प्रदेश नं. २ मा सरकार परिवर्तनका लागि पार्टीमा हतार नभएको बताउनुभएको हो ।...बाँकी
काठमाडौं, राष्ट्रिय किसान आयोगको आयोजनामा फाल्गुण २६ देखि २८ गतेसम्म खाद्य सम्प्रभुता र किसान अधिकार सम्वन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा किसान अधिकार, खाद्य सम्प्रभुता सम्वन्धी विभिन्न विधामा १५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले बताएको छ । सम्मेलनमा नेपाल लगायत...बाँकी
नेकपा अध्यक्ष प्रचण्डले महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक समस्या मुख्य कारण भएको बताउनुभएको छ । १०९औं श्रमिक महिला दिवशको अबसरमा शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध नबन्ने बताउनुभएको छ । समग्र महिला मुक्तिका लागि शिक्षा...बाँकी
काठमाडौं, नेकपाका अध्यक्ष प्रचण्डले पार्टी, देश र परिवारले शोकलाई शक्तिमा बदल्नुको विकल्प नरहेको बताउनुभएकाे छ । फागुन १८ गते राती ह्याम्स अस्पतालमा निधन हुनुभएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी र फागुन १५ मा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित अन्य छ जनाको स्मृतिमा...बाँकी
काठमाडौँ, नेकपाका अध्यक्ष प्रचण्डले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। बिहिवार बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल,...बाँकी
कपिलवस्तु, कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको छ । बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको हो । प्रहरीको गोली लागेर शिवराज नगरपालिका - ९ बस्ने नेकपाका कार्यकर्ता दुर्गबहादुर रोका घाइते भएका छन् । उनको घरमा हतियार...बाँकी
काठमाडौं, नेकपा अध्यक्ष प्रचण्ड सुखानी दिवसको कार्यक्रमलाई संवोधन गर्न मंगलबार झापा पुग्नुभएको छ । तत्कालीन शासकविरुद्ध विद्रोह गरेवापत झापाका ५ युवालाई पञ्चायती शासकले गोली हानेर हत्या गरेको दिनको स्मृतिमा हरेक बर्ष फागुन २१ गते सुखानी दिवस मनाउने गरिएको छ । झापाको दानावारीमा रहेको सुखानी उद्यानमा आयोजित कार्यक्रमलाई संवोधन...बाँकी
काठमाडौं, नेकपाका नेता एवम् पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई उहाँका तीन छोरीहरुले दागबत्ती दिनुभएको छ । आइतवार पशुपतिआर्यघाटमा राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा नेता अधिकारीका छोरीहरु लुना, लीजा र लीनाले दागबत्ती दिनुभएको हो । आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय...बाँकी