Author: Left Review Online

संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो

क. मोहनविक्रम सिंह २०७७ माघ २१ गते बुधवार

संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो

अध्यक्ष, अतिथिगण र सहभागी महानुभावहरु, सर्वप्रथम, “संसद विघटन र प्रतिगमनको खतरा” विषयमा राष्ट्रिय जनमोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उपस्थित हुनुभएका सबै अतिथि र सहभागीलाई ने.क.पा.(मसाल)का तर्फबाट अभिनन्दन गर्न चाहन्छौँ । १. ओली सरकारद्वारा संसदको विघटन असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी र प्रतिगामी कदम हो । ओलीको त्यो कदमबाट खालि असंवैधानिक तरिकाले...बाँकी

नेकपा एकता राष्ट्रिय अभियानको अवधारणा पत्रले बिर्सेको पाटो

क. वाशिष्ठ २०७७ माघ २० गते मंगलवार

नेकपा एकता राष्ट्रिय अभियानको अवधारणा पत्रले बिर्सेको पाटो

नेपालको सन्दर्भमा दुई ठुला तत्कालीन कम्युनिस्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को २०७५ जेठ ३ गते पार्टी एकीकरण भएको घोषणा यो पंक्तिकारको कानसम्म आइपुग्यो । त्यो दिन जिल्लाका नेताको अनुहार खुसीले बिहानीको लालीझैँ तेजोमय भएको थियो । यो पंक्तिकार त्यसदिन सुर्खेतमा थियो, काठमाडौँमा एकता भएको अवसरको...बाँकी

महाशय, कम्युनिस्टका पनि छोराछोरी हुन्छन्

क. छवि सुवेदी २०७७ माघ २० गते मंगलवार

महाशय, कम्युनिस्टका पनि छोराछोरी हुन्छन्

सन् १९४२ को अगस्ट १५ को साँझ सात बजेपछि अङ्ग्रेज प्रधानमन्त्री विन्स्टन चर्चिल क्रेमलिन प्रवेश गरे । मौसम युद्धको थियो । सोभियत भूमिमा फासिवादी अतिक्रमणकारीहरुका विरुद्ध घमासान युद्ध भइरहेकोले मस्को यसै पनि तनावमा थियो । क्रेमलिनमा सोभियत संघका प्रमुख कमरेड स्टालिनसँगको बैठकपछि चर्चिल फर्किन खोज्दै थिए । स्टालिनले...बाँकी

ओली प्रवृत्तिको अन्तर्य: दक्षिणपन्थी विर्सजनवाद

क. परशुराम तामाङ २०७७ माघ १९ गते सोमवार

ओली प्रवृत्तिको अन्तर्य: दक्षिणपन्थी विर्सजनवाद

“जब पुरानो मरिरहेको हुन्छ र नयाँ जन्मिसकेको हुँदैन, यो नेतृत्वविहीन अवधिमा कैयौँ प्रकारको अस्वस्थ (विकृत) संकेतहरु जन्मन्छन्, तब संकट यथार्थमा प्रकट हुन्छ ।” – एन्टोनियो ग्राम्सी उठान: उन्मादको संकट नेपालको राजनीतिमा २०७७ पुस ५ गते पुनः एक-अर्को भयङ्कर दुर्घटना घटाइयो । २०७४ मङ्सिरमा पाँच वर्षका लागि जनादेश प्राप्त...बाँकी

मार्क्सवादी राजनीतिक अर्थशास्त्र – एक समीक्षा

क. सीताराम तामाङ २०७७ माघ १९ गते सोमवार

मार्क्सवादी राजनीतिक अर्थशास्त्र – एक समीक्षा

लेनिनले भनेका छन्, “मार्क्सवाद भनेको जर्मन दर्शनशास्त्र, बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवादको १९औं शताब्दीमा मानवताले आर्जन गरेको उत्कृष्ट ज्ञानको नै वैधानिक उत्तराधिकारी हो ।” तसर्थ मार्क्सवादी शिक्षामा यी तीन स्रोत र तीन संघटक अंगहरूको विषयमा अध्ययन गरिनु अनिवार्य छ । यीमध्ये कुनै एकलाई छोडेर मार्क्सको विचारधारा पूर्ण हुन...बाँकी

काजी बा

लेफ्ट रिभ्यु संवाददाता २०७७ माघ १४ गते बुधवार

काजी बा

नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पाँचौँ महाधिवेशन अयोध्याको रुसी धर्मशालामा वि.सं. २०४१ मङ्सिर महिनामा चलिरहेको थियो । एक हप्तापछि विवादको अन्तरविरोध यति चर्कियो कि बैठक विराम (pause) को अवस्थामा पुग्यो । मोहनविक्रम सिंह (क. अनन्त), मोहन वैद्य (क. किरण), भक्तबहादुर श्रेष्ठ (क. शेरसिंह), पुष्पकमल दाहाल (क. विश्वास), चित्रबहादुर...बाँकी

गाउँहरु सुतेका छैनन् प्रधानमन्त्रीज्यू

क. छवि सुवेदी २०७७ माघ ११ गते आइतवार

गाउँहरु सुतेका छैनन् प्रधानमन्त्रीज्यू

कोप्रेखोलाबाट उकालो लागेपछि ढाडगाउँ आउँछ । हामी त्यहाँ पुग्दा रात परिसकेको थियो । यामबहादुर कमरेडकी छोरीले रोटी र तरकारी पकाएकी थिइन्‌ । बिहान उठेर भाडे जाने तयारी गर्‍यौँ । हावामा चिसो करेन्ट बगिरहेको थियो । गाउँ सुनसान छ । मात्र लोहोरे खोला सुसाएको सुनिन्छ । उत्तिसघारीको बिचमा अजङ्गका...बाँकी

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा २०७७ माघ ५ गते सोमवार

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र

[साम्राजयवादीहरूसँगको मिलोमतोमा रूसी प्रतिक्रियावादीहरूले सर्वहारा वर्गका महान् गुरू, रुसी क्रान्तिका महानायक तथा लेनिनवादका प्रणेता क. लेनिनको हत्या गर्ने कोशिस गरेका थिए । त्यसबारे उहाँको सचिवको रूपमा लामाे समयसम्म काम गर्नुभएका रूसी कम्युनिस्ट नेतृ क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाद्वारा लिखित 'पेजेज फ्रम द लेनिन्स लाइफ' नामक पुस्तकबाट अनुवाद गरी यहाँ...बाँकी

देशको समृद्धिको दिशामा हाम्रो प्रयत्नः थाहा पुस्तकालय र ओक्राल्याण्ड

क. शिव अधिकारी 'दाह्री' २०७७ माघ ३ गते शनिवार

देशको समृद्धिको दिशामा हाम्रो प्रयत्नः थाहा पुस्तकालय र ओक्राल्याण्ड

अहिले हामीले कृषि व्यावसायीकरण अभियान सुरु गरिरहका छौँ । इजरायली प्रविधिको खेतीले देशको विभिन्न भाग ढाकिरहेको छ । हामीले ओक्राल्याण्ड बिजिनेस कम्पनी स्थापना गरी देशभर प्रांगारिक (अर्गानिक) खेती गर्ने अभियान सुरु गरिसकेका छौँ । गैरआवासीय नेपालीहरुको सकारात्मक प्रयासबाट श्री युवराज गुरुङको अध्यक्षतामा मुना कृषि कम्पनी समेत सुरु भइसकेको...बाँकी

नेपाल-भारत विशेष सम्बन्धको छाँयामा नेपाली राष्ट्रवाद

क. छवि सुवेदी २०७७ माघ २ गते शुक्रवार

नेपाल-भारत विशेष सम्बन्धको छाँयामा नेपाली राष्ट्रवाद

भारतीय टेलिभिजन 'जी न्युज' का पत्रकार सुधीर चौधरी केही दिन अगाडि नेपाल आए । नेपालका प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिए । प्रधानमन्त्रीको जवाफमा वर्तमान र भविष्य कम इतिहास ज्यादा थियो । इतिहासको स्मरण, पौराणिक घटनाक्रमको उच्चारण विशेषतः जीवनको उत्तरार्धमा प्रिय लाग्छ । नेपालको भारतसँगझैँ चीनसँग विशेष सम्बन्ध हुनसक्छ कि सक्दैन...बाँकी