विचार २

नेकपाका ७० वर्ष र कम्युनिस्टहरूकाे आगामी मुख्य कार्यभार

क. कृष्ण केसी २०७६ वैशाख १२ गते बिहीवार

नेकपाका ७० वर्ष र कम्युनिस्टहरूकाे आगामी मुख्य कार्यभार

नेपाल कम्युनिस्ट पार्टी स्थापना (२००६ साल वैशाख ९) भएकाे पनि ७० वर्ष भइसकेको छ । नेकपाकाे स्थापनाकालदेखि हाल (२०७६ साल) सम्मकाे नेपालकाे कम्युनिस्ट इतिहास नियाँल्ने हाे भने निकै गाैरवपूर्ण छ । वि.स. १९९७ सालकाे बलिदानीपूर्ण संघर्ष, २००७ सालकाे सशस्त्र विद्राेहदेखि अहिलेसम्मका विभिन्न न्यायपूर्ण संघर्ष, संयुक्त जनआन्दाेलन तथा सशस्त्र...बाँकी

नेपालीस्याट-१, अन्तरिक्ष युगमा पुगेको नेपाल र जनदुश्मनहरू

नहेन्द्र खड्का २०७६ वैशाख ८ गते आइतवार

नेपालीस्याट-१, अन्तरिक्ष युगमा पुगेको नेपाल र जनदुश्मनहरू

नेपाली सर्वहारा श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा हाम्रो प्यारो देश नेपाल औपचारिक रूपमा अन्तरिक्ष युगमा प्रवेश गरेको छ । २०७६ बैशाख ५ गते (२०१९ अप्रिल १८) मा पहिलो पटक नेपालले आफ्नै 'न्यानो स्याटेलाइट' अर्थात् सुक्ष्म-भूउपग्रह प्रक्षेपण गरेपछि नेपाल औपचारिक रूपमा 'अन्तरिक्ष युग'मा प्रवेश गरेको...बाँकी

कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’लाई खुला पत्र

क. कृष्ण केसी २०७६ वैशाख २ गते सोमवार

कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’लाई खुला पत्र

कमरेड नेत्रविक्रम चन्दजी, अभिवादन, कमरेडलाई खुला पत्र किन लेख्दै छु ? सुरूमै स्पष्टीकरण दिन्छुः म कमरेडसित रिसाएर वा खुशी भएर, कमरेडका गाेप्य सर्कुलर, दस्तावेज पढेर, भाषण, प्रशिक्षण सुनेर, निर्देशन मानेर, विचारमा असहमत भएर, विभिन्न घटनाकाे साेधखाेज गरेर, विश्लेषण गरेर, दर्शन र दृष्टिकाेणमा विज्ञ बनेर याे पत्र लेख्दै छैन...बाँकी

मार्क्सवादको प्रतिपादन, विकास र रक्षामा मार्क्सको योगदान

क. हस्तबहादुर केसी २०७५ चैत २८ गते बिहीवार

मार्क्सवादको प्रतिपादन, विकास र रक्षामा मार्क्सको योगदान

कार्ल मार्क्स मार्क्सवादका प्रवर्तक हुनुहुन्छ । कार्ल मार्क्स वैज्ञानिक साम्यवादका सिद्धान्तकार हुनुहुन्छ । उहाँले आफ्ना अनन्य मित्र तथा सहयोगी फ्रेडरिक एङ्गेल्सको सहयोगमा मार्क्सवादको प्रतिपादन गर्नु भयो । मार्क्स–एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र सन् १८४८ फेब्रुअरी २१ तारिखका दिन घोषणा गरेपश्चात मार्क्सवादको प्रतिपादन हुन पुग्यो । मार्क्सवाद एक वैज्ञानिक सिद्धान्त...बाँकी

हार्दिक श्रद्धाञ्जली कमरेड रत्न कुमारबान्तवा

क. टंक कार्की २०७५ चैत २७ गते बुधवार

हार्दिक श्रद्धाञ्जली कमरेड रत्न कुमारबान्तवा

२०३२ सालको कुरो हो । म बिराटनगरबाट घर फर्किदैँ थिएँ । झापाबाट म पैदल हिँडेर इलाम पुगेँ । म सोझै रत्नकुमार बान्तवाको डेरामा पुगेँ । केही महिनाअघि मात्रै म, भरत श्रेष्ठ, देवराज घिमिरे, पूर्ण भट्टराई ताप्लेजुङबाट आउँदा त्यहाँ निस्किसकेका थियौं । त्यसो त हामी पहिला नै 'झापाली' भइसकेका...बाँकी

कति सहज छ, दलाल पुँजीवादबाट समाजवादको यात्रा ?

क. प्रेमलकुमार खनाल २०७५ चैत १४ गते बिहीवार

कति सहज छ, दलाल पुँजीवादबाट समाजवादको यात्रा ?

संविधानले अबको अर्थ राजनीतिको दिशा समाजवादको यात्रा हुनेछ भनेर प्रस्तावनामा नै उल्लेख गरेको छ । अब नेपालमा समाजवादमा जाने बाटो के हो ? नेपाली अर्थ राजनीतिमा दलाल पुँजीवाद हावी हुँदै गएको स्थितिमा कसरी समाजवादको यात्रा तय होला ? आज सर्वत्र चासो र जिज्ञासा हुन थालेको छ । समाजवादी...बाँकी

नेपाली मुस्लिमहरूका गौरव – सलिम मियाँदेखि समिम मियाँसम्म

क. मोहम्मद जाकिर हुसैन २०७५ चैत ११ गते सोमवार

नेपाली मुस्लिमहरूका गौरव – सलिम मियाँदेखि समिम मियाँसम्म

नेपाल मुस्लिम इत्तेहाद संगठन र मुस्लिम आन्दोलनः हुन त नेपाल मुस्लिम इत्तेहाद संगठनको स्थापनामा महबुब शाह, डा. मोहम्मद मोहसिन, नजिर मियाँ र मञ्जरुल हक आदिको भूमिका प्रमुख रहेको छ । तर सलिम मियाँ अन्सारीको काँधमा इत्तेहादको नेतृत्त्वको जिम्मेवारी आएपछि नेपालमा मुस्लिम समुदायको राजनीतिक गतिविधिले देखिने गरी राष्ट्रिय राजनीतिमा...बाँकी

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

क. रामबहादुर थापा 'बादल' २०७५ चैत ८ गते शुक्रवार

मेरो मानसपटलमा प्रिय प्रकाश दाहाल

मङ्सिर ३ गते (२०७४ सालको) एकाबिहानै मेरो मोबाइलको घन्टी लगातार घन्किरहेको थियो । मानौं त्यसले कुनै अशुभ सङ्केत दिइरहेको थियो । मैले मोबाइलको स्क्रिन नियालें, त्यहाँ एकदमै परिचित नम्बर रहेछ । रिसिभर अन गरें, झापाबाट अप्रत्याशित अत्यन्तै हृदयविदारक एउटा आवाज आयो, “बादलजी प्रकाश गयो, तपाई तुरुन्तै नैनालाई लिएर...बाँकी

नेताहरू हो! शासक होइन, राष्ट्र र जनताकाे सेवक बन

क. कृष्ण केसी २०७५ चैत ८ गते शुक्रवार

नेताहरू हो! शासक होइन, राष्ट्र र जनताकाे सेवक बन

मानव समाजमा जति पनि पेशाहरू छन्, राजनीति ती सबैभन्दा अधिक कठिन, ज्यादै जाेखिमपूर्ण र संवेदनशील सेवामूलक पेशा हाे । सानाे हृदयले राजनीति चल्दैन र चल्याे भने पनि त्यस्ताे राजनीति धेरै दिन टिक्दैन । राजनीतिकाे भाैतिक स्वरूप राज्य सञ्चालन गर्ने नीति हाे । राजनीतिलाई जनताकाे हृदय बनाउन मुटुकाे ढुकढुकी...बाँकी

भेनेजुएलामा पाँच मोर्चाको तयारी, पाँचै मोर्चामा ट्रम्प पराजित

क. नहेन्द्र खड्का २०७५ चैत ४ गते सोमवार

भेनेजुएलामा पाँच मोर्चाको तयारी, पाँचै मोर्चामा ट्रम्प पराजित

बोलिभारियन गणतन्त्र भेनेजुएलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोले जनवरी १० का दिनमा संविधान अनुसार राष्ट्रपति पदको दोस्रो कार्याकालका लागि सपथ गर्हण गरे । उनको विरुद्धमा अमेरिकी साम्राज्यवादद्वारा पालित पोषित संसदको अध्यक्ष रहेको खुँवा गुइएदोले गत जनवरी २३ मा केटौले तरिकाले स्वयम्‌लाई राष्ट्रपति घोषणा गरेको थियो । उसको केटाकेटीपूर्ण कथित...बाँकी