Flash News

प्रधानमन्त्रीज्यू, न्याय मर्न नदिनुस्

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ४ गते शनिवार

प्रधानमन्त्रीज्यू, न्याय मर्न नदिनुस्

सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । तपाईंको सु-स्वास्थ्यको कामना । मेरो नाम प्रकाश चन्द । म अहिले चितवन मेडिकल कलेजमा एमबिबिएस इन्टर्नसिप गर्दैछु । वैचारिक हिसाबले म पनि एक सच्चा कम्युनिस्ट सेवक हुँ । पारिवारिक हिसाबले म प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को छोरा हुँ । विभिन्न सञ्चारमाध्यममार्फत् तपाईंको स्वास्थ्य...बाँकी

नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो: अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज ३ गते शुक्रवार

नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो: अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नयाँ विचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा भएको बताउनुभएको छ । संविधान दिवस–२०७६ को उपलक्ष्यमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, ‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्थातर्फ हामीलाई मार्गप्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र...बाँकी

पूर्व जनमुक्ति सेनाका लडाकु प्रतीक्षा सहायक रथीमा बढुवा

लेफ्ट रिभ्यु संवाददाता २०७६ असोज २ गते बिहीवार

पूर्व जनमुक्ति सेनाका लडाकु प्रतीक्षा सहायक रथीमा बढुवा

काठमाडौँ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को जनमुक्ति सेना अर्थात पिपुल्स लिबरेसन आर्मीबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी 'प्रतीक्षा' सहायक रथी अर्थात ब्रिगेडियर जनरलमा बढुवा हुनु भएको छ । उहाँलाई यसै साता बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीमा बढुवाको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि...बाँकी

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा

क. नारायण शर्मा 'कमलप्रसाद' २०७६ असोज १ गते बुधवार

श्राद्धको अर्थ र औचित्यबारे केही कुरा

"मात्रीदेवो भव: ! पितृदेवो भव: !! " "माता यस्य गृहे नास्ति, भार्या च पृय वादिनिम् ! अरण्यम् तेन गन्तव्यम् यथारण्यम् तथा गृहम् !!" - संस्कृत नीतिश्लोकहरु "पुत्रले हो पितालाई देवता मान्नु पर्दछ" । - बालकृष्ण सम जीवित रहँदासम्म छोराछोरीहरुले पिता-मातालाई देव-देवीसरह मान्ने र श्रद्धाभक्ति र आज्ञापालन गर्ने अनि...बाँकी

कविता लेखेरै आमूल परिवर्तनकारी आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सकिन्छ – कवि अनिल श्रेष्ठ

माधव घिमिरे 'अटल' २०७६ भदौ ३० गते सोमवार

कविता लेखेरै आमूल परिवर्तनकारी आन्दोलनको आँधीबेहरी सिर्जना गर्न सकिन्छ – कवि अनिल श्रेष्ठ

गाउँ छ गाउँसँगै सुनार्नी भाउजू छिन् भाउजूका उच्चाट आँखाहरू छन् जो सधैँ भालेको डाँकसँगै झिसमिसेमै उठ्छिन् जाँतो पिँध्छिन् आँगन बढार्छिन् घर लिप्छिन् पँधेरो जान्छिन् पानी भर्छिन् चुलो जोर्छिन् जाउलो बसाल्छिन् र, जाउलोले आधा भरिएको पेटमा नानीहरूलाई स्कुल पठाउँछिन् । यिनै कविताका हरफहरूसँग गुञ्जिँदै थिए, अनिल श्रेष्ठ । राजधानीको...बाँकी

असंलग्न आन्दोलनका मूल्यहरुको पुनर्स्थापना

क. शशिधर भण्डारी २०७६ भदौ ३० गते सोमवार

असंलग्न आन्दोलनका मूल्यहरुको पुनर्स्थापना

द्वितीय विश्व युद्ध (१९३९–१९४५) मा अमेरिका, सोभियत रुस र बेलायतका बीचमा निर्माण भएको हिटलर नेतृत्वको नाजिवाद र मुसोलिनी नेतृत्वको फासीवादका विरुद्धको संयुक्त मोर्चाले विश्व हल्लाएको नाजिवाद र फासीवादलाई परास्त गर्‍यो । विश्व साम्राज्यवादको नायक बेलायत, नायकत्व लिदै गरेको अमेरिका र समाजवादी मुलुक सोभियत संघका बीचमा निर्माण भएको सो...बाँकी

बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले रणनीतिक लाभ लिन सक्छ : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ भदौ २९ गते आइतवार

बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले रणनीतिक लाभ लिन सक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले त्रिदेशीय रणनीतिक साझेदारीको मुद्दा विकासशील देशका लागि लाभदायक हुने बताउनुभएकाे छ । नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौँमा आयोजित बिआरआई सम्वाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, "म प्रधानमन्त्री हुँदा र विपक्षी दलको नेता हुँदा पनि त्रिदेशीय साझेदारीको कुरा गम्भीर रुपमा उठाएको थिएँ...बाँकी

बाल अधिकार दिवस र समृद्धि – एक समीक्षा

क. सीताराम थापा २०७६ भदौ २९ गते आइतवार

बाल अधिकार दिवस र समृद्धि – एक समीक्षा

सन् १९५० देखि जुन १ लाई बाल संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन थालियो । राष्ट्र संघ १९५९ को नोभेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले बाल अधिकारको घोषणा गरेको थियो। विश्वभर बालबालिकाको हितका खाँतिर अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिँदै आएको छ । नेपालमा वि.सं. २०२१ देखि...बाँकी

नेकपाका अध्यक्षद्वयलाई खुला पत्र

क. कृष्ण केसी २०७६ भदौ २७ गते शुक्रवार

नेकपाका अध्यक्षद्वयलाई खुला पत्र

यतिबेला नेकपाका अध्यक्षद्वय क. केपी ओली र क. प्रचण्डको मुख्य जिम्मेवारी के हो ? पहिलो, विश्व इतिहासको सिंहावलोकन गरेर, दुरगामी सोचका साथ युगका चुनौती र सम्भावनाहरू पहिल्याएर कम्युनिस्ट एकता सुदृढ गर्दै समाजवादी क्रान्तिको खोजी गर्न, मार्क्सवादी दर्शन र वैज्ञानिक समाजवाद विकास गर्न विशेष योगदान गर्ने । दोश्रो, नेपालको...बाँकी

नेपाल-चीन सम्बन्ध, प्रचण्ड अभिव्यक्ति र अमेरिकी दूतावासको गैरकूटनीतिक चासो

क. नहेन्द्र खड्का २०७६ भदौ २७ गते शुक्रवार

नेपाल-चीन सम्बन्ध, प्रचण्ड अभिव्यक्ति र अमेरिकी दूतावासको गैरकूटनीतिक चासो

प्रचण्ड-वाङ यी भेट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) श्रद्धेय अध्यक्ष तथा क्रान्तिनायक क. प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यी बिच गत मंगलवार शिष्टाचार भेट भयो । भेटवार्ताका क्रममा उहाँले 'एक चीन नीति' प्रति नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो । अध्यक्ष प्रचण्डले भेटवार्ताका क्रममा विदेशमन्त्री वाङ यीले राखेको एक जिज्ञासाको...बाँकी