मुख्य खबर

महिला विरुद्ध हिंसा र संवैधानिक तथा कानुनी पक्षहरू

क. साबित्रा भुसाल २०७५ पुस १ गते आइतवार

महिला विरुद्ध हिंसा र संवैधानिक तथा कानुनी पक्षहरू

१. भूमिका असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान निर्माण भए पश्चात् नेपाली महिलाहरूका लागि खुशीका समाचारहरू आई नै रहे । अहिले यो देशको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी हुनु हुन्छ । यसअघि सभामुख र प्रधान न्यायाधीशमा महिलाहरू पुग्न सफल हुनु भएको छ । संसदीय समितिका सभापतिहरूमा महिलाहरू...बाँकी

जनताको बहुदलीय जनवाद सत्तामा जाने भर्‍याङ मात्र बन्यो

क. घनश्याम भुसाल २०७५ मंसिर २४ गते सोमवार

जनताको बहुदलीय जनवाद सत्तामा जाने भर्‍याङ मात्र  बन्यो

एउटा क्याम्पसमा स्ववियू सभापति भइसकेका मेरा एक साथी अहिले व्यापारमा छन् । केही दिनअघि उनले मलाई सोधे- भुसालजी, जुन वर्गका लागि हामी राजनीतिमा लागेका थियौं। पार्टीमा त त्यो वर्ग नै छैन। कहाँ गयो त्यो वर्ग? मलाई उनको त्यो प्रश्नले अहिले पनि रन्थनाइरहन्छ। ती साथी व्यापार गर्छन्, एक हिसाबले भन्दा...बाँकी

देश विकासलाई अभियानका रुपमा अगाडि बढाउनु पर्छः अध्यक्ष प्रचण्ड

नहेन्द्र खड्का २०७५ मंसिर २३ गते आइतवार

देश विकासलाई अभियानका रुपमा अगाडि बढाउनु पर्छः अध्यक्ष प्रचण्ड

काठमाडाैँ, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले  देश विकासलाई अभियानका रुपमा अगाडि बढाउनुपर्ने र उत्सवका रुपमा लैजानुपर्ने बताउनु भयो । जनगायक स्व. खुशीराम पाख्रिनको स्मृतिमा जनसांस्कृतिक महासंघ नेपालद्वारा आइतबार काठमाडाैँमा आयोजित सांस्कृतिक कार्यक्रममा बाेल्दै उहाँले "जनताका बीचमा अभियान लैजाने र सांस्कृतिक...बाँकी

चिनियाँ राष्ट्राध्यक्ष तथा अर्जेन्टिनाका राष्ट्रपति बीच भेटवार्ता

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर १७ गते सोमवार

चिनियाँ राष्ट्राध्यक्ष तथा अर्जेन्टिनाका राष्ट्रपति बीच भेटवार्ता

चिनियाँ राष्ट्राध्यक्ष तथा अर्जेन्टिनाका राष्ट्रपति बीच भेट-वार्ता चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो माक्री बीच डिसेम्बर २ तारिख ब्यूनस आयर्समा भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा अझ व्यापक दृष्टिकोणबाट आपसी सम्बन्धको विकास योजना कोर्दै हातमा हात मिलाएर सर्वाङ्गीण रणनैतिक साझेदारी सहयोगात्मक सम्बन्धको नयाँ युगमा अघि बढ्दै...बाँकी

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर १६ गते आइतवार

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको तर्फबाट प्रस्तुत घोषणापत्र

कमरेडहरू, आजभन्दा सय वर्ष अगाडि अक्टुबर २५, १९१७ यतिबेलाको पात्रो अनुसार नोभेम्बर ७, १९१७ मा रुसको पेट्रोग्राड (पछिको लेनिनगार्ड) सहरमा गरिखाने मानिसहरू आफूमाथि भएका सबैखाले विभेदहरू, अन्याय अत्याचारका विरुद्ध सडकमा ओर्लिएका थिए । रुसका गरिखाने जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत् त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको...बाँकी

शालिक ढाल्दैमा कहाँ ढल्छन् लेनिन ?

क. आस्था केसी २०७५ मंसिर १४ गते शुक्रवार

शालिक ढाल्दैमा कहाँ ढल्छन् लेनिन ?

रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ । हामीले नेपालमा अक्टोबर क्रान्ति र त्यसका नायक भ्लादिमिर इल्यिच लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा राज्यमा भने डोजर लगाएर उनको शालिक ढालिएको छ । विगत २५ वर्षदेखि भारतीय कम्युनिस्ट पार्टी (सिपिआई एम) को...बाँकी

वर्गीय मुक्ति आन्दोलनको कसीमा नेपालको महिला मुक्ति आन्दोलनको पृष्ठभूमि

क. सावित्रा भुसाल २०७५ मंसिर १३ गते बिहीवार

वर्गीय मुक्ति आन्दोलनको कसीमा नेपालको महिला मुक्ति आन्दोलनको पृष्ठभूमि

असोज ३, २०७२ मा संविधानसभा मार्फत् नेपालको संविधान घोषणा भयो । यो हाम्रा लागि एउटा ऐतिहासिक उपलब्धि हो । वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक...बाँकी

सम्पूर्ण जीवन तिम्रै सपनाका निम्ति खर्चिनेछु

क. बीना मगर २०७५ मंसिर १० गते सोमवार

सम्पूर्ण जीवन तिम्रै सपनाका निम्ति खर्चिनेछु

साँच्चै दुखेको मनको पीडा कम गर्ने औषधि बन्थ्यो भने त्यो औषधिको व्यापार कति फस्टाउँथ्यो होला । सोच्छु, ‘जीवन भनेकै उतारचढाव र जोखिम नै जोखिमको अर्को नाम रहेछ । प्रकाश तिमीले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद...बाँकी

सम्पन्नता झल्कने नमूना गाऊँ

शिव अधिकारी २०७५ मंसिर १० गते सोमवार

सम्पन्नता झल्कने नमूना गाऊँ

पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने हावामा घर बन्छ स्वर्गसरीको संसार मै झल्किने । चम्केको बिजुली सँधै बलिरहने प्रकाश बन्ने भयो कालो रात्रि दिवार बन्दछ भने दरवार आफै बन्यो ।। छाना चम्चम चम्कँदैछ निलिमा आँखाहरु लाखन झुल्यो जुन भने पुग्यो धरतीमा तारा उनी लाउन । ठण्डी...बाँकी

जनक्रान्ति हुँदैछ, सहिदको रगत खेर जान दिन्नौँ : प्रकाण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७५ मंसिर ८ गते शनिवार

जनक्रान्ति हुँदैछ, सहिदको रगत खेर जान दिन्नौँ : प्रकाण्ड

विप्लव माअोवादीका नामले परिचित नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य प्रकाण्डले अब देशमा निर्णायक क्रान्तिको आवश्यकता भैसकेको बताएका छन् । पार्टीका महासचिव सहित थुप्रै नेताहरू भूमिगत रहेको नेकपाले पार्टी पुनर्गठन दिवसका अवसरमा काठमाडौंको प्रदर्शनीमार्गमा आयोजना गरेको विशाल जनसभामा प्रमुख अतिथि रहेका नेता प्रकाण्डले नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले...बाँकी