कार्यालयहरूमा सामग्री आपूर्ति गर्ने स्टोरको एउटा पुरानो बिक्री खाता खोतल्दै म तयारी गरिरहेकी छु किन्नलाई सिङ्गो संसार । त्यो हो एउटा ग्लोब मात्रै पचास डलरको छ विक्रेता भन्छ एक सय पन्चानब्बे देशलाई किनिहाल्नुहोस् जम्मा पचास डलरमा । म सोच्छु यसको मतलब त यो हुने भयो कि जम्मा पच्चीस...बाँकी
निग्रो ! तिमीले हजारौँ वर्षदेखि अपराध सहेका छौ पशुले जस्तै र मरुभूमिको हावामा तिम्रो खरानी उडेको छ तिम्रो आत्मालाई बचाइराख्ने नाममा तिम्रो दुःख खेपाइ जारी राख्नका लागि घुस्सा हान्ने बर्बर अधिकार तथा कोरा हान्ने गोराको अधिकार ज्युँदो राख्नका लागि तिम्रो मर्ने अधिकार र, तिमी रुने अधिकार सधैँ सधैँ...बाँकी
सास फेर्न नपाउँदै दिन ढल्के थकाइ बिसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा गाईवस्तु झर्दैछन् कि ग्वालाहरू हुन् ? दिनरात गाउँ चाहार्छन् हत्याराका हुल ठनास्दै होश राख्दै डोकोको पिँधमा चिजबिज राखी खोस्मेराले खोस्मेरामाथि दाउराका चाङ बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै घुर्मैलो पछ्यौरी ओढेकी बेलिसरा सधैँझैँ ऊ आपनो बाटो हिँड्छे थुप्रै फेरा...बाँकी
हराएँ भावनाभित्र अतीततर्फ फर्कँदै, रमाएँ स्वप्नसंसार फर्कने कल्पनासँगै, सामन्ती वर्गशत्रुको दमनको वर्ष त्यो थियो, खुनी नङ्ग्रा उठाउँथे कोर्रा माथि उचाल्दै । बिउँझेका सब भूदास हातमा औजार जो थिए, भाला-परशुकासाथै लाममा ती सँगै भए, कठोर बलिदानीको भावमा जब उठ्दथे, दरिलो दृढसङ्कल्पी मनले वीर बढ्दथे । खुशी छु अहिले देख्दा...बाँकी
श्रम नै श्रमिक हरूको विश्वविद्यालय हो, श्रमिकहरू श्रम गरेर ज्ञानी बनौँ । श्रम नै श्रमिकहरूको सम्पत्ति हो, श्रमिकहरू श्रम गरेर नै धनी बनौँ । श्रम नै ज्ञान–विज्ञानको किरण हो, श्रमिकहरू बिहानीको सूर्य नै बनौँ । श्रम नै जीवन जगत्को गर्भ हो, श्रमिकहरू नयाँ संसारको सारथी बनौँ । [caption...बाँकी
सफा सुग्घर भै आफू बस्नुपर्छ सँधैभरि बिहान उठ्नु सबेरै नुहाउनू सफा गरी हातमुख धुनू फेरी ध्यान योग गरी वरी खाजा नास्ता लिई खाऊँ बनाएर मीठो गरी । धुनुपर्छ सधै आफ्ना लुगाफाटाहरु पनि फोहोर रोगको बस्ती पखाल्नुपर्छ है भनी घर करेसी सफा होस् सँधै सुन्दर राख्नू बाहिरबाट आउँदा हात...बाँकी
के सोचेँ कति काम हुन्छ सहजै यो देश बन्ला भनी होला शान्त समाज गाउँघर ती बन्लान् नमूना पनि लाग्थ्यो शासन हाँक्दछन् अब यहाँ नेता बने सक्षम मौका देश बनाउने अब मिल्यो लागौँ सबै हरदम । बर्बादी नगरेर काम गर लौ यो राष्ट्र बन्ला भनी भन्दैछन् जनता अपूर्व छ...बाँकी
संसारभरका पूँजीपतिको आत्मा जूकाको आत्माबाट बनेको हुन्छ पूँजीपति बन्नासाथ गुमाएर मान्छेको आत्मा तिनीहरू जूकाको आत्मा वरण गर्छन् त्यसैले त ती मान्छे देख्नासाथ टाँसिन्छन् र फटाफट चुस्न थाल्छन् । आत्माबाट पूँजीपतिको दिमागमा पुग्छ जूको र जूकाले जस्तै सोच्छन् ती । ती हेर्दा मान्छेजस्तै देखिन्छन् अझ खास्सा मान्छेजस्ता सुकिला-मुकिला होटिला-मोटिला...बाँकी
कोरोना किन हो चल्यो लहर यो के हुन्छ होला अब मान्छे त्रासदीको विभत्स नमूना भोगिरहेछन् सब भन्थे तागतिलो छ है अमेरिका जोरी नखोजी बस मिसायल प्रहार गर्छ क्षणमै झोली र तुम्बा कस । हिरोसिमा खरानी एक क्षणमै बुझ्छौ कसोरी भयो नागासाकी समेत ध्वस्त हुनगो लाखौँ त ज्यानै लियो...बाँकी
भागे सोझा र इमान्दारहरू भित्तातिर भागे जागे सत्ताको तर मारेका अरिङ्गालहरू जागे सत्य कुरा बोल्नेलाई गोलै खनिएर आइलागे हुनु हुनामी के के हुन्छ त्यो हेर्दै जाऊँ आगे । जागे जागे जागे ! बालुवाटारको बालुवा बेच्नेहरू जागे वाइड बडीको रकम हसुर्नेहरू जागे टोपीधारी बडा महाराजहरू जागे गणतन्त्रका नवयुवराजहरू जागे...बाँकी