Tag: #कविता

आयो महासंकट कोरोना बनेर

क. केशव नेपाल 'विजयकुमार २०७६ चैत १६ गते आइतवार

आयो महासंकट कोरोना बनेर

आयो महासंकट कोरोना भाइरस बनेर यो धर्तीमा मानवजातिको महाकाल बनेर एउटा ठाँउमा होइन एउटा गाउँमा होइन एउटा बस्तीमा होइन एउटा सहरमा होइन एउटा देशमा होइन यो त धर्तीभरि नै आयो न बालबालिकालाई छोड्छ न युवा-युवतीलाई छोड्छ न वृद्ध-वृद्धालाई छोड्छ धर्तीका कसैलाई छोडेन कोरोना भाइरसले न अमेरिकालाई छोड्यो न...बाँकी

एमसीसीको डढेलोले देश खाइरहेको बखत

क. शरद पौडेल २०७६ माघ ७ गते मंगलवार

एमसीसीको डढेलोले देश खाइरहेको बखत

आगतले तिमीलाई जस्तै मलाई पनि सोध्नेछ कुनै दिन, एमसीसीको डढेलोले देश खाइरहेको बखत भन तिमी कहाँ थियौ ? देशको स्वाभिमान र सार्वभौमिकतामाथि विदेशीले धावा बोलिरहँदा भन, तिमी कहाँ उभिएका थियौ ? मैले भन्नेछु, सगर्व भन्नेछु म तलुवा चाट्नेहरूको लाइनमा थिइन म डलरसँग आमाको सौदाबाजीको लाइनमा थिइन । बरू...बाँकी

प्रिय मार्क्स

राजव २०७६ पुस १९ गते शनिवार

प्रिय मार्क्स

प्रिय मार्क्स तिम्रा तस्वीरहरुलाई अहिले गधा र बाँदरहरुले घेरिरहेछन् । मैले तिम्रो तस्वीरमा माल्यार्पण गर्न सकिन । गधा र बाँदरहरुको घेराबाट बाहिर अलि टाढा उभिएर प्रिय मार्क्स म तिम्रो संकटग्रस्त तस्वीर टोलाइरहेछु । कुनै पनि बेला ती बाँदरहरु गधाहरुको ढाड चढ्नेछन् र च्यात्ने छन् तिमीलाई । म त...बाँकी

सम्पन्नता झल्कने नमूना गाऊँ

शिव अधिकारी २०७५ मंसिर १० गते सोमवार

सम्पन्नता झल्कने नमूना गाऊँ

पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने हावामा घर बन्छ स्वर्गसरीको संसार मै झल्किने । चम्केको बिजुली सँधै बलिरहने प्रकाश बन्ने भयो कालो रात्रि दिवार बन्दछ भने दरवार आफै बन्यो ।। छाना चम्चम चम्कँदैछ निलिमा आँखाहरु लाखन झुल्यो जुन भने पुग्यो धरतीमा तारा उनी लाउन । ठण्डी...बाँकी

नवौँ महिनाको नवौँ दिन

क. माओत्सेतुङ २०७५ भदौ २४ गते आइतवार

नवौँ महिनाको नवौँ दिन

प्रकृतिले होइन, मानिसले नै सबै चिजलाई पाको बनाउँछ । प्रत्येक वर्ष नवौँ महिनाको नवौँ दिन फर्किन्छ, त्यो नवौँ महिनाको नवौँ दिन मिठो सुवास छर्दै पहेँला फूलहरु फुल्छन् – रण मैदानमा । वसन्त ऋतुको सुवासको विपरीत, प्रत्येक वर्ष शरद्को हावा व्यग्रतापूर्वक चल्छ, तैपनि वसन्त ऋतुको सुवासले जित्छ त्यसलाई हेरौँ...बाँकी

चाङ्सा

क. माओत्सेतुङ २०७५ भदौ १५ गते शुक्रवार

चाङ्सा

म एक्लै उभिएको छु, सुन्तले टापुको किनारमा शरदको मन्दमन्द जाडोमा । हेसियाङ नदी उत्तरतर्फ बुर्कुसी मार्दैछ, म लालिमा चढेका हजारौँ पहाडहरु देख्दैछु, बाक्ला रुखहरु परस्पर अङ्गालो मार्दै ठडिएका छन् अनि, नीलमणिजस्तो निलो पानीमा हजारौँ डुङ्गाहरु तँछाड–मछाड गर्दैछन् । चिलहरु हावामा कावा खाँदैछन्, माछाहरु पानीमा तल–माथि गरेर नाच्दैछन्, यो...बाँकी

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

क. जोसे मारिया सिसोँ २०७५ साउन १९ गते शनिवार

मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ

मलाई प्रेम छ, धानका खेतहरूका हराभरा फाँटहरूसँग सूर्यको प्रकाश जब झर्दछ तीमाथि, उद्घाटित गरिदिन्छ स्वर्णिम दानाहरूको रहस्य । मलाई प्रेम छ, खेतमा दृढतासँग ठडिएका उखुसँग सूर्यको प्रकाश जब चोट गर्दछ ती माथि, उद्घाटित गरिदिन्छ ती सुनौला लाँक्रा (डाँठ)हरूको मिठास । मैदानहरूबाट चलिरहेको हावा ल्याउँछ आफूसँग किसान अनि फार्म...बाँकी

हाँस्न सकिएन यो निर्जन शहरमा

क. देवेन्द्र काेइराला २०७५ साउन १८ गते शुक्रवार

हाँस्न सकिएन यो निर्जन शहरमा

पहिला, पाठापाठी कान्लाबाट उफ्रेर तल्लो गरामा हाम्फाल्दा हाँसिन्थ्यो, भाउजुले बोकेको पानीको गाग्री बाङ्गो हुँदा पनि हाँसिन्थ्यो, दाइले लगाएको खेतको आली भत्किँदा पनि हाँसिन्थ्यो, पाडोले माउको दुध चुसेको हेरेर पनि हाँसिन्थ्यो, गार्इले पाउर मारेको हेरेर पनि हाँसिन्थ्यो, हलीले जोत्दा दिनभर गोरूलार्इ हप्काएको सुनेर पनि हाँसिन्थ्यो, चिबेले कागलार्इ लखेट्दा पनि...बाँकी

दिदीले छोरो भर्ना गरिन्

क. सुशान्त पाैडेल २०७५ असार २६ गते मंगलवार

दिदीले छोरो भर्ना गरिन्

बिफरले खाएको अनुहार बुढेसकाल लागेको शरीर पीडाले च्यात्तिएको मन कष्टमा बितेको यौवन र अनेक तरङ्ग एउटै पोल्टामा राखेर आफ्नो कुँजिएको भूत सम्हाल्दै सुन्दर भविष्य नियाल्दै आशाका किरण अँगाल्दै सक्षमताको दियो बाल्दै मेरी दिदीले आज छोरोलाई डाक्टरीमा भर्ना गरिन् । बिर्सेर छाउका चिसा रात भुलेर दुःखका अनेक बज्रपात बिर्सेर...बाँकी

एउटा योद्धासँगको डायरी

क. निमानन्द रिजाल २०७५ असार २० गते बुधवार

एउटा योद्धासँगको डायरी

तपाईं त दुब्लाउनु भएछ । हो, म दुब्लाएको छु स्कुल छोडेँ, कापी च्याँते किताब त आगो लगाइदिएँ त्यो रापले मलार्इ चिसोमा न्यानो दिएको थियो । हात बजार्ने, आरन ताउने, खलाती तान्ने , रापिलो शिक्षा थियो मेरो । यो रापमा सारा चिसा रातहरुलार्इ सेकाइदिइरहेको । आमा नयाँ चोली फेरी...बाँकी