काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा राज्य परिषद्का सदस्य वाङ यीको सम्मानमा आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गर्नुभयो । रात्रिभोजलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत संघीय गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीन बिच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताउनुभयो ।...बाँकी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यी बिच आज शिष्टाचार भेटघाट भएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । शिष्टाचार भेटका...बाँकी
काठमाडौँ । नेकपा (मसाल) बाट हालसालै निष्कासित पुराना कम्युनिस्ट नेता तथा हाँक साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक गोविन्दसिंह थापाले हाँक साप्ताहिक बन्द नहुने बताउनु भएको छ । एक वक्तव्य जारी गर्दै नेता थापाले हाँक साप्ताहिकलाई जसरी आजसम्म पार्टीले चलाएको छ, त्यसैगरी पार्टीले नै चलाउनु पर्ने बताउनु भएको छ...बाँकी
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (मसाल) का वरिष्ठ नेता तथा हाँक साप्ताहिकका प्रकाशक एवम् प्रधान सम्पादक गोविन्दसिंह थापा सो पार्टीबाट निष्कासन गरिएको छ । २०७६ भदौ १० गते नेकपा (मसाल) द्वारा एक वक्तव्य जारी गरी करिब पाँच दशकदेखि नेकपा (मसाल) मा काम गर्दै आएका हाँक साप्ताहिकका प्रधान सम्पादक गोविन्दसिंह...बाँकी
काठमाडौँ । नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूमा वैचारिक विचलन आएको, सामूहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रित भएको महशुस भएको बताउँदै पार्टी एकतामा केही ढिला भए पनि लगभग सबै प्रक्रिया टुंगिएको बताउनु भएको छ। ललितपुरमा शुक्रवार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल प्रशिक्षण कार्यक्रममा उहाँले पार्टी एकता अन्तिम चरणमा पुगेको बताउनुभयो ।...बाँकी
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका छन् । प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै उनले जयशंकरलाई भेटेनन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका...बाँकी
चितवन । भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु अस्वभाविक भएकाेले सम्बन्धित पक्षलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन अपिल गरेकी छिन् । आज एक विज्ञप्ति जारी गर्दै नगरप्रमुख दाहालले प्रहरीको अनुसन्धान प्रभावित नगर्न र घटनासँग सम्बन्ध नै नभएका शीर्ष राजनीतिक नेतृत्व र भरतपुर महानगरपालिकाका मेयरमाथि लगाइएकाे...बाँकी
काठमाडौँ । राष्ट्रियताको भावनालाई सुदृढ गर्ने संकल्पसहित नेपाल सरकारले संविधान दिवसका दिनदेखि मुलुकभरका चलचित्र हलहरूले चलचित्र सुरु गर्नुअघि अनिवार्य रूपमा नेपालको राष्ट्रिय गान बजाउनुपर्ने निर्देशन दिएको छ । २०७२ सालमा नेपालको नयाँ संविधान जारी भएको दिन असोज ३ गतेका दिन संविधान दिवसको कार्यक्रम आयोजना गरी भव्यरूपले सफल बनाउनका...बाँकी
मक्का, साउदी अरब । नेपाल हज समितिले समशेर मियाँको नेतृत्वमा आज साउदी अरब हज मन्त्रालयका कार्यवाहक मन्त्री डा. हसन अल शरीफलाई भेटघाट गरेको छ । मक्कास्थित हज मन्त्रालयमा हज समितिका प्रतिनिधिहरूले मन्त्री शरीफलाई भेटेर आगामी हज-२०२० देखि नेपाली हज यात्रीको कोटा दुई हजार पुर्याइदिन अनुरोध गरेको छ । नेपाल...बाँकी
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन 'अनन्त' ले ऊर्जा मन्त्रालय संयुक्त राष्ट्रसंघले निर्धारण गरेको दिगो विकासको लक्ष पूरा गर्न सक्षम रहेको बताउनु भएको छ । दिगो विकास लक्ष प्राप्त गर्ने सन्दर्भमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले दिगो विकास लक्षको बुँदा नम्बर ७ मा...बाँकी