News

सभामुख महराद्वारा बकर ईदको अवसरमा हार्दिक शुभकामना व्यक्त

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन २७ गते सोमवार

सभामुख महराद्वारा बकर ईदको अवसरमा हार्दिक शुभकामना व्यक्त

काठमाडौ‌ । संघीय प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व बकर ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा  हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आज बकर ईदको उपलक्षमा एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले, "त्याग, समर्पण र बलिदानको पर्यायका रुपमा मनाइने बकर ईद पर्वले समस्त नेपालीमा आपसी सद्भाव,...बाँकी

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २५ गते शनिवार

लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनु भएको छ । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संघको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गर्नु भएको...बाँकी

‘सुखी नेपाली र समृद्ध नेपाल’ योजना साकार गर्छौं – सांसद चुडामणि खड्का

राजेन्द्र न्यौपाने २०७६ साउन २५ गते शनिवार

‘सुखी नेपाली र समृद्ध नेपाल’ योजना साकार गर्छौं – सांसद चुडामणि खड्का

गोरखा । प्रतिनिधि सभाका सांसद चुडामणि खड्काले 'सुखी नेपाली र समृद्ध नेपाल' योजना साकार पार्ने बताएका छन् । गोरखामा अनाथ बालबालिकाकहरुको लागि सहयोगार्थ लियो क्ल अफ गोरखाद्वारा आयोजित गाईजात्रा कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खड्काले उक्त कुरा बताएका हुन् । केन्द्रीकृत राज्य सत्ताको विघटन गरी प्रदेश र स्थानीय तहको...बाँकी

कम्युनिस्ट पार्टीप्रतिको जनताको योगदानलाई अवमूल्यन गरे दुर्भाग्य – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन २५ गते शनिवार

कम्युनिस्ट पार्टीप्रतिको जनताको योगदानलाई अवमूल्यन गरे दुर्भाग्य – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कम्युनिस्टहरुको एकतालाई निर्वाचन मार्फत नेपाली जनताले दिलैदेखि गरेको स्वागत र अनुमोदनको योगदानलाई अवमूल्यन गरे ठूलो दुर्भाग्य हुने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालय र सामुदायिक वन उपभोक्त महासंघ, नेपालद्वारा आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमलाई सम्बोधन...बाँकी

समृद्ध नेपाल निर्माणमा अघि बढौं – क. प्रकाश

राजेन्द्र न्यौपाने २०७६ साउन २१ गते मंगलवार

समृद्ध नेपाल निर्माणमा अघि बढौं – क. प्रकाश

गोरखा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता क. नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैपक्षसँग आग्रह गर्नुभएको छ । पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ‘समृद्ध नेपाल निर्माणको पक्षमा एकताबद्ध...बाँकी

समाजवादी क्युबा कम्युनिस्टहरुको आदर्शभूमि होः अध्यक्ष प्रचण्ड (तस्वीरहरू सहित)

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन १० गते शुक्रवार

समाजवादी क्युबा कम्युनिस्टहरुको आदर्शभूमि होः अध्यक्ष प्रचण्ड (तस्वीरहरू सहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवादी क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाईं विश्वभरकै कम्युनिस्टहरूका लागि आर्दश भएको र बनिरहने दावी गर्नुभयो । यही २०७६ साउन १० गते काठमाडौंमा आयोजित 'क्युबाको पक्षमा एसिया प्रशान्त क्षेत्रीय ऐक्यबद्धता सम्मेलन (एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा)’ को...बाँकी

क. नरबहादुर कर्माचार्यको घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरिएको हो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ९ गते बिहीवार

क. नरबहादुर कर्माचार्यको घरमा बसेर जनयुद्धको सम्पूर्ण तयारी गरिएको हो – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डले क. नरबहादुर कर्माचार्य को घरमा बसेर आफूले जनयुद्धको सम्पूर्ण तयारी गरेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहिवार पार्टीका संस्थापक नेता क. नरबहादुर कर्मचार्य को छैठौँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष...बाँकी

प्रकाशलाई क. नरबहादुर कर्माचार्य अति माया गर्नुहुन्थ्यो : अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ९ गते बिहीवार

प्रकाशलाई क. नरबहादुर कर्माचार्य अति माया गर्नुहुन्थ्यो : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपाका युवा नेता क. प्रकाश दाहालको प्रथम स्मृति दिवसमा प्रकाशित पुस्तकमा अध्यक्ष प्रचण्डले अत्यन्तै भावुक संस्मरण मार्फत नेकपाका संस्थापक क. नरबहादुर कर्माचार्यप्रतिको आफ्नो उच्च सम्मान प्रकट गर्नुभएको छ । प्रकाशको स्मृतिमा आयोजित कार्यक्रममा गत वर्ष उहाँको संस्मरण सार्वजनिक गरिएको संस्मरणमा अध्यक्ष प्रचण्डले लेख्नु भएको छ, ‘२०४९ सालमा...बाँकी

नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ७ गते मंगलवार

नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताउनु भएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्ष प्रचण्डले पार्टी...बाँकी

नेकपाका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेर एकता प्रक्रियालाई नयाँ गति

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ५ गते आइतवार

नेकपाका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेर एकता प्रक्रियालाई नयाँ गति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला र ६ वटा महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोक्दै पार्टी एकता प्रक्रियालाई नयाँ गति दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइञ्चार्जहरु तोकेको हो । तत्कालीन एमालेको भागमा ४५ र तत्कालीन माओवादीको भागमा ३८ इञ्चार्ज...बाँकी