अन्तर्राष्ट्रिय २

जी २० : शिखर सम्मेलन बारे

भरत पोखरेल २०८० भदौ २३ गते शनिवार

जी २० : शिखर सम्मेलन बारे

जी २० को सत्रौँ समिट (शिखर सम्मेलन) इन्डोनेसियाको बालीमा नोभेम्बर १५-१६, २०२२ मा भएको थियो । त्यसपछि जी २० को अध्यक्षता गर्ने पालो भारतले पायो र आज सेप्टेम्बर ९-१० भारतको राजधानी दिल्लीमा पहिलो पटक जी २० को अठारौँ समिट सुरु हुँदैछ । आजबाट सुरु हुने जी २० समिटको...बाँकी

भूमि ऐन बारे

क. किम इल सुङ २०८० भदौ २० गते बुधवार

भूमि ऐन बारे

सर्वोच्च जनसभाको यो अधिवेशनमा हामीले एउटा भूमि ऐन पारित गर्न लागेका छौँ। भूमि ऐन पारित गर्न सिफारिस गरिएको प्रनिवेदन हिजो प्रस्तुत गरियो र मस्यौदा ऐन पनि पढेर सुनाइयो । हाम्रो देशमा अहिलेसम्म उपयुक्त भूमि ऐन थिएन । भूमि समस्यासबन्धी महत्त्वपूर्ण कानुनको रूपमा, हामीले मुक्तिको लगत्तैपछि भूमिसुधार ऐन जारी...बाँकी

कम्युनिस्ट पार्टी र संसद

लेफ्ट रिभ्यु संवाददाता २०८० भदौ १० गते आइतवार

कम्युनिस्ट पार्टी र संसद

कम्युनिस्ट पार्टी र संसद (१) नयाँ युग र नयाँ संसदवाद सुरुदेखि, प्रथम अन्तर्राष्ट्रियको समयदेखि, नै संसदवादप्रतिको समाजवादी पार्टीहरूको धारणा बुर्जुवा संसदलाई प्रचारात्मक (Agitational) उद्देश्यका लागि उपयोग गर्नुपर्दछ भन्ने रहेको थियो । संसदमा भाग लिनुलाई वर्ग सचेतनालाई अर्थात् शासक वर्गप्रति सर्वहारा वर्गको घृणालाई विकास गराउने माध्यमका रूपमा लिइएको थियो...बाँकी

ब्रिक्सः वैकल्पिक विश्व

भरत पोखरेल २०८० भदौ ५ गते मंगलवार

ब्रिक्सः वैकल्पिक विश्व

दक्षिण अफ्रिकी सहर जोहानेसबर्गमा आजबाट तीनदिन अगस्त २२-२४ सम्म ब्रिक्स (BRICS) को १५औँ समिट हुँदैछ । विश्व क्षेत्रफलको २६.४६ प्रतिशत भूभाग, ४१.९३ प्रतिशत जनसंख्या, १७.९० प्रतिशत व्यापार र २५.२४ प्रतिशत विश्व अर्थतन्त्र समेटेको ब्रिक्स समिटमा ६७ देश र क्षेत्रीय संगठनहरूलाई आमन्त्रण गरिएको छ । सन् २००१ मा अमेरिकी...बाँकी

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

क. राज न्यौपाने २०८० असार १९ गते मंगलवार

पतन हुदै गरेको अमेरिकामाथिको निर्भरता कम गर्नुपर्छ

बिसौँ शताब्दीदेखि, भूराजनीति र घरेलु द्वन्द्वको बाह्य कारणले लगातार अमेरिकी विदेश नीतिलाई चलाएको छ। युरोप र एसियाका रणनीतिक केन्द्रहरूमा कुनै एक देशलाई प्रभुत्व जमाउनबाट रोक्नका लागि, अमेरिकाले विश्वयुद्धमा भाग लियो । त्यतिमात्र होइन, उसले सोभियत संघविरुद्ध चालिस वर्षसम्म शीतयुद्ध लम्ब्याइरह्यो । यी कार्यहरूले उसको विश्वव्यापी स्थितिलाई बलियो मात्र...बाँकी

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

क. जोसेफ स्टालिन २०७९ फागुन २६ गते शुक्रवार

अक्टोबर क्रान्तिका लागि बाह्य र आन्तरिक पृष्ठभूमि

सर्वहारा क्रान्तिले रुसमा जुन तुलनात्मक सहजताका साथ साम्राज्यवादका साङ्लाहरु चुँडाल्न र तत्पश्चात पुँजीपति वर्गको शासन उल्टाउन सफल भयो, त्यसका लागि तीन वटा बाह्य परिस्थितिहरु निर्णायक थिए । पहिलो परिस्थिति यो थियो कि अक्टोबर क्रान्ति त्यस्तो समयमा शुरु भएको थियो, जतिबेला दुई मुख्य साम्राज्यवादी गुटहरुको बिचमा, अंग्रेजीे–फ्रान्सेली र अष्ट्रो–जर्मन, भयङ्कर संघर्षको...बाँकी

ऋषि सुनक र भारतीय सम्मोहन

भरत पोखरेल २०७९ कात्तिक १० गते बिहीवार

ऋषि सुनक र भारतीय सम्मोहन

भारतीय मूलका मानिसहरू मरिसस, सुरिनाम, फिजी, त्रिनिडाड, आदि ठाउँमा राष्ट्रपति र प्रधानमन्त्री भए तर उनीहरूबारे भारत त्यति गौरवान्वित भएन जति कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति र हालै ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्दा भए । कारण माथिका देशहरूमा भारतीयहरू कामदारको रूपमा लगिएका थिए । कमारा र मजदुरका छोराछोरी लामो समयको...बाँकी

अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन

क. भि.आई. लेनिन २०७९ वैशाख २ गते शुक्रवार

अक्टोबर क्रान्तिपछि जनताको नाममा क. लेनिनको पहिलो सम्बोधन

'लेनिन संकलित रचना खण्ड ३५, पृ. ६५–६७' मा रहेको रूसी क्रान्तिका महानायक क. लेनिनले अक्टोबर क्रान्तिपश्चात जनताको नाममा गर्नुभएको यो सम्बोधनलाई प्रगति प्रकाशन मस्कोद्वारा प्रकाशित सोभियत सत्ता के हो शीर्षक लेनिनका संकलित रचनाहरूको नेपाली अनुवादबाट लिइएको हो - सम्पादक । मजदुर साथीहरू, सैनिकहरु, किसानहरू, तमाम श्रमिकहरू ! पेत्रोग्रादमा...बाँकी

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

श्री पुष्करकुमार अधिकारी २०७८ चैत १२ गते शनिवार

चीन केन्द्रित नयाँ विश्व व्यवस्थाको उदय

विगत केही वर्षदेखि विश्वव्यवस्थामा ठुलो हलचल भइरहेको छ । नयाँ प्रविधिकहरूको विकास, वातावरणीय विकास, महामारी, महामारीको प्रकोप रोक्नका लागि खोप उपलब्ध गराउने र जनतालाई सुरक्षित राख्ने कामहरू भइरहेको छ भने राजननीतिक र आर्थिक रूपमा पनि ठुला हलचलहरू विश्वका मुलुकहरूमा भइरहेका छन् । सन् ११९९० मा सोभियत संघको पतन...बाँकी

दक्षिण एसियाली विदेश नीतिमा भारतीय असफलता

पुष्करकुमार अधिकारी २०७८ फागुन ११ गते बुधवार

दक्षिण एसियाली विदेश नीतिमा भारतीय असफलता

भारत आफ्नो मुलुकहरू छिमेकीप्रति असहिष्णु देखिएको छ । उसको आफ्ना छिमेकीहरूप्रति गरिने व्यवहारले गर्दा भारतप्रति छिमेकी सरकार र जनताहरू रुष्ट भएका छन् । यसको अर्थ भारतले दक्षिण एसियाली राष्ट्रहरूप्रतिको विदेश नीति पूर्णरूपमा असफल भएको पुष्टि भएको छ । पाकिस्तान र भारत स्थापनाकालदेखि नै एक अर्काको दुश्मनको रूपमा प्रस्तुत...बाँकी