Flash News

चोर ढोकाबाट छिराउन लागेको एमसीसी खारेज गराउन सभामुखलाई नागरिक समाजको ज्ञापन पत्र

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ ५ गते सोमवार

चोर ढोकाबाट छिराउन लागेको एमसीसी खारेज गराउन सभामुखलाई नागरिक समाजको ज्ञापन पत्र

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को खारेजीको माग गर्दै आएको 'एमसीसी खारेज अभियान'ले सभामुख अग्निप्रसाद सापकाेटालाई सम्बाेधन गर्दै सो परियोजना नेपालको हितमा नभएको र संसदमा अनुमोदनका लागि पेश भएर अनुमोदन नहुँदै सरकारले चोर बाटोबाट छिराउन खोजेकोले सोलाई खारेज गर्न अनुरोध गर्दै संसदकाे ध्यानाकर्षण गराएकाे छ । मिलेनियम...बाँकी

नेकपाद्वारा मदन-आश्रित स्मृति तथा पार्टी एकता दिवसको उपलक्ष्यमा वक्तव्य जारी

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ ३ गते शनिवार

नेकपाद्वारा मदन-आश्रित स्मृति तथा पार्टी एकता दिवसको उपलक्ष्यमा वक्तव्य जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय क. केपी शर्मा ओली र क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क. मदन भण्डारी र क. जीवराज आश्रितको स्मृति दिवस तथा पार्टी एकता दिवसको उपलक्ष्यमा एक वक्तव्य प्रकाशित गरी उहाँहरूको स्मरण गरेको छ । आजभन्दा २७ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटनामा परी...बाँकी

मदन भण्डारी, प्रचण्ड र जनताको जनवाद

क. कुसुमकेशव पराजुली २०७७ जेठ ३ गते शनिवार

मदन भण्डारी, प्रचण्ड र जनताको जनवाद

बुवा सुँक्क सुँक्क गर्दै रुदै हुनुहुन्थ्यो । मलाई उमेर घर्की सक्नुभएको मान्छे यसरी किन रुनु भयो भनेर अचम्म लागेको थियो । मैले सोधे “किन रुनु भयो ? के अप्ठयारो पर्‍यो ?” उहाँको बोली फुट्न सकेन । एकछिनपछि मन सम्हाल्दै भन्नुभयो “एउटा हुँदोखादो देशभक्त तारा, नेपाली राजनीतिको आकाशबाट झर्‍यो...बाँकी

विज्ञान र धर्म

श्री पेम्पा तामाङ २०७७ जेठ ३ गते शनिवार

विज्ञान र धर्म

हिजो न्युजक्लिकले डा. सुष्मा नैथानीसित (धर्म र विज्ञान बारे) अन्तर्वार्ता लिएछ । यो अन्तर्वार्ताको क्रममा कतिपय शिक्षित वर्ग अन्धविश्वास र धर्मान्धतामा रहेको विषयमा चर्चा आयो । यसमा डा. नैथानीले भने, "धर्ममा बन्धुत्व हुन्छ तर विज्ञानमा हुँदैन । यही कारण मान्छेलाई आफ्नो आस्था, धर्म परायणता छोड्न कठिन पर्दछ ।"...बाँकी

मानवजाति, परिवारवाद र विश्व परिवार दिवस

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ जेठ २ गते शुक्रवार

मानवजाति, परिवारवाद र विश्व परिवार दिवस

मे १५ विश्वभरका मानवजातिले आफ्नो र आफू जन्मिएको नश्ल, वर्ण, जाति, वंश, कुल, गोत्र र थरसँग सम्बन्धित आफ्ना पिता-पुर्खा/माता-महामाताको पहिचान, सम्झना र सम्मान गर्दै आआफ्ना अभिभावक-संरक्षकहरु, परिवारका सदस्यहरु, आफन्तहरु, बन्धु-बान्धवहरु, नाता-कुटुम्बहरु र इष्टमित्रहरु हुँदै सैना-मीत, साथीसङ्गी, गुरुकुल-स्कुल, कमरेड-दोस्त, गाउँघर, छरछिमेक र समुदाय-समाज, पार्टी-प्रतिष्ठान, राष्ट्र र अन्तर्राष्ट्रसम्मका सबै मानवजातिसँग...बाँकी

सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७७ जेठ १ गते बिहीवार

सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको – अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगो संसार र मानवजाति नै कोरोना भाइरसका विरुद्ध लडिरहेको र यो संकट धेरै नरहने बताउनु भएको छ । बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ले आयोजना गरेको अनलाइन कक्षा सञ्चालन सम्बन्धी...बाँकी

साँच्चै नेपालको स्वास्तित्व र स्वाभिमान जोगाउने हो?

क. नारायण शर्मा 'कमलप्रसाद' २०७७ जेठ १ गते बिहीवार

साँच्चै नेपालको स्वास्तित्व र स्वाभिमान जोगाउने हो?

हे मेरो सरकार, नेपाली नेता-नायक तथा शासक-प्रशासकहरु हो ! के साँच्चै यहाँहरुले नेपाली भूमि/राष्ट्रको र स्वयं आफ्नो स्वत्व र स्वाभिमान अनि अस्तित्व र अस्मिता जोगाउन खोज्नु भएको हो ? यदि हो नै भने यहाँहरुले यसो गर्ने आँट गर्नैपर्छ - १. सर्वप्रथम नेपाली नेता-शासक यहाँहरु सबैले आफ्ना मन-मस्तिष्कमा रहेका...बाँकी

नेपालको सम्पूर्ण गुमेको भूमि फिर्ता ल्याउनुपर्छ – राजनीतिक दलहरू

लेफ्ट रिभ्यु संवाददाता २०७७ वैशाख ३१ गते बुधवार

नेपालको सम्पूर्ण गुमेको भूमि फिर्ता ल्याउनुपर्छ – राजनीतिक दलहरू

काठमाडौँ । नेपालका सबै राजनीतिक दलहरूले लिम्पियाधुरा, लिपुलेक, सुस्ता सहित नेपालको सम्पूर्ण गुमेको भूमि फिर्ता ल्याउनुपर्ने विचार व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा उपस्थित राजनीतिक पार्टीका नेताहरुले आ-आफ्नो पार्टीको तर्फबाट सो विचार व्यक्त गर्नुभएको हो । गतसाता भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको धार्चुला हुँदै...बाँकी

कोरोना संकट र नेकपाको विवादबारे केही कुरा

क. घनश्याम पाण्डे २०७७ वैशाख ३१ गते बुधवार

कोरोना संकट र नेकपाको विवादबारे केही कुरा

अंग्रेजी वर्षको डिसेम्बर महिनाको अन्तिम साता चीनको वुहान सहरबाट फैलिएको नोवेल कोरोना भाइरस (COVID-19) का कारण संसारभरका मानव समुदाय भयभित छन् । हाम्रो सुन्दर मानव सभ्यतालाई यो भाइरसले तङ्ग्रिन नै गारो हुने गरी गिजोलिरहेको छ । भाइरसको उद्गमस्थल वुहानसहित चीन क्रमिक रुपमा तङ्ग्रिन त खोज्दैछ तर विकसित देखिएका युरोप,...बाँकी

सबै खाले राष्ट्रघाती सन्धि-सम्झौताहरु खारेज गर्नुपर्छ

क. दलजीत श्रीपाली 'प्रशान्त' २०७७ वैशाख ३१ गते बुधवार

सबै खाले राष्ट्रघाती सन्धि-सम्झौताहरु खारेज गर्नुपर्छ

नेपालको सार्वभौमिकतामाथि सँधै हस्तक्षेप गरिरहने देश हो - भारत । इतिहास साक्षी छः नेपालको इतिहासमा विस्तारवादी भारत लाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने दलाल बन्ने गरेको छ - नेपालको शासक वर्ग । यसलाई पुष्टि गर्ने प्रशस्त प्रमाणहरु पनि छन् । नेपाल सरकारले नेपाल र नेपालीमाथि गरेका गद्दारी, राष्ट्रघाती, जनघाती र...बाँकी