जनसङ्घर्ष

फागुन १ मा संयुक्त जनयुद्ध दिवस तथा पुनर्मिलन कार्यक्रम गरिँदै

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

फागुन १ मा संयुक्त जनयुद्ध दिवस तथा पुनर्मिलन कार्यक्रम गरिँदै

काठमाडौँ । यही फागुन १ गते २५औँ जनयुद्ध दिवसका अवसरमा काठमाडौँमा संयुक्त '२५औँ जनयुद्ध दिवस तथा पुनर्मिलन समारोह' आयोजना गरिने भएको छ । तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते दस वर्षे महान जनयुद्ध सुरू गरेको दिनलाई जनयुद्ध दिवसको रूपमा मनाइँदै आएको छ । विगतमा विशाल रूपमा सगर्व...बाँकी

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ २८ गते मंगलवार

नेकपाले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने, अध्यक्षद्वयले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस भव्य रूपले मनाउने भएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ सालमा दस वर्षे महान जनयुद्धको सुरूवात गरेको दिन फागुन १ गते पारेर नेकपाले जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य श्रद्धाञ्जली सभा आयोजना...बाँकी

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

क. दिपेश पुन २०७६ माघ १२ गते आइतवार

जननेता अग्नि सरलाई संघर्षको मैदानबाट अभिवादन

'बंगुरको मासु साह्रै मनपर्छ, तर बंगुर चाँहि फोहरमा बस्छ, त्यही भएर घिन लाग्छ' भनेजस्तै 'तत्कालिन माओवादीले ल्याएको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षतासहितको समानतामूलक उपल्ब्धिहरु सबै मन पर्छन् तर माओवादी चाँहि मन पर्दैन' भन्ने केही तिकडमबाज पत्‌करहरु छन् । 'भात मन पर्छ, किसान मन पर्दैन', 'झरी मन...बाँकी

वाम–कम्युनिस्ट आन्दोलनका एक अविस्मरणीय योद्धा – क. एकदेव आले

क. लोकनारायण सुवेदी २०७६ माघ १२ गते आइतवार

वाम–कम्युनिस्ट आन्दोलनका एक अविस्मरणीय योद्धा – क. एकदेव आले

नेपालको राजनीतिक इतिहासमा बिर्सिन नहुने एउटा अग्रज क्रान्तिकारी योद्धा व्यक्तित्वको नाम हो - कमरेड एकदेव आले, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुक्ति योद्धाको रुपमा तथा कम्युनिस्ट आन्दोलनमा नयाँ जनवादी क्रार्यक्रम र क्रान्तिको पक्षमा दृढ रहेर अविस्मरणीय योगदान पुर्‍याएका छन् । तनहुँ जिल्लाको मानौँ गाउँमा एउटा गरिब किसान परिवारमा जन्मिएका...बाँकी

सहिद भीमदत्त पन्तको सेनाका योद्धा सम्मानित

लेफ्ट रिभ्यु संवाददाता २०७६ माघ ८ गते बुधवार

सहिद भीमदत्त पन्तको सेनाका योद्धा सम्मानित

काठमाडौँ । किसान सहिद भीमदत्त पन्तको सेनाका योद्धा जिन्तु चौधरी सम्मानित हुनुभएको छ । मङ्गलबार भीमदत्त नगरपालिकाले पहिलोपटक आफ्नो स्थापना दिवस मनाउँदै चौधरीलाई नगदसहित सम्मानित गरेको हो । भीमदत्त नगरपालिका– १८, भगतपुरका १०८ वर्षीय चौधरीलाई भीमदत्त पन्तको नेतृत्वमा भएको किसान आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मानित...बाँकी

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु संवाददाता २०७६ मंसिर १५ गते आइतवार

भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भविष्यमा द्वन्द्व दोहोरिन नदिन सत्यतथ्य छानबिन गर्नैपर्ने बताउनुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बुद्धिमान पाख्रिनको १७ औँ स्मृतिका अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । द्वन्द्वमा जघन्य अपराध गर्ने दोषीलाई कारवाही र पीडितलाई परिपूरणकै...बाँकी

महान् शहीद क. रामवृक्ष यादव – जसलाई कुटी कुटी मारियो

क. शक्ति लम्साल २०७६ भदौ २ गते सोमवार

महान् शहीद क. रामवृक्ष यादव – जसलाई कुटी कुटी मारियो

रामवृक्ष यादवको सुनियोजित तथा षड्यन्त्रपूर्ण ढंगबाट जसरी हत्या गरियो, त्यो नेपालमा हुँदै गइराखेको राजनीतिक हत्याकै श्रृङ्खलाको एउटा अंश थियो । मैले आफ्नो जीवनमा चिनेजानेका वामपन्थी राजनीतिक कार्यकर्ताहरु र नेताहरुमध्ये उहाँ एक यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जो कहिल्यै पनि आफ्ना विरोधीहरु, दुश्मन र हत्याराहरुबाट भयभित, त्रसित र आतंकित भई भागेको...बाँकी

महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो – अध्यक्ष प्रचण्ड

लेफ्ट रिभ्यु अनलाइन २०७६ भदौ २ गते सोमवार

महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा हुनुहुन्थ्यो – अध्यक्ष प्रचण्ड

जनकपुर । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का अध्यक्ष प्रचण्डले महान शहीद रामवृक्ष यादव बहुआयामिक प्रतिभा भएको बताउनु भएको छ । महान जनयुद्धको तयारीकै क्रममा प्रतिक्रियावादीहरूबाट निर्मामतापूर्वक हत्या गरिनु भएका महान शहीद क. रामवृक्ष यादव 'मास्टर साहेब'को २५औ‌ं स्मृति दिवसको अवसरमा धनुषाको बरमझियामा आयोजित विशाल स्मृति सभालाई सम्बोधन गर्दै...बाँकी

दोरम्बा घटनाका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरियो

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन ३२ गते शनिवार

दोरम्बा घटनाका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरियो

काठमाडौँ । नेकपा माओवादीको नेतृत्वमा भएको दश वर्षे महान जनयुद्धको क्रममा २०६० साल साउन ३२ गते युद्धविरामको अवस्थामा तत्कालीन शाही नेपाली सेनाद्वारा रामेछापको दोराम्बामा पाशविक एवम् वर्वरतापूर्वक हत्या गरिएका महान शहीदहरूको स्मृतिमा शालिक स्थापना गरिएको छ। दोरम्बा हत्याकाण्डका नामले नेपालको जनसंघर्षको इतिहासमा कुख्यात सो हत्याकाण्डको वास्तविस घटनास्थल रामेछापको...बाँकी

दोरम्बा हत्याकाण्ड: त्यो झरी परेको दिन जब श्रीमतीसँगै १९ योद्धाहरू गुमाएँ

क. हरि दाहाल 'ललित' २०७६ साउन ३२ गते शनिवार

दोरम्बा हत्याकाण्ड: त्यो झरी परेको दिन जब श्रीमतीसँगै १९ योद्धाहरू गुमाएँ

दोरम्बा हत्याकाण्ड नेपालको दश वर्षे महान जनयुद्ध र नेपाली कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक घटनाको रूपमा रहेको दोरम्बा हत्याकाण्ड हुँदा म तत्कालीन नेकपा माओवादी रामेछाप जिल्ला ईञ्चार्ज थिएँ । त्यस दिनको बैठकको प्रमुख अतिथि म नै थिएँ । क. मैनकुमार मोक्तान तत्कालीन जिल्ला पार्टीका सचिव, मेरी पत्नी अम्बिका दाहाल...बाँकी

चितवनमा एकाबिहानै शालिकराम पुडासैनीको पक्षमा विशाल जुलुश

लेफ्ट रिभ्यु अनलाइन २०७६ साउन ३२ गते शनिवार

चितवनमा एकाबिहानै शालिकराम पुडासैनीको पक्षमा विशाल जुलुश

चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानबिन गर्न र न्याय दिलाउन भन्दै शनिबार बिहानै चितवनका युवाहरुले प्लेकार्ड सहितको जुलुश निकालेका छन् । पुडासैनीले आत्महत्या अघि बनाएको सुसाइड भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछानेले आफूलाई मर्न वाध्य पारेको बताएपछि अनुसन्धानका लागी पत्रकार लामिछाने सहित...बाँकी

इमिलिआनो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

क. दधिराम खतिवडा २०७६ साउन १६ गते बिहीवार

इमिलिआनो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन

मेक्सिकोका क्रान्तिकारी नायक इमिलिआनो जापाता ले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्त्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुद्ध भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरीको...बाँकी

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

क. चित्रबहादुर श्रेष्ठ २०७६ साउन १६ गते बिहीवार

क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह

नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्त को जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी...बाँकी

भेनेजुएलाले अमेरिकी लडाकु विमान लखेट्यो, अमेरिकी सेना बल्लतल्ल ज्यान जोगाएर भागे

लेफ्ट रिभ्यु संवाददाता २०७६ साउन ६ गते सोमवार

भेनेजुएलाले अमेरिकी लडाकु विमान लखेट्यो, अमेरिकी सेना बल्लतल्ल ज्यान जोगाएर भागे

काठमाडौ‌ं । बोलिभारिएन गणतन्त्र भेनेजुएलाको वायु सेनाको लडाकु विमानले अमेरिकी जल सेनाको विमानलाई लखेटेपछि अमेरिकी सेनाहरू बल्लतल्ल ज्यान जोगाएर भागेका छन् । सार्वभौम राष्ट्र भेनेजुएलाको सीमा क्षेत्रभित्र गैरकानुनी रूपमा छिरेको अमेरिकी सेनाको विमानलाई भेनेजुएलाको वायु सेनाको विमानले लेखेटेर धपाएको हो । भेनेजुएलाको सेनासँग रहेको रूसमा निर्मित शक्तिशाली विमानले...बाँकी

भारत प्रवासमा मसालका जिम्मेवार नेताहरू नेकपा प्रवेश

लेफ्ट रिभ्यु संवाददाता २०७६ असार १९ गते बिहीवार

भारत प्रवासमा मसालका जिम्मेवार नेताहरू नेकपा प्रवेश

काठमाडौँ । नेपालमा मात्र नभई भारत प्रवासमा समेत विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने क्रम बढेको छ । यसै क्रममा भारत प्रवासका नेकपा (मसाल)का जिम्मेवार नेताहरू आफ्नो पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् । यहि जुलाई असार २० गते (जुलाई ०४ तारिख) नेपाल...बाँकी