Tag: #कविता

कमरेडलाई अन्तिम चिठ्ठी !

क. बलराम तिमल्सिना 'विप्लव' २०७४ फागुन १७ गते बिहीवार

कमरेडलाई अन्तिम चिठ्ठी !

यो अन्तिम चिठ्ठी यो अन्तिम सम्झना धोकेवाज कमरेडको नाममा ! तिमी खुसीले गदगद् हौला अलपत्र छोडेर वाचाहरू जसै उक्लियौ बलजफ्ती कुर्सीमा मानौँ कुर्सी जवान सुन्दरी हो र तिमी तालिमप्राप्त बलत्कारी ! गाम बिर्सियौ होला हाम्रो नाम बिर्सियौ होला (हुन त तिम्रो नाम पनि बदलिएछ ) जसरी भुल्छन् प्रेमिल...बाँकी

अयोग्यताकाे प्रमाणपत्र

क. रीता पाैडेल २०७४ फागुन १६ गते बुधवार

अयोग्यताकाे प्रमाणपत्र

म जस्ता हजारौँ बालबालिकाले लुटाएको बाल्यकालले सोधे के दिन्छौँ परिवर्तनको अर्थ जनयुद्धबाट फर्केको मैले विचरा के नै दिन सक्थेँ र, म आफैँ ( उमेरको कारण देखाउदै ) अयोग्य लडाकु बनेर फर्केको छु । युद्ध सक्किसकेपछि एउटा कृत्रिम सपना जोडेर असहाय प्राणी जस्तै गाउँ फर्किन विवश भएँ । एउटा...बाँकी

नायक र खेल

क. निमानन्द रिजाल २०७४ फागुन १५ गते मंगलवार

नायक र खेल

रक्तरञ्जित मात्रै खेल होइन समय सापेक्षित बदलिन्छ परिवर्तित नियम हो खुकुरी हो रगत बगाउँछ यसैले दाउरा र घाँस पनि त काटछ प्रयोगको वैज्ञानिक करण हो प्रयोग गलत भए सुर्धाने हो मेन्सेविक र बोल्सेविक थिए । प्रयोग हो यो नयाँले सिक्नु पर्छ रुपान्तरणको खेल हो खेल्न जान्नु पर्छ माओ...बाँकी

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो !

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७४ फागुन ८ गते मंगलवार

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो !

एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो ! झण्डा झुक्यो करोडौंको शिर पनि झुक्यो ! आक्रोशका मुठ्ठी उठाए सोझा मान्छेहरूले ! घृणापूर्वक भूईमा थुके देख्ने सुन्नेहरूले ! जीवनजलमा हलाहलझैं विष मिसाएर उत्सव मनाए गद्दारहरुले भारी बिसाएर ! एउटा विशाल नदी थियो ................! पहिरो खस्यो बस्तीमाथि कोलाहल थप्यो ! बाढी...बाँकी

एकदेव आले, तिमीलाई सयबार सलाम !

क. नारायणमान बिजुक्छे 'रोहित' २०७४ माघ १४ गते आइतवार

एकदेव आले, तिमीलाई सयबार सलाम !

एकदेव आले, एक गोठालो भएर हुर्केका गाउँले, बन–जङ्गल पहाड र बञ्जर, खोला र खहरेसँग खेलेर गाउँका ठूला–ठालु सामन्तले सताएका पद दलित, आज तिमीलाई सयबार सलाम ! बेलायती मिचाहाहरुको सेनामा भर्ती हुन बाध्य भएका आले, तिमीले बन्दुक पड्कायौ फासिष्ट (अत्याचार) को विरोधमा दोस्रो विश्व–युद्धको आगोमा बन्दी बनाइयौ इटालीको जेलमा...बाँकी

आमाको माया

शरदचन्द्र श्रेष्ठ २०७४ माघ ४ गते बिहीवार

आमाको माया

तिमीलाई जाउलो ख्वाउँदै गर्दा आमा बिसन्चोले तिम्रो निस्तेज अनुहार नियाल्दै सम्झिएँ फकाई मुछेको भात खाएको भागी भागी तिमीलाई सताएको आमा । चुपचाप मेरो अनुहार नियाल्दै आज गंगालाल♠मा बेस्वादको जाउलो निलिरहँदा मैले सकी नसकी आँशु चुहाएँ आमा किनभने थाहा छ मैले आँशु झारेको मैले मलिन रुन्चे अनुहार लाएको तिमीले...बाँकी

एकताका लागि त्याग गर

क. डि.बि. कार्की (डोबका घृतकौशिक) २०७४ पुस २५ गते मंगलवार

एकताका लागि त्याग गर

बैँस त्याग्यौ किन, घर छाडी भाग्यौ पढाइ छाडी किन, राजनीतिमा लाग्यौ ? मरेर जाने चोला, बुझेर जब त्याग गर्यौ सत्ता र शक्तिको आडमा, किन आज झर्यौ ? कम्युनिस्ट एकता गर, पार्टी दुई वामको भोगी सक्यौ तिमीले, सबै पद नामको । अब के छ गर्नु नगर्नु, सके जति गर्यौ,...बाँकी

स्माइल प्लीज

स्नेह सायमी २०७४ पुस २५ गते मंगलवार

स्माइल प्लीज

दाल चामलको भाउले रुख चढेर ओर्लने कुरा गर्दैन बच्चाको स्कुल फि चुँडिएको चङ्गा भयो लट्टाइको कतै काम देखिँदैन बुढा तिमी दिन्छौ पच्चीस हजार सबै खर्च जोड्दा खर्च छ पचार हजार । सापटी नलिएको साथी दौँतरी र छिमेकी कोही बाँकी छैन तिमी भन्छौ घर फर्केर हरेका साँझ स्माइल प्लीज,...बाँकी

किमलाई चिठ्ठी !

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७४ मंसिर ४ गते सोमवार

किमलाई चिठ्ठी !

प्रिय किम अभिवादन छ मेरो सरासर पुगोस् यो आवाज तिम्रो राजधानी – प्योङयाङ ! यो कुनै औपचारिकता हैन किम यो हृदयको भित्रैको आवाज हो केही गर्न नसके पनि यो हृदयको अभिवादन हो तिमी एक्लै छैनौ भन्ने सूचना हो ! तिमीले त छुलछुल मुतायौ...बाँकी

प्रवेशद्वार

क. स्नेह सायमी २०७४ मंसिर ४ गते सोमवार

प्रवेशद्वार

अग्ला मानिसहरूरूले आफ्नो उचाइको ख्याल गरिरहनु पर्छ कतै पस्ने निर्णय गर्नुअघि प्रवेशद्वारको उचाइ पहिल्यै थाहा पाउनु पर्छ । होचा प्रवेशद्वारहरूबाट अग्लाहरू निर्धक्क टाउको उठाएर पस्न सक्दैनन् प्रवेशद्वारहरूको उचाइको मापन गर्न सकिएन भने अप्रत्याशित – कि टाउको निहुराउन तयार हुनुपर्छ कि टाउको ठोक्काउनु पर्छ वा आफ्नो उचाइ घटाउन तयार...बाँकी