Tag: #कविता

एउटा योद्धासँगको डायरी

क. निमानन्द रिजाल २०७५ असार २० गते बुधवार

एउटा योद्धासँगको डायरी

तपाईं त दुब्लाउनु भएछ । हो, म दुब्लाएको छु स्कुल छोडेँ, कापी च्याँते किताब त आगो लगाइदिएँ त्यो रापले मलार्इ चिसोमा न्यानो दिएको थियो । हात बजार्ने, आरन ताउने, खलाती तान्ने , रापिलो शिक्षा थियो मेरो । यो रापमा सारा चिसा रातहरुलार्इ सेकाइदिइरहेको । आमा नयाँ चोली फेरी...बाँकी

अरूणको बिलो

क. बलराम तिमल्सिना 'विप्लव' २०७५ वैशाख ३० गते आइतवार

अरूणको बिलो

कस्ले कस्ले पाए होलान् अरुणको बिलो ? खुल्छ पक्कै कुनै दिन होला चाँडो ढिलो ! यता नाङ्गै नाच्छ दिउँसै लाजै पचाएर ! राति राति सार्छ उता सिमानाको किलो ! पुच्छर भेट्ने उदास छ बस्या छ नबोली ! दङ्दास छ अर्को उता भेटेँ भन्दै फिलो ! यता सुक्यो उता...बाँकी

म किन बोकूँ ?

क. सुशान्त पौडेल २०७५ वैशाख २९ गते शनिवार

म किन बोकूँ ?

मालिक, ए मालिक तिमी त गयौ क्यारे अरे ! होइन होइन छौ क्यारे । हो कि छैनौ ? मालिक, ए मालिक तिम्रा पछौटे त रहेछन् त रहेछन् मात्रै के बोकिरहेछन् तिमिलाई । तर म तिम्रो उही पुरानो रैती तिमीलार्इ अब पनि किन बोकूँ ? मेरा सपनालाई शोकमा बदल्ने...बाँकी

कमरेडलाई सम्बोधन

क. शरद पाैडेल २०७५ वैशाख २३ गते आइतवार

कमरेडलाई सम्बोधन

कमरेड ! निकै फिका देखिएका छौ रातो कता हरायो? तिमीले सपनामा देख्दैछु भनेको समानताको त्यो विपना कता हरायो? कहाँ चुक्यौ कमरेड? श्रमजीवीसँगको अङ्गालो तोडेर चुक्यौ? वा दलित महिलाहरूसँगको हातेमालो छाडेर चुक्यौ? हजार रोल्पाको रगत बिर्सेर चुक्यौ वा हजार सोलुको सहादत बिर्सेर चुक्यौ? कहाँ चुक्यौ कमरेड? कसरी निमोठ्न सक्यौ...बाँकी

मेरा मित्र

क. सुशान्त पाैडेल २०७५ वैशाख २१ गते शुक्रवार

मेरा मित्र

  मेरा मित्र जब मडारिन्छन् तिम्रा काला बम बर्षकहरु मेरो स्वतन्त्र आकाशमा, म सोच्छु आखिर तिमी किन ताक्दैछौ मेरा छाती, सिध्याउन मेरो सभ्यता, रेट्दै गला मेरो स्वाधीनता र स्वाभिमानको । मेरा मित्र जब देख्छु म शक्तिको मातमा हुत्तिरहेका तिम्रा मिसाइल, म सोच्छु के का लागि यो निर्ममता मेटाउँदै...बाँकी

ए सुन्दरी

क. सुशान्त पाैडेल २०७५ वैशाख १२ गते बुधवार

ए सुन्दरी

ए सुन्दरी ! न तिम्रा आँखामा सजिएकाे छ सुन्दर भविष्यकाे परिकल्पना न तिम्रो निधारमा देखिन्छ स्वतन्त्रताको कान्ति न गाँउछन् तिम्रा ओठहरू मुक्तिका गीत न फुत्किन खोजे तिम्रा हात उपभोगका काखबाट बजारको मोहमायामा रुमल्लिएकी तिमी आफै बेचिन तयार छौ बजाउँदै आफ्नै लिलामीमा ताली तब त तिमी कसरी सुन्दरी ?...बाँकी

लेनिन हराएको खबर

क. बलराम तिमल्सिना ‘विप्लव’ २०७५ वैशाख ९ गते आइतवार

लेनिन हराएको खबर

आफ्नै जन्म दिन पारेर भृकुटीमण्डपको बुर्जुवा मुख्यालयबाट एकाएक बेपत्ता भए लेनिन हो साँच्चै बेपत्ता भए लेनिन ! आफ्नो हुर्मत लुटिने थाहा पाएपछि पुँजीवादको बजारबाट भाग्दै गरेका लेनिनलाई समाए केही हुल्याए ठिटाहरूले झ्यानाकुटु पार्दै ल्याए र झुड्याइदिए देब्रे भित्तामा ! मनमोहनकोभन्दा कम मदन भण्डारीकोभन्दा कम सराद्धेकाे सालोजस्तै तिहारको ज्वाइँजस्तै खिस्रिक्क...बाँकी

नयाँ वर्षको शुभकामना

क. डि.बि. कार्की (डाेबका घृतकाैशिक) २०७५ वैशाख १ गते शनिवार

नयाँ वर्षको शुभकामना

तिन सय पैँसठ्ठी दिनमा नयाँ वर्ष आउँछ, दुई-चार जना मोज गर्छन् अरूलाई रूवाउँछ। जब आउँछ नयाँ वर्ष हाम्रै उमेर घट्छ। यमराजले बहिखातामा एउटा अङ्ग थप्छ। नयाँ राम्रो नयाँलाई, पुरानाको भाउ, चल्ला माथि जान्छु भन्छ, मारेर नै माउ। बाउलाई फाल्ने डोको राख्न भन्छ जब नाति, बाउको बल्ल होस् खुल्छ,...बाँकी

एमाले-माकेकृत समृद्ध समाजवादका नाउँमा

क. शरद पाैडेल २०७४ चैत ३० गते शुक्रवार

एमाले-माकेकृत समृद्ध समाजवादका नाउँमा

साहुलाई साहुजी भन्न पाइयोस् ऊसँगै सैकडा चालिसमा ऋण लिन पाइयोस् ब्याजस्वरूप बेरूवा औँठी बुझाएर हजुर त मेरो भगवान्, ठुलो गर्जो टारिदिनुभो भन्दै खुट्टामा छाँद हालेर रून पाइयोस् । त्यही पैसा दलाललाई बुझाएर खाडी जान पाइयोस् । सके जिउँदै नभए कोफिनमा भए पनि देश फर्कन पाइयोस्, तब न समृद्ध...बाँकी

कामरेड तिमीलाई अब के गर्ने !

क. सुशान्त पाैडेल २०७४ चैत २७ गते मंगलवार

कामरेड तिमीलाई अब के गर्ने !

चिल्लो शरीर र बैंशालु यौवन त्यागेर भिल्ल भेषमा तिम्रा पछाडि लुखुर लुखुर 'नयाँ समाज बनाउन' हिँडेको म आज थिचिँदैछु तिनै चिल्ला आश्वासनकाे बोझले, परिवारका चिल्ला आवश्यकता अनि समाजको चिल्लो रुपले । भासिँदैछु म आज तिनै चिल्ला सपनाको दलदलमा, मेटाइँदैछु म आज तिनै चिल्ला राता नोटबुकका पानाबाट । तर, मलाई...बाँकी