जनताको बहुदलीय जनवादमा जब घोले कमरेडहरूले एक्काइसौँ शताब्दीको जनवाद धर्ती आकाश थर्काऊँदै कमरेडहरू चिच्याए र सुनाए अमृतघडामा भरिएर आयो समाजवाद । तातो समाजवाद, रातो समाजवाद ।। धरापमा परेका महिलाहरूको अस्मिता उस्तै थियो र छ । मर्यादाहीन दलित जीवन उस्तै थियो र छ । श्रमजीवीहरू, किसानहरू सीमान्तीकृत जीवनहरू उसरी...बाँकी
हामी गरिब छौँ यो त तिमीलाई थाहा रहेछ । मानव अधिकारका मसिहा भन्थ्यौ सिरियामा चार लाख मर्दा कता गयौ ? हतियार बनायो भनेर आक्रमण गर्यौ टाउको छिनाल्ने गरी झुन्डायौ, इराक तहस नहस पार्यौ एसियाकै शान्ति खलबलायौ । युद्धलाई रोके प्रचण्डले नेपाललाई खलबलाउन दिएनन्, आधा रातमा मिल्छन्, तिमीलाई खबरदारी...बाँकी
तिन सय पैँसठ्ठी दिनमा नयाँ वर्ष आउँछ, दुई-चार जना मोज गर्छन् अरूलाई रूवाउँछ। जब आउँछ नयाँ वर्ष हाम्रै उमेर घट्छ। यमराजले बहिखातामा एउटा अङ्ग थप्छ। नयाँ राम्रो नयाँलाई, पुरानाको भाउ, चल्ला माथि जान्छु भन्छ, मारेर नै माउ। बाउलाई फाल्ने डोको राख्न भन्छ जब नाति, बाउको बल्ल होस् खुल्छ,...बाँकी
साहुलाई साहुजी भन्न पाइयोस् ऊसँगै सैकडा चालिसमा ऋण लिन पाइयोस् ब्याजस्वरूप बेरूवा औँठी बुझाएर हजुर त मेरो भगवान्, ठुलो गर्जो टारिदिनुभो भन्दै खुट्टामा छाँद हालेर रून पाइयोस् । त्यही पैसा दलाललाई बुझाएर खाडी जान पाइयोस् । सके जिउँदै नभए कोफिनमा भए पनि देश फर्कन पाइयोस्, तब न समृद्ध...बाँकी
चिल्लो शरीर र बैंशालु यौवन त्यागेर भिल्ल भेषमा तिम्रा पछाडि लुखुर लुखुर 'नयाँ समाज बनाउन' हिँडेको म आज थिचिँदैछु तिनै चिल्ला आश्वासनकाे बोझले, परिवारका चिल्ला आवश्यकता अनि समाजको चिल्लो रुपले । भासिँदैछु म आज तिनै चिल्ला सपनाको दलदलमा, मेटाइँदैछु म आज तिनै चिल्ला राता नोटबुकका पानाबाट । तर, मलाई...बाँकी
धेरै पहिलाको कुरा हो, जतिबेला कमरेडले सिकाउनु भएको थियो - "शासकहरू आगोसँग डराउँछन् " हिजो आज मेरो कमरेड डराउँन थाल्नु भएको छ आगोसँग म असमन्जसमा छु, आगो प्रतिकृयावादी भयो अचेल या कमरेड शासकमा बदलिनु भयो ? त्यति बेलैको कुरा हो , जतिबेला यिनै कमरेडले सिकाउनु भएको थियो- "शासकहरू...बाँकी
कुनै सुन्दरी प्रतियोगितामा तरुनी चेलीको जोखिमपूर्ण शरीरको प्रदर्शनमा निम्ता आएको भए तिमी दौडेर पुग्थ्यौ होला ! या कुनै बहुराष्ट्रिय कम्पनीले सन्नी लियोनको आगमन साँझ घोषणा गरेको भए टिकट काटेर छिर्थ्यौ होला ! या त्यस्तै कार्यक्रममा अमिताभ बच्चन या सलमान खान आउने भएको भए तीन दिनदेखि नसुती टिकट बोकेर...बाँकी
यो अन्तिम चिठ्ठी यो अन्तिम सम्झना धोकेवाज कमरेडको नाममा ! तिमी खुसीले गदगद् हौला अलपत्र छोडेर वाचाहरू जसै उक्लियौ बलजफ्ती कुर्सीमा मानौँ कुर्सी जवान सुन्दरी हो र तिमी तालिमप्राप्त बलत्कारी ! गाम बिर्सियौ होला हाम्रो नाम बिर्सियौ होला (हुन त तिम्रो नाम पनि बदलिएछ ) जसरी भुल्छन् प्रेमिल...बाँकी
म जस्ता हजारौँ बालबालिकाले लुटाएको बाल्यकालले सोधे के दिन्छौँ परिवर्तनको अर्थ जनयुद्धबाट फर्केको मैले विचरा के नै दिन सक्थेँ र, म आफैँ ( उमेरको कारण देखाउदै ) अयोग्य लडाकु बनेर फर्केको छु । युद्ध सक्किसकेपछि एउटा कृत्रिम सपना जोडेर असहाय प्राणी जस्तै गाउँ फर्किन विवश भएँ । एउटा...बाँकी
रक्तरञ्जित मात्रै खेल होइन समय सापेक्षित बदलिन्छ परिवर्तित नियम हो खुकुरी हो रगत बगाउँछ यसैले दाउरा र घाँस पनि त काटछ प्रयोगको वैज्ञानिक करण हो प्रयोग गलत भए सुर्धाने हो मेन्सेविक र बोल्सेविक थिए । प्रयोग हो यो नयाँले सिक्नु पर्छ रुपान्तरणको खेल हो खेल्न जान्नु पर्छ माओ...बाँकी