एउटा विशाल नदी थियो बग्दाबग्दै सुक्यो ! झण्डा झुक्यो करोडौंको शिर पनि झुक्यो ! आक्रोशका मुठ्ठी उठाए सोझा मान्छेहरूले ! घृणापूर्वक भूईमा थुके देख्ने सुन्नेहरूले ! जीवनजलमा हलाहलझैं विष मिसाएर उत्सव मनाए गद्दारहरुले भारी बिसाएर ! एउटा विशाल नदी थियो ................! पहिरो खस्यो बस्तीमाथि कोलाहल थप्यो ! बाढी...बाँकी
सहिद कति मरेर गयौ, कतिले छाडेर गयौ, अरुलाई बचाउँदै, तिमी किन मरेर गयौ, जिउँदो छउञ्जेल, तिम्रो हाड छाला घोटेर खाए, तिमी मरेर गएपछि तिम्रो फोटा बेचेर खाए । तिम्रै नाममा, कतिको महल बन्यो, तिमीले उपचार नपाएरै मर्यौ, तिम्रा नाममा, सयौँ अस्पताल बने, तिम्रै नाममा, तिम्राहरु लुटिएका छन् ।...बाँकी
मेराे सात वर्षे छोरो । जाे कक्षामा सँधै अब्बल दर्जामा उत्तीर्ण हुने गर्दथ्यो । यसपालि पनि उपल्लो कक्षामा भर्ना हुन पायो । हिजो मात्रै तलब आएको, मैले उसलाई नयाँ स्कुल पाेशाक अनि जुत्ता किन्न बजार लिएर गएँ । "पोहोरकै जुत्ता मर्मत गरेर लगाउँदा एक वर्ष भइहाल्छ नि ?"...बाँकी
आँपको फेदमा भारी बिसाएर साँझहरु अध्यारोलाई बैँस बेच्छन् पृथ्वीको गोलाकार घेराको मसिनो बिन्दुमा अडकिएको बस्ती छानो चुहाउँदै बर्खा भएर रुन्छ हिउँद भएर सितको थोपा थोपामा चुहिन्छ नुनिलो आशुँले परेला भिजाएर आन्दोलन भएर सडकभरी फैलिन्छ । चुनावको मुखमा नयाँ युगको नारा लगाउँदै गोमन साँपहरु पस्छन् बस्तीमा भातको पीडा बल्झिरहने...बाँकी
एकदेव आले, एक गोठालो भएर हुर्केका गाउँले, बन–जङ्गल पहाड र बञ्जर, खोला र खहरेसँग खेलेर गाउँका ठूला–ठालु सामन्तले सताएका पद दलित, आज तिमीलाई सयबार सलाम ! बेलायती मिचाहाहरुको सेनामा भर्ती हुन बाध्य भएका आले, तिमीले बन्दुक पड्कायौ फासिष्ट (अत्याचार) को विरोधमा दोस्रो विश्व–युद्धको आगोमा बन्दी बनाइयौ इटालीको जेलमा...बाँकी
तिमीलाई जाउलो ख्वाउँदै गर्दा आमा बिसन्चोले तिम्रो निस्तेज अनुहार नियाल्दै सम्झिएँ फकाई मुछेको भात खाएको भागी भागी तिमीलाई सताएको आमा । चुपचाप मेरो अनुहार नियाल्दै आज गंगालाल♠मा बेस्वादको जाउलो निलिरहँदा मैले सकी नसकी आँशु चुहाएँ आमा किनभने थाहा छ मैले आँशु झारेको मैले मलिन रुन्चे अनुहार लाएको तिमीले...बाँकी
बैँस त्याग्यौ किन, घर छाडी भाग्यौ पढाइ छाडी किन, राजनीतिमा लाग्यौ ? मरेर जाने चोला, बुझेर जब त्याग गर्यौ सत्ता र शक्तिको आडमा, किन आज झर्यौ ? कम्युनिस्ट एकता गर, पार्टी दुई वामको भोगी सक्यौ तिमीले, सबै पद नामको । अब के छ गर्नु नगर्नु, सके जति गर्यौ,...बाँकी
दाल चामलको भाउले रुख चढेर ओर्लने कुरा गर्दैन बच्चाको स्कुल फि चुँडिएको चङ्गा भयो लट्टाइको कतै काम देखिँदैन बुढा तिमी दिन्छौ पच्चीस हजार सबै खर्च जोड्दा खर्च छ पचार हजार । सापटी नलिएको साथी दौँतरी र छिमेकी कोही बाँकी छैन तिमी भन्छौ घर फर्केर हरेका साँझ स्माइल प्लीज,...बाँकी
कमरेड प्रचण्ड, लाल सलाम ! अभिवादन !! पहिलो पटक तपाईंको नाममा केही लेखौँ भनेर सोचेँ । फेरि हजार पटक नलेखौँ भनेर पनि सोचेँ, तर सकिन रोक्न । तपाईंको निर्देशनमा जनयुद्धका बेला बिना हिच्किचाहट हजारौँ योद्धाहरु मर्न तयार भए । तपाईंलाई देखेर भेटेर अनि लड्दा लड्दै युद्धमोर्चामा सहिद हुन...बाँकी
छोराः समाजुपातिक सांसद भनेको के हो बाबा ? बाबुः समानुपातिक भनेको नेताका नातागोता, नेतालाई पैसा दिने र नेताको चाकडी गर्नेलाई बाँडिने सांसद पद हो बाबु । छोराः म पनि नेताको चाकडी गर्छु र सांसद हुन्छु । हुन्न र ? बाबुः स्वाभिमानी हुनुपर्छ बाबु । चाकडी गर्ने काम र...बाँकी